भन्दैछौ रे तिमी...मायालुको यादमा
भन्दैछौ रे तिमी
मेरो मनको मझेरीमा
लुकिछिपि गरिरहन्छौँ तिमी
नाता टुटि गएपनि
किन मेरो सपनिमा
साया बनी आईरन्छौनी
तिमी आधा रातमा
हात समाती कच्ची रोडमा
सँगसँगै हिडेको
प्रत्येक मेरो पाईलामा
तिम्रो पाईला राखी
हजुरसँगै हिड्छु भन्थ्यौ
आजकल ती सबै बाचा कसम भुली
अर्कैसँग हिड्दै छौ रे तिमी
तिमी र म देउराली डाडाँमा गई
हाम्रो कल्पनाको संसार बनाएका थियौं
चरम सुखको खोजीमा त्यस संसारको
निर्मम हत्या गर्दै छौरे तिमी
मेरो श्वास संसंगै रहेको मेरो मायालाई
छि:छि दुदुर गर्दै हिड्छौ रे तिमी
बिस्वास भन्थ्यौ माया भन्थ्यौ
म हजुरकै हौ भन्थ्यौ
कतै टाढा गए भने
बिर्सन चैँ पाईन्दैननि भन्थ्यौ
आज मेरो कुरा मात्र गरे
खुट्टा भए जुत्ता कतिकति
भन्दै हिड्दै छौ रे तिमी
----
सेसेहाङ नेम्वाङ लिम्बू (SMS)
>>>>>>>>>>>>>>>>>>...
मायालुको यादमा
मायालुको यादमा दिन बित्छ
के,कता, कसो गर्दै होली
भनी यहाँ
कहिले: सम्झिन्दै
रमाउदाँ:बिर्सन्दै
गर्दै होली
उनी त्यहाँ
हसिलो नयनमा
काजल भर्दै होली
लत्पत्तिएको लाली
लाउदै पुछ्दै गर्दै होली
सम्झिन्छु हर रात उनीलाई
उजेली छाउछ
चिर्दै अधेरीलाइ
कल्पनामा उनी छाए
देख्ने बित्तिकै
तन,मन मुटु र दिमागले
रोजे उसलाई
धन्य छ भगवान
कहाँ थिईन्
कहाँबाट मेरो जिवनमा
भाग्यले डोर्याएर
ल्याईदिनुभो उसलाई
---
सेसेहाङ नेम्वाङ लिम्बू (SMS)
माङ्सेबुङ ३ ईलाम(नेपाल)
0 Response to "भन्दैछौ रे तिमी...मायालुको यादमा"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.