-->
जीटीएमा  अझै शिक्षकहरुको नियुक्ति चाँडै हुने.......जलढक्का उच्चत्तर माध्यमिक विध्यालयको मोडल स्कूल भवनको उद्घाटन सम्पन्न

जीटीएमा अझै शिक्षकहरुको नियुक्ति चाँडै हुने.......जलढक्का उच्चत्तर माध्यमिक विध्यालयको मोडल स्कूल भवनको उद्घाटन सम्पन्न

Photo: Courtesy Prakash Kattel, Mani Adhikari
कालिमन्युज, जलढक्का, 11 सितम्बर 2018। जलढक्का उच्चत्तर माध्यमिक विध्यालयको मोडल स्कूल भवनको विधिवत उद्घाटन आज गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रशासक विनय तामाङले जीटीए बोर्ड अफ एड्मिनिस्ट्रेसंनका सदस्य संचवीर सुब्बा र अनुश्री प्रधानको उपस्थितिमा गरे। 
समारोहमा जीटीए बोर्ड अफ एड्मिनिस्ट्रेसन विभागीय अधिकारीगण, अभियंताहरु र क्षेत्रका विध्यालयहरुका प्रध्यानाध्यापकवर्ग, स्थानिय जनता अनि विध्यार्थीहरु उपस्थित् थिए। कालेबुंग जिल्लाका ज़ीटीए कार्यकारि निरिक्षक एन एल शेर्पाको स्वागत भाषणद्वारा प्रारम्भ भएको समारोहमा शिक्षा विभागबाट जिल्ला शिक्षा निरिक्षक राजिव प्रमाणीक, सन्युक्त माध्यमिक शिक्षक कल्याण संगठनका सभापति सीबी गुरुङ सचिव मनोज प्रधान, सरकारी सिंकोना बगानका प्रबन्धक विदुर छेत्री जलढक्का विध्युत प्रकल्पका अधिकारी, गोजमुमो 43,44,45 समष्टिका पदाधिकारीहरु आदि उपस्थित थिए।

6 करोड 59 लाख 3 हजार 6सय 30 को लागतमा निर्मित यस मोडल भवनमा सिभिल काम 6 करोड 8 लाख 55 हजार 6 सय 30 अनि बत्ती आदिमा 50 लाख 48 हजार खर्च भएको अध्यक्ष तामाङले आफ्नो सम्बोधनमा जनाए।

नव निर्मित भवनमा फर्निचरहरु उपलब्ध गर्नु पर्ने विध्यालयको मागको सन्दर्भमा तिनले भने कि "डेस्क बेंचको निम्ति वास्तविक आवश्यक्ता कत्ति हो सो आकडा हामीले मागेका थियौ सो आइपुगेको छ र अब सो अनुसार अनुदान दिन फाइनेंसियल क्लियरेंस पर्खिरहेका छौ"।

विध्यालयलाई सुरक्षित राख्न फेंसिंगको आवश्यक्ता परेकोले सो गर्नु सुपरिनटेंडिंग इंजीनीयरलाई आवश्यक काम गर्न निर्देश दिएको पनि तिनले जनाए।

तिनले आफ्नो सम्बोधनमा भने "धेरैले म पडेको व्यक्तिलाई अनपड ठान्छ सरकारी नोटिफिकेसन बुझ्दैन भन्छन नपडेको नेतालाई चाही पडेको सम्झ्यो हामीमा यस्तै नकारात्मक वाधाहरु आइरहेको छ,  वाधा अडचन गर्ने हाम्रै छन र पनि हामी काम गर्दैछौ| फेसबुक आदिमा गरेको कमेंटहरुले मलाई अझै काम गर्ने उर्जा मिलेको छ, विकाश संगै रोजगार दिदै शांति श्रृंखला राख्ने काम जीटीएले गर्न सकेको छ"। तिनको कार्यकालको एक वर्ष यही 25 ता पूरा भएको दिनमा जीटीले गरेको सम्पूर्ण विकाशको कामको सूचना सार्वजनिक गर्ने पनि तिनले अझै जनाए।

"जीटीएको कर्मचारी इंजीनीयर अधिकारीहरुको सहयोगमा मैले मेरो भिजन 2020 लाई पुरा गर्न सम्भव भएको छ। गत साल 584 शिक्षकले नियुक्ति पाउनुमा खटने डीआइ अनि ज़ीटीए शिक्षा विभागका अधिकारी अनि कर्मचारीको अथक परिश्रम रहेको कारण धन्यवादका पात्रहरु उनीहरु हुन यसैले धन्यवाद उनीहरुलाई दिनुपर्छ", तिनले आफ्नो सम्बोधनमा भने | 
तिनले भने, "अझै 303 को वेरिफाइड लिस्ट कोल्कोत्तामा पुगिसकेको छ, दशै अघि नै एपोइंटमेंट आउने आशा गरिएको छ। त्यसपश्चात 503 प्राइमेरी शिक्षकहरुको नियुक्ति हुनेछ। हप्ता दिनमा राज्य सरकारको शिक्षा विभागबाट अधिकारीहरु आएर निरिक्षण गरेर यहाक़ो थप समस्याहरुबारे जानकारी लिने भएको छ।"

"हामी कहिले हुन नसकेको आफ्नै युनिभर्सिटि पायौ अनि समय हेरेर यसको नाम बद्ली गर्ने नाम मांग्दा ग्रिन फिल्ड नामबाट दार्जीलिङ युनिभर्सिटि हुन सक्यो। यसको निम्ति हामीले राज्य सरकारलाई धन्यवाद दिनैपर्छ। सायद 2020 देखि यसले पुरा काम गर्नेछ।"

"दार्जीलिङको छोरी स्वर्णा गुरुङको पोस्ट ग्र्याजुएट् स्टडिजको निम्ति राज्य सरकारबाट विश्व बंग्ला मास्टर स्कलरसिप 2018 प्राप्त गरेर् लण्डनको युनिभर्सिटि अफ स्कूल अफ ओरियंटल एण्ड अफ्रिकन स्टडिज गैरहेका छन। उनलाई वधाई अनि राज्य सरकारका मुख्य मंत्री ममता ब्यानर्जी राज्य सरकार अनि शिक्षा विभागलाई धन्यवाद " तिनले आफ्नो सम्बोधनमा भने।

अध्यक्षले आफ्नो सम्बोधनको समय व्यक्तिगत तर्फबाट जलढक्का उच्चत्तर माध्यमिक विध्यालयलाई 6वटा अनि युद्दविर उच्चत्तर माध्यमिक विध्यालयलाई 10 वटा कम्प्युटर दिने अनुदान दिने घोषणा गरे।

"दार्जीलिङका बासिन्दाहरुमा सेंस अफ बिलंग्गिङ कम छ। हाम्रो निम्ति सरकारले र संस्थानहरुले बनाइदिएको सम्पत्ति हाम्रो हो यसलाई भत्काउने, चोर्ने, जलाउने हाम्रैहरु हुन। हामीले यस्तो हुनु दिनुहुदैन, यसलाई जोगाउनु पर्छ । यसैले यो मेरो स्थान हो यी हरु मेरा सम्पत्ति हुन यसको सँरक्षण गर्नु पर्छ भनेर सार्वजनिक स्थानमा स्थापित सम्पत्तिलाई सुरक्षा गर्नु पर्ने हाम्रो कर्तव्य हो"।

"यति मात्र होइन सुरक्षा गर्नु पर्ने शिक्षा आआफ्नो संस्थानमा शिक्षकहरुले एसेम्ब्ली सभाहरुमा दिनु जरुरी छ।" कंट्र्याक्टरहरुले गरेको कामहरुको क्वालिटि राम्रो भएन भने रिपोर्ट गरिदिने पनि तिनले सम्बोधनमा जनाए।

कार्यक्रममा जलढक्का उच्चत्तर माध्यमिक विध्यालय पक्षबाट प्रध्यान अध्यापक प्रकाश चन्द्र राईले विध्यालयको प्रार्थमिक आवश्यक्ता बारे सुचित गराए। यही क्रममा विध्यालय पक्षबाट अध्यक्ष तामाङलाई सम्वर्द्धना पनि गरियो। यस वर्ष उच्चत्तर माध्यमिक परिक्षामा सर्वोत्तम अंक ल्याएर टप्पर हुने विध्यार्थीहरुलाई अनि गत साल पी एस सी को (शिक्षा) को परिक्षामा उत्तीर्ण हुने रोशन पुरी र रुथ मेरी लामालाई विध्यालयले सम्मान जनाउदै पुरस्कार, स्मृति चिन्ह आदि जीटीए अध्यक्ष तामाङको बाहुलीबाट प्रदान गर्यो। मनोरंजनको निम्ति जलढक्का उच्चत्तर माध्यमिक विध्यालयका विध्यार्थीहरुले नृत्य र शिक्षक रतन कुमार सरकारले नेपाली गीत प्रस्तुत गरे। अध्यक्ष तामाङले शिक्षक सरकारको नेपाली गितको मुग्ध कण्ठले प्रशंसा गरे।

समारोहलाई गोजमुमो 45 न समष्टि अध्यक्ष शशी गुरुङले अध्यक्षता गरेका थिए भने सन्दिप कुलुङले संचालन गरेका थिए। गोरुबथानको युद्द्वीर उच्चत्तर माध्यमिक विध्यालयको पनि यस्तै मोडल स्कूल भवनको उद्घाटन आज बिहान ज़ीटीए अध्यक्ष विनय तामाङ र जीटीएका प्रमुख सचिव छोतेन डी लामाले गरे।

Related Posts

0 Response to "जीटीएमा अझै शिक्षकहरुको नियुक्ति चाँडै हुने.......जलढक्का उच्चत्तर माध्यमिक विध्यालयको मोडल स्कूल भवनको उद्घाटन सम्पन्न"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.