-->
लिडर ..कविता  (बिशाल नाल्बो )

लिडर ..कविता (बिशाल नाल्बो )

लिडर 1 
डा.हर्कबहादुर हुन नसकेको
मेरो बाजे हर्कबहादुर
मलाई जहिले सम्झाइ बस्छन्
नाती तैंले डा.हर्कबहादुर हुने सपना
कहिले नसाचेस् किनभने
डा.हर्कबहादुर हुनु भनेको
जनताको सपना चुस्ने जुँगा हुनु हो
किनभने डा.हर्कबहादुरहरूले जहिले टुङगी बस्छ
सत्ताको आडमा जनताको आँखा। 


लिडर 2

बिमलज्यु तपाई त
मैले सोचे जस्तो सिम्पल नेता पटक्कै हुनु भएन
तपाई त गुण्डा हुनु भो
हत्यारा हुनु भो
भ्रष्टचारी हुनु भो
किन मैले सोचे जस्तो
सिम्पल नेता पटक्कै हुनु भएन हँ बिमलज्यु??




ओ सरकार

हर्कमान सिक्किममा कुल्ली गर्छ
हर्कमाया स्कूल छोडेर दिल्ली गएकी छे
दिल्ले गोरू जोत्छ
दिलु स्कुल पढन पाउछे या पाउदिन
त्यो कुच्चोको भाउले गर्छ।

पानी नपुगेर मरे पछि अलैंची
मन बिग्रिएर परदेशिएका साइँला अम्भु
आज सम्म घर फर्केको छैन
खेताला हिडेर कहिल्यै
नथाक्ने माइली आन्नेलाई
गाई र गोबरै जिन्दगी लाग्छ अहिले।

अदुवा बिग्रियो त्यै बेला बिग्रियो भाउ
घामले खाएर उम्रेन मकै
बाँच्छ कि मर्छ कोदो
कोइ कोइ बेला फल्ने खोर्सानीको
कोइ कोइ बेला पनि आउदैन भाउ।

यति बेला गाउँ अनिकालको हैजाले बिरामी छ
अब माटो चबाउँनु कि ढुङगा टोक्नु?
ओ सरकार मलाई जवाब चाहिँएको छ। 

बिशाल नाल्बो











































0 Response to "लिडर ..कविता (बिशाल नाल्बो )"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.