-->
समृद्धितर्फ सिक्किमको उडान :  पाकिम हवाई अड्डा उद्घाटनको उल्टा गन्ती शुरु

समृद्धितर्फ सिक्किमको उडान : पाकिम हवाई अड्डा उद्घाटनको उल्टा गन्ती शुरु

पीआइबी, गान्तोक, १८ सेप्टेम्बर, २०१८| राज्यको पहिलो तथा देशको १०० औं सक्रिय हवाई अड्डाको आगामी आइतबार हुनगइरहेको उद्घाटनसँगै सिक्किम देशको हवाई मानचित्रमा सामेल हुनेछ| करिब २०६ ऐकर भूमिमा फैलिएको तथा हिमालयमा ४५ सय फीटको उँचाइमा अवस्थित पाकिम हवाई अड्डा उत्कृष्ट अभियान्त्रिकीको  उदाहरण हो, जुन रु.६०५.५९ करोडको अनुमानित लागतमा निर्माण गरिएको हो| अत्याधुनिक भू-प्राविधिक अभियान्त्रिकीमा माटोको बलवर्धनका साथै भीरको स्थिरिकरण प्रविधि यस ग्रीनफिल्ड परियोजना निर्माणमा प्रयोग गरिएको छ भने केन्द्रिय मन्त्री परिषद्द्वारा अनुमोदन गरिएको करिब एक दसकको अवधिपछि यो सुचारू हुन लागिरहेको छ| 
पाकिम राजधानी गान्तोकदेखि करिब ३० किलोमिटर टाढा अवस्थित रहेको हुँदा पर्यटकहरूका साथै स्थानीयहरूले बाघडुग्रास्थित सबैभन्दा नजिकको हवाई अड्डादेखि सडक मार्ग हुँदै यहॉं आइपुग्न लाग्ने थकानपूर्ण ४-५ घण्टाको यात्राबाट मुक्ति पाउनेछन्‌| 
आगामी २३ सेप्टेम्बरको दिन प्रधानमन्त्रीद्वारा उद्घाटन हुन लागिरहेको यस हवाई अड्डामा यस विषयको तयारीबारे जानकारी जुटाउन पत्र सूचना कार्यालय, गान्तोकको प्रायोजनमा राज्यका सञ्चारकर्मीहरूद्वारा यस स्थानको भ्रमण गरियो| यस अवसरमा सिक्किमका नागरिक उड्डयन तथा पर्यटन मन्त्री उगेन टी ग्याछो भोटिया, भवन एवं आवास तथा परिवहन मन्त्री डीटी लेप्चा, सिक्किमका अतिरिक्त मुख्य सचिव एससी गुप्त, क्षेत्र विधायक हेमेन्द्र अधिकारी तथा भारतीय वायुपोत प्राधिकरणका अधिकारीहरू उपस्थित रहेका थिए| 
‘ग्रीनफिल्ड हवाई अड्डाहरूको आफ्नै सुन्दरता अनि विशेषता रहेको हुन्छ| यहॉंबाट उडान भर्न शुरु गरिएपछि यसको अनुभव गर्नसकिनेछ| यसका साथै यस हवाई अड्डाको सिक्किमे जनताका लागि बहुआयामिक पाइदाहरू छन्, जुन आउने दिनहरूमा देखिनेछ’, नागरिक उड्डयन तथा पर्यटन मन्त्री उगेन टी ग्याछो भोटियाले पत्रकारहरूसँग कुरा गर्दै बताए| 
आउने पूजाको छुट्टीलाई ध्यानमा राख्दै स्पाइसजेटले ८ अक्टोबरदेखि कोलकाता अनि गुवाहाटीदेखि दैनिक उडान भर्नेछ| स्पाइसजेटले यस क्षेत्रमा ७८ सीट भएको बमबार्डियर क्यू ४०० हवाई जहाज परिचालन गर्नेछ| केन्द्रिय नागरिक उड्डयन मन्त्रालयको क्षेत्रीय सम्पर्क विस्तार कार्यक्रम उडान (उडे देशका आम नागरिक) योजनाअन्तर्गत हवाई सेवाको अनुमति प्राप्त गरेको हुँदा यस मार्गको भाडा रु. २६०० निर्धारित गरिएको छ| 
‘पाकिम हवाई अड्डालाई केन्द्रल सरकारको महत्त्वकाङ्‌क्षी परियोजना उडान अन्तर्गत सामेल गरिएको छ| यसले राज्यको पर्यटन क्षेत्रको विकासलाई टेवा प्रदान गर्नका साथै क्षेत्रीय सम्पर्क सुविधा पनि सुगम बनाउनेछ| राज्यवासीहरू छुट्टी बिताउन जाने भोटाङ, काठमाडौं अनि ब्याङ्कक जस्ता छिमेकी देशहरू जाने गरेको हुँदा बिस्तारै ती मुलुकहरूसँग पनि यस हवाई अड्डाले सम्पर्क विस्तार गर्नेछ’, नागरिक उड्डयन तथा पर्यटन मन्त्री उगेन टी ग्याछो भोटियाले बताए| 
भारतीय वायु सेनाको डर्नियर २२८ विमानद्वारा पाकिम अड्डाको प्रथमपटक परीक्षण यसै वर्ष ५ मार्चको दिन गरिएको थियो| यससँगै १० मार्चको दिन स्पाइस जेटद्वारा ७८ सीटयुक्त बमबार्डियर क्यू ४०० को कोलकाताबाट पाकिमसम्मको सफल परीक्षण उडान गरिएपछि व्यावसायिक परिचालनको निम्ति सुरक्षा अनापत्ति प्रदान गरिएको थियो| 

0 Response to "समृद्धितर्फ सिक्किमको उडान : पाकिम हवाई अड्डा उद्घाटनको उल्टा गन्ती शुरु "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.