-->
11 जातलाई जनजातिको मान्यता दिने मुद्दा सरकारकोमा विचाराधिन -जुएल उरांव

11 जातलाई जनजातिको मान्यता दिने मुद्दा सरकारकोमा विचाराधिन -जुएल उरांव



कालिमन्युज, कालेबुङ, 31 जनवरी 2019: केन्द्रिय जनजाति मंत्री जुएल उरांवले गोर्खा समुदायको 11 जातलाई जनजातिको मान्यता दिने मुद्दा सरकारकोमा विचाराधिन रहेको पुन दोहोर्याएका छन। कालिमन्युज प्रतिनिधिसंगको एक एकांत भेटमा केन्द्रिय मंत्री जुएल उरांवले केन्द्र सरकारले गोर्खा सम्प्रदायको 11 वटा जातिलाई जनजाति मान्यता दिने मागबारे के हुदैछ भन्ने प्रश्नको उत्तरमा मंत्रीले यसबारे एउटा कमिटिले छानबीन गर्दै गरेको र विचाराधिन रहेको बताएका छन। तिनले यो माग बजेट सेसन नसकिंजेल पेश हुने नहुने अहिलेनै बताउन नमिल्ने पनि बताए । पुरानै वक्तव्य दोहोर्याउँदै तिनले सरकारले कुनै पनि समय यसलाई मान्यता दिन सक्ने पनि थप बताएका छन।


0 Response to "11 जातलाई जनजातिको मान्यता दिने मुद्दा सरकारकोमा विचाराधिन -जुएल उरांव"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.