-->
पत्रकार कुटपिटको भर्त्सना .......कालेबुङ प्रेस क्लब अनि इष्टर्न् हिमालयन जर्नलिष्ट युनियनद्वारा  राज्यका मुख्य सचिवलाई ज्ञापन

पत्रकार कुटपिटको भर्त्सना .......कालेबुङ प्रेस क्लब अनि इष्टर्न् हिमालयन जर्नलिष्ट युनियनद्वारा राज्यका मुख्य सचिवलाई ज्ञापन

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 11 सितम्बर। कालेबुङ प्रेस क्लब अनि इष्टर्न् हिमालयन जर्नलिष्ट युनियनले मालदामा पत्रकार कुटपिटको घटनाको घोर भर्त्सना जनाएको छ। गत 6 सितम्बरका दिन मालदा खण्ड प्रशासनिक कार्यालय नजिक पत्रकार रेजल हक अनि अन्य पत्रकारहरूलाई असामाजिक तत्वहरूले कुटपिट गरेको घट्नाको विरोध गर्दै आज कालेबुङ प्रेस क्लब अनि इष्टर्न् हिमालयन जर्नलिष्ट युनियनले संयुक्त रूपमा कन्फेडेरेसन अफ् नर्थ बेङ्गाल एवं सिक्किम जर्नलिष्टको पक्षबाट पश्चिम बङ्गाल राज्यका मुख्य सचिवलाई कालेबुङ जिल्लापाल डा. विश्वनाथ मार्फत् ज्ञापन पत्र सुम्पिएको छ।
कालेबुङ प्रेस क्लबका अध्यक्ष अरूण कुमार रसाईली, इष्टर्न् हिमालयन जर्नलिस्ट युनियनका अध्यक्ष रूद्र कार्कीको नेतृत्वमा रहेको प्रतिनिधी टोलिले जिल्लापाल डा. विश्वनाथलाई भेट गरेर ज्ञापन पत्र सुम्पिएको हो। यस अवसरमा पत्रकार मुकेश शर्मा, डी के वाइबा, मणी तामाङ, मनोज राई, निशा शर्मा, प्रज्वल छेत्री लगायत अन्य पत्रकारहरू पनि उक्त टोलिमा उपस्थित रहेका थिए।
कालेबुङ जिल्लापाल डा. विश्वनाथ मार्फत् राज्यका मुख्य सचिवलाई ज्ञापन पत्र सुम्पिएपछि यता रूद्र कार्कीले प्रजातन्त्रको चौथो स्तम्भ मानिने पत्रकारहरूमाथि विभिन्न ठाउँमा भइरहेको आक्रमणहरूको भर्त्सना गर्दै प्रशासनले पत्रकारहरूको सुरक्षा सुनिश्चित गरुपर्ने माग गरेका छन्। उनले माल्दामा पत्रकार कुटपिट गर्ने दोषीहरूलाई प्रशासनले झट्टै पक्राउ गरेर कानुनी कार्वाही गर्नुपर्ने माग गर्दै सरकारले यस्ता असामाजिक तत्वहरू विरुद्ध कठोर पदक्षेप ग्रहण गर्नुपर्ने माग गरेका छन्। यसैक्रममा कार्कीले पीडित पत्रकारहरूको साथमा कालेबुङका पत्रकारहरू पनि साथमा रहेको बताएका छन्।
‘कुनै पनि ठाउँमा पत्रकारहरूमाथि आक्रमण भए प्रशासनले उचित कार्वाही गर्नुपर्छ। मालदाका पत्रकारहरूमाथि भएको आक्रमणको घट्नाको हामी घोर भर्त्सना गर्दछौँ। यसबेला माल्दाका पीडित पत्रकारहरूको साथमा कालेबुङ प्रेस क्लब अनि इष्टर्न् हिमालय जर्नलिस्ट युनियन खडा रहेको छ’ रूद्र कार्कीले भने।

Related Posts

0 Response to "पत्रकार कुटपिटको भर्त्सना .......कालेबुङ प्रेस क्लब अनि इष्टर्न् हिमालयन जर्नलिष्ट युनियनद्वारा राज्यका मुख्य सचिवलाई ज्ञापन "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.