
1लाख 63 हजार 4 सय 36 गोर्खाहरु असममा मात्रै राज्य विहिन
कालिमन्युज, कालेबुङ, 2
सितम्बर 2019: 1लाख 63 हजार 4 सय 36 गोर्खाहरुले असममा मात्रै एन आर सी बाट राज्य
विहिन रहेको सुचना पाएकोछ। न्याशनल रेजिस्टर अव सिटिजनको सुचिमा नपर्ने असम
राज्यका 19 लाख राज्य विहिन व्यक्तिहरु मध्ये 1.63 लाख गोर्खाहरु पनि परेको गोर्खा
जनमुक्ति मोर्चाले जनाएकोछ।
एक प्रेस विज्ञप्ति मार्फत गोर्खा
जनमुक्ति मोर्चा (विनयपन्थी) ले यो विषय अति गम्भिर भएको र पार्टी यस प्रति अति चिंतित
भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएकोछ कि 31
अगस्त 2019 को दिन असम राज्यमा एनआरसी विषय सरकारले आधिकारिक सुची गरेको
घट्नाक्रमबारे चिन्तित छौ औ यसप्रकारको भेदभावपूर्ण कार्यप्रणालीप्रति घोर आपत्ति
जनाउँदछौ । राती 12 बजेसम्मको आकडामा राज्य विहिन भएकाहरुमा गोर्खा : 1,63,436, बङाली
: 11,00,299,
मुस्लिम : 4,37,989, अन्य सम्प्रदायहरु : 2,57,549 छन
।
विज्ञप्ति जनाउदछ कि असमका
गोर्खा सन्तानले औ अन्य सम्प्रदायहरूप्रति गोर्खा जनमुक्ति मोर्चा (विनयपन्थी) औ
दार्जीलिङ पहाडबासी साथ छौ । यस सम्बन्धमा थप जानकारी लिन गोर्खा जनमुक्ति मोर्चाको
एक शीर्ष टोली असमको दौडाहमा चाँडै नै जाने भएकोछ ।
गोजमुमोले एनआरसी विषयलाई
लिएर पश्चिम बंगालका सम्माननीय मुख्यमन्त्री सुश्री ममता व्यानर्जीलाई भेट्न आउँदो
सप्ताह कोलकोत्ता जाने पनि बताएकोछ।
पार्टी प्रमुख विनय तामाङले
जारी गरेको विज्ञप्तिमा भनिएकोछ कि सम्पुर्ण गोर्खा जातिको तर्फबाट अनि गोर्खा
जनमुक्ति मोर्चा (विनयपन्थी) को तर्फबाट सुश्री ममता व्यानर्जीले गोर्खा जातिको
निम्ति जो बोलिदिनुभयो - यसको निम्ति हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्दछु ।
गोजमुमोले थप भनेको छ कि भाजपा
पार्टीका नेतृत्वहरू, दार्जीलिङका सांसद, दार्जीलिङका विधायक, भाजपाका सहयोगी राजनैतिक दलहरू अनि
गैर राजनैतिक सगंठनहरु लगायत विमल गुरुङ र रोशन गिरीलाई हामी प्रश्न राख्न चाहान्छौ
कि भारतीय गोर्खालाई अनि आसामका गोर्खालाई बचाउन तपाईहरूले के कस्ता कदम उठाउनुहुनेछ ? उठाउनु भएको छ ? चुनावमा भाजपा र सहयोगी दलहरूले
एनआरसीले भारतीय गोर्खालाई असर पर्दैन भनेका थिए औ आजपनि असर पर्दैन नै भन्दैछन्
तर असममा गोर्खाहरूमाथि यसको बज्रघात पर्यो त ? यसमा उनीहरूको
स्पस्टिकरण हामी चाहान्छौ । हामी चाहान्छौ
भारतीय गोर्खालाई Protected List मा हालेर Original Inhabitant को
दर्जा दिएको हुनुपर्छ ।
विज्ञप्तिमा थप भनिएको छ, एनआरसी विषयलाई लिएर गोर्खा जनमुक्ति मोर्चा
(विनयपन्थी) पार्टीको चाँडै नै उच्च स्तरीय वैठक हुनेछ - तत्पश्चात भावी आन्दोलनको
कार्यक्रम निश्चित गरिनेछ । हामी भारतीय गोर्खालाई विदेशीदेखि
वचाउन कुनैपनि स्थिति सामना गर्न तयार छौ औ कुनैपनि रूप लिनपनि तयार छौ ।
0 Response to "1लाख 63 हजार 4 सय 36 गोर्खाहरु असममा मात्रै राज्य विहिन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.