-->
भाजपा पार्टी प्रवक्ता सुधाशु त्रिवेदीले गोर्खाजातिको अघि माफी माग्नुपर्छ - विनय तामाङ

भाजपा पार्टी प्रवक्ता सुधाशु त्रिवेदीले गोर्खाजातिको अघि माफी माग्नुपर्छ - विनय तामाङ

कालिमन्युज, कालेबुङ । भारतीय जनता पार्टीका प्रवक्ता सुधांशु त्रिवेदीले हिजो एउटा राष्ट्रिय न्युज च्यानल आजतक को टेलिभिजन टक शो-मा गोर्खा रेजिमेन्टमा नेपालबाट नेपालीहरू भर्ती हुन्छ भनेर दिएको वक्तव्य माथि गोर्खा जनमुक्ति मोर्चाले टिप्प्णी गरेको छ। गोजमुमो अध्यक्ष विनय तामाङ ले एक प्रेस विज्ञप्ति मार्फत उक्त प्रतिक्रिया जनाएका छन। 

विज्ञप्तिमा भनिएको छ कि भारतीय जनता पार्टीका प्रवक्ता सुधांशु त्रिवेदीले हिजो एउटा टेलिभिजन टक शो-मा (आजतक) गोर्खा रेजिमेन्टमा नेपालबाट नेपालीहरू भर्ती हुन्छ भनेर भाजपाको तर्फबाट अति सम्वेदनशील प्रतिक्रिया व्यक्त गरेका छन्।  उनले यस्तो प्रतिक्रिया गर्नुभन्दा अघि बुझ्नुपर्थ्यो कि उनी त्यही दलका प्रवक्ता हुन् जुन दलका दुईजना नेतालाई गोर्खाहरूले सांसद बनाइसकेका छन्। आसामबाट पनि गोर्खा सांसद आर सी शर्मा अहिलेपनि हुनुहुन्छ । विगतमा पनि हामीले विभिन्न राजनीतिक दलहरूबाट सांसद पठाएका छौ ।

गोजमुमो अध्यक्षले विज्ञप्तिमा बताएका छन कि भाजपा प्रवक्ता सुधांशु त्रिवेदीको उक्त बयानले भाजपाको गोर्खाहरूललिएर कस्तो भावना रहेको छ भन्ने स्पष्ट हुन्छ भने एनआरसी लागु गरिएको खण्डमा दार्जीलिङ पहाड़मा तराई डुअर्स अनि भारतको अन्य प्रान्तहरू कस्तो स्थिति उत्पन्न हुन्छ भन्ने सङ्केत पनि पाइन्छ।

अझै भनिएको छ कि हामीले विगतमा जसवन्त सिंह अनि एस एस आहलुवालियालाई गोर्खाहरूको सुरक्षा र न्यायको लागि भोटमा जिताएर पठाएका हौ तर आज हाम्रो लागि एक शब्दपनि बोल्दैनन् सांसद विमल गुरुङको लागि सिलिगुडी आई आई बोल्ने एस एस आहलुवालिया समुच गोर्खाहरूको लागि किन मौन छ ? 

तामाङले भनेका छन कि विमल गुरुङ र रोशन गिरी भाजपाको हिमायती हुन् तर आज किन उनीहरू भाजपाप्रति नरम छन् ? विमल र रोशनले आफनो केसको लागि सर्वोच्च  न्यायालयमा दुई दुई करोड खर्च गर्नु सक्नेले आफुलाई सच्चा गोर्खा नेताहरू ठान्छन् भने भाजपा र केन्द्र सरकारको विरुद्धमा सर्वोच्च न्यायालयमा NRC को विरोधमा केस दायर गरेर देखाओस् । 

सांसद आहलुवालियालेपनि हामी गोर्खाहरूमाथि उसको के अडान छ स्पष्ट पारेको हुनुपर्छ । कुखुरा ओथ्रा पार्नु बसेको जस्तो चुपचाप बस्नु पाउदैन । आसामको भाजपा सांसद  आर सी शर्मापनि गोर्खा भएरपनि किन बोल्दैनन्  ? 

विज्ञप्ति बताउद्छ कि गोर्खा जातिप्रति साच्चै नै ईमान्दार छन् भने एस एस आहलुवालिया, आर सी शर्मा, विमल गुरुङ र रोशन गिरी दिल्लीमा चारैजना एकसाथ भएर केन्द्र सरकार र भाजपाका वरिष्ठ नेताहरुसित यस विषयमा कुरा गरेर समस्याको हल निकालेको हुनुपर्छ । अन्यथा हावामा प्रेस विज्ञप्ति र अडियो नपठाउँदा हुन्छ ।

अन्तमा अध्यक्ष विनय तामाङ्ले भनेका छन कि हिजोको वयानप्रति भाजपा पार्टी प्रवक्ता सुधाशु त्रिवेदीले गोर्खाजातिको अघि माफी माग्नुपर्छ ।

यस अघि पनि अध्यक्ष तामाङले एउटा विज्ञप्ति मार्फत NRC को रिपोर्ट्को विरोधमा यसो भनेका थिए, "आज हामी भुमिहीन हाम्रो सन्तानहरूलाई पर्जा पट्टा दिलाउने कार्य गरिरहेका छौं भने अर्को तर्फ भारतीय जनता पार्टीले NRC लागु गरेर हामीलाई नै हाम्रो जग्गाबाट खैदौरो लगाउने प्रयास गर्न खोजिरहेछ । हामी यसको घोर प्रतिवाद गर्छौं ।
गोर्खाहरू भारतमा आफनो भुमिसितै आएका हौं । इतिहास प्रमाण छ । यता  दार्जीलिङ तराई र डुअर्सको कुरा गर्न हो भने हाम्रो सन्तानहरू जो आज चियाबारीमा बसोबासो गर्छन् आज पर्यन्त आफनो जमीनी मालिकाना हकदेखि बञ्चित छन् ।
चियाबारीमा बस्ने बनबस्तीमा बस्ने अनि अन्य स्थानहरूमा बस्ने हाम्रा सन्तानहरू 81.2% हाम्रो सन्तानहरूको आफ्नो जमीनको मालिकाना हकको कागज-पत्र छैनन् ।
हामी वँहाहरूको यो हक र अधिकार दिलाउन रातदिन लागिरहेका छौं ।
सन् 1850 सालमा हाम्रो भुभाग गाभिनसाथ हामी यी भुमिसितै भारतमा आएका हौं ।
भारतीय जनता पार्टी सरकारले आफनो 2019 चुनावलाई हेरेर चुनावी  रणनीति बनाउदै  NRC बङ्गालमा लागु गरेर हामी गोर्खालाई अन्याय गर्न खोजिरहेछ । भारतीय जनता पार्टीले   बङ्गालमा 2019 आफ्नो प्रभुत्व जमाउन NRC लागु गर्ने प्रयासलाई हामीले विफल बनाउनु पर्छ  ।
भारतीय जनता पार्टी सरकारले गोर्खाको सपना हाम्रो सपना भन्दै हामीलाई पछिबाट छुरी हान्ने काम गर्दैछ । गोर्खाल्याण्ड र जनजातिको दर्जा दिनु त कता हो कता अब लखेट्ने पो भन्दैछ !! हामी सतर्क रहने समय आएको छ ।
कतिपय हाम्रै नेतृत्वहरू जसले आफुले आफुलाई गोर्खाको नेता ठान्छन् अनि पटक पटक अडियोहरूमा गोर्खाजातिको लागि नै भुमिगत भएको भन्ने गर्छन्- आज किन मौन छन्  ? किन चुपचाप छन्  ?.....कारण   वहाँहरुलाई भारतीय जनता पार्टी सरकारले नै सुरक्षित शरण दिइरहेको छ -  जुन दिन उनीहरूले खुलेर जोडतोडले भारतीय जनता पार्टी सरकारलाई  NRC को बिषयमा आवाज उठाउँछन् वा विरोध गर्छन त्यही दिन उनीहरूको शीरबाट भाजपाको आशिर्वाद हट्ने छ औ सुरक्षा शरण हट्ने छ ।
घोत्लिएर सोचौँ- भाजपा र भुमिगत नेतृत्वहरूप्रति - साच्चै उनीहरू हाम्रो वफादार हुन् वा होइनन्  |"

0 Response to "भाजपा पार्टी प्रवक्ता सुधाशु त्रिवेदीले गोर्खाजातिको अघि माफी माग्नुपर्छ - विनय तामाङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.