-->
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले स्वयँसेवी शिक्षक/शिक्षिकाहरूको नियुक्ति गर्ने

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले स्वयँसेवी शिक्षक/शिक्षिकाहरूको नियुक्ति गर्ने

प्रेवि, कालिमन्युज, कालेबुंग, 8 मार्च 2019: लोकसभा चुनावको अघि नै गोजमुमोले 330 जना स्वयँसेवी शिक्षक/शिक्षिकाहरूको नियुक्ति गर्ने भएको छ। राज्य सरकारको सहमति पाएर नै यो नियुक्ति आरम्भ हुने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष विनय तामाङले जारि गरेको एक प्रेस विज्ञप्तिमा जनाएका छन। विज्ञप्तिमा जनाए अनुसार दार्जीलिङ पहाड़का विभिन्न उच्च अनि उच्चत्तर माध्यमिक विद्यालयका 271 स्वयँसेवी शिक्षक/शिक्षिकाहरूसितै हालमा सञ्चालनमा रहेका कूल 12 वटा न्यू सेटअप अप्पर प्राइमेरी स्कूलका कूल 59 जना स्वयँसेवी शिक्षक/शिक्षिकाहरूको नियुक्ति प्रक्रिया राज्य सरकारले भोलिदेखि शुरू गर्ने भएको छ। 
हिजो जीटीए अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापा अनि जीटीए शिक्षा विभागका प्रभारी अमरसिहँ राईले मुख्यमन्त्री ममता व्यानर्जीसित भेटवार्ता गरेको थियो।लगभग एक घण्टासम्म चलेको उक्त भेटवार्ताको क्रममा नै उक्त निर्णय लिइएको हो।
मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङ पहाड़का उच्च एवं उच्चत्तर माध्यमिक विद्यालयका 271 स्वयँसेवी शिक्षक/ शिक्षिका अनि न्यू सेटअप अप्पर प्राइमेरीका 59 जना स्वयँसेवी शिक्षक/ शिक्षिकाहरूको नियुक्ति प्रक्रिया भोलिदेखि नै शुरू गर्ने आश्वासन दिएको विज्ञप्तिमा बताइएको छ। भेटवार्ताकै क्रममा मुख्यमन्त्री ममता व्यानर्जीले राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीलाई फोनवार्तामार्फत आजदेखि नै नियुक्ति प्रक्रिया शुरू गर्ने निर्देश दिएको अनि मन्त्री पार्थ च्याटर्जीले पनि बिहानदेखि नै उक्त शिक्षकहरूको नियुक्ति प्रक्रिया शुरू गर्ने  बताएको बताइएको छ।
यसबाहेक यही चुनाउअघि नै दार्जीलिङ पहाड़का 14 वटा गैर-मान्यताप्राप्त उच्च विद्यालयहरूलाई मान्यता प्रदान गर्ने प्रक्रिया शुरू गर्ने पनि मुख्यमन्त्रीले मन्त्री पार्थ च्याटर्जीलाई निर्देश दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसबाहेक जीटीएका पे-ब्याण्ड कर्मचारीहरूको थाँतीमा रहेको दुई महीनाको तनाखा पनि प्रदान गरिने राज्य सरकारले सहमति दिएको अनि दार्जीलिङ पहाड़लाई अर्को उपहारको रूपमा कालेबुङमा आइटी पार्कको उद्घाटन गरिने भएको छ।
आगामी 9 मार्चको दिन उक्त जीटीए अध्यक्ष विनय तामाङ, विधायक अमरसिहँ राई, डा. रोहित शर्मा अनि राज्यसभा सांसद शान्ता छेत्रीले उक्त आइटी पार्कको उद्घाटन गर्नेछन्।
सोही दिन जीटीएका उपाध्यक्ष अनित थापा जलपाइगढ़ीको सर्किट बेञ्चको उद्घाटन समारोहमा सहभागी बन्नेछन्।
आजको उक्त भेटवार्ताकै क्रममा मुख्यमन्त्री ममता व्यानर्जीसित दार्जीलिङ पहाड़को विभिन्न! समस्याहरूमाथि पनि कुराकानी गरिएको विज्ञप्तिमा थप जनाइएको छ।

0 Response to "गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले स्वयँसेवी शिक्षक/शिक्षिकाहरूको नियुक्ति गर्ने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.