-->
इनोभेसन हबका नानीहरूले बनाए स्मार्ट छाता

इनोभेसन हबका नानीहरूले बनाए स्मार्ट छाता


डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 21 जुलाई। कालेबुङ विज्ञान केन्द्रमा अवस्थित रहेको इनोभेसन हबका नानीहरूले स्मार्ट छाता बनाएका छन्। कालेबुङ शहरभित्र रहेका विद्यालयहरू विद्यार्थीहरूले उक्त आधुनिक स्मार्ट छाता बनाएका हुन्। हेर्दा समान्य छाता जस्तै देखिने यस स्मार्ट छातामा माइक्रो प्रोसेसर जडित रहेको छ। जसको सहायताले आफु उभिएको ठाउँको सम्पूर्ण विवरण छाता मार्फत् नै पाउन सकिने सुविधा रहेको छ।
उक्त छाता खोलेपछि सोझै स्याटलाइटको सम्पर्कमा आउने गरेको छ। जसको कारण स्याटलाइटबाट पाएको डाटाले छातामा जडित माइक्रो प्रोसेसरको सहायताले हामी उभिएको ठाउँको उचाई, ल्याटिट्युड, लङ्गिट्युड, टाइम, तापमान, अनि ह्युमिडिटि जान्न सक्छौँ। जब हामी ल्याटिट्युड, लङ्गिट्युड, अनि उचाई थाहाँ पाउँछौँ तब हामी यस पृथ्वीको कुन ठाउँमा छौँ त्यो सहजै जान्न सक्छौँ।
उक्त स्मार्ट छाताको निर्माण क्रमैले वृन्दावन स्कुलबाट दिया लामा, रिया राई, मेधा चक्रवर्ती, छिरिङ लमू भुटिया अनि आविष्कार श्रेष्ठ, कुमुदिनी होम्स स्कुलबाट नसीब राई, देवराज छेत्री, रमन शर्मा अनि एडविन लेप्चाले निर्माण गरेका हुन्। उक्त विद्यार्थीहरूले इनोभेटिभ कार्यमा चासो राख्ने भएका हुनाले स्कुलको तर्फबाट उनीहरू सप्ताहको शनिबार र आइतबार इनोभेसन हबमा आएर आफ्नो चासो विषयका कार्यहरू गर्ने गरेको विज्ञान केन्द्रका प्रमुख डा. बी.बी गुरुङले जानकारी दिएका छन्। जसको कारण उनीहरूले स्मार्ट छाता निर्माण गरेका छन्। उक्त स्मार्ट छाता समुहका रमन शर्माले खुशी व्यक्त गरेका छन्।
‘मोबाइलमा इन्टरनेट सेवा छ भने हामीले हाम्रो उचाई, ल्याटिट्युड, लङ्गिट्युड, टाइम, तापमान, अनि ह्युमिडिटि आदि जन्न सक्छौँ। तर जब नेटवर्क हुदैन तब हामी यी सबै डाटाहरू जान्न सक्दैनौँ। यो छातामा भएको जीपीएस प्रणालीले हामी नेटवर्क बिनै पनि कुनै पनि ठाउँमा यो छाता खोले त्यहाँको डाटाहरू जान्न सक्छौँ’ समुहका दिया लामाले अझ भनिन्- ‘यी सबै कुराहरू हामी छाताको बेँडमा रहेको डिजिटल बोर्डमा देख्न सक्छौँ।’
‘यो स्मार्ट छाता बनाउँदा हामीलाई एड्रिनोमा प्रोग्रामिङ गर्नमा सहयोग गर्ने सर आकाश पाख्रिनसँग कृतज्ञ छौँ। साथौ हाम्रो प्रत्येक कार्यमा सामाग्रीहरू उपलब्ध गराईदिनु हुने साइन्स सेन्टरका प्रमुख डा. बी. बी. गुरूङप्रति पनि हामी आभार व्यक्त गर्छैँ’ आविष्कार श्रेष्ठले भने।
स्मरण रहोस्, २५ फरवरी २०१७ देखि शुरू भएको इनोभेसन हबमा कालेबुङ शहर, गाउँ बस्तीमा अवस्थित स्कुलका नानीहरू हबको साधारण सदस्यता ग्रहण गरेर विभिन्न विज्ञान विषयमा कार्य गरिरहेका छन्। यो हब भारतको १५औँ स्थानमा रहेको छ। संस्कृति मन्त्रालय, भारत सरकारको स्पाइसिस स्किम अन्तर्गत निर्माण भएको उक्त हबमा कसैले सदस्यता लिएर आफ्ना इनोभेटिभ कार्यहरू गर्न सक्छन् जसको सम्पूर्ण खर्च हबले बेहोर्ने गरेको डा. गुरुङले बताएका छ।
नानीहरूको सुन्दर आइडियाको आधारमा तयार गरिएको स्मार्ट छाताको निर्माणमा खुशी व्यक्त गर्दै डा. गुरूङले भने-‘छाता बाहेक इनोभेसन हबमा नानीहरूले वेस्ट प्लास्टिकमाथि पनि धेरै कार्यहरू गरेका छन् । त्यस कार्यबाट भविष्यमा प्लास्टिक फुटपाथ पनि बनाउन सकिन्छ।’

Related Posts

0 Response to "इनोभेसन हबका नानीहरूले बनाए स्मार्ट छाता"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.