-->
माध्यमिक परिक्षामा: उत्तर बङ्गालमा कालेबुङ जिल्ला प्रथम, सुकन्य राई बनिन् जिल्ला टप्पर

माध्यमिक परिक्षामा: उत्तर बङ्गालमा कालेबुङ जिल्ला प्रथम, सुकन्य राई बनिन् जिल्ला टप्पर

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ । माध्यमिक परिक्षामा कालेबुङ जिल्लाले उत्तर बङ्गालमा पहिलो स्थान ओगट्न सफल बनेको छ। पश्चिम बङ्गाल बोर्ड अफ् सेकेन्डरी एडुकेशनले आज माध्यमिक परिक्षाको परिणाम घोषणा गरेपछि कालेबुङ जिल्लाले राज्यभरीमा आठौँ स्थान ओगट्न सफल भएको छ भने उत्तर बङ्गालमा पहिलो स्थान ओगटेको छ। कालेबुङ जिल्लाबाट मोठ 86.95 प्रतिशत परिक्षार्थीहरू उतिर्ण बनेका छन् भने 87.66 पुरुष परिक्षार्थी अनि 86.39 स्त्री परिक्षार्थीहरू उतिर्ण बनेका छन्। यता राज्यभरीमा दार्जीलिङ जिल्ला भने 16 औँ स्थानमा रहेको छ भने उत्तर बङ्गालमा दार्जीलिङको स्थान तेस्रो रहेको छ। दार्जीलिङ जिल्लाबाट 74.96 प्रतिशत परिक्षार्थीहरू उतिर्ण बनेका छन्।

राज्यभरीमा आठौँ स्थान अनि उत्तर बङ्गालमा पहिलो स्थान ओगट्ने कालेबुङ जिल्लाबाट सुकन्य राई जिल्ला टप्पर भएकी छन्। उनी 87.28 प्रतिशत अङ्क हासिल गरेर जिल्ला टप्पर भएकी छन्। सन्त जर्ज उच्चतर माध्यमिक विद्यालय, पेदोङबाट माध्यमिक परिक्षा लेख्ने विद्यार्थी सुकन्य राईले स्कुलको मात्र नाउँ नराखेर कालेबुङ जिल्लाकै नाउँ रोशन गराएकी छन्।

सुकन्य राईले सन्त जर्ज पेदोङबाट माध्यमिक परिक्षा लेखेपनि उनी सोही स्कुलकी छात्रा भने होइनन्। उनी कालेबुङ 15 माईल स्थित मेरिगोल्ड ईङ्गलिस स्कुलकी छात्रा हुन्। उक्त स्कुलले अहिलेसम्म सरकारी मान्यता नपाएको कारण त्यहाँका विद्यार्थीवर्गलाई माध्यमिक परिक्षा लेख्नका निम्ति सन्त जर्ज पेदोङले एफिलेसन दिएको छ। सन्त जर्ज पेदोङको एफिलेटेड पाठशाला मेरिगोल्ड ईङ्गलिस स्कुलकी छात्रा सुकन्य राईले एकैसाथ दुईवटा स्कुलको नाउँ उच्च पार्नका साथै कालेबुङ जिल्लाकै नाउँ उच्च बनाएकी छन्।

‘परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा आजको परिक्षाफले प्राप्त भएको छ’ सुकन्य राईले आफ्नो खुशी व्यक्त गर्दै अझ भनिन् –‘परिक्षाफलले अत्यन्त्यै खुशी छु।’ उनले आफु कालेबुङ जिल्ला टप्पर बनेको कुरा सुनेपछि अत्यन्त्यै खुशी रहेको बताउँदै यो सबै हुनमा आफ्ना विद्यालयका शिक्षकवर्ग, प्रधान अध्यापक, आमा-बाबा, परिवारका सदस्यवर्ग अनि सन्तजर्ज विद्यालयको योगदान रहेको पनि बताइन्। ‘मेरा स्कुलका सम्पूर्ण शिक्षकवर्ग अनि प्रधान अध्यापकले खुबै प्रोत्साहन दिनुहुन्थ्यो। मेरा आमा-पापाले पनि सधैँ हौसला दिँइरहनुभयो। यसका साथै सन्त जर्ज पेदोङका फादरले त्यहाँबाट माध्यमिक परिक्षा मौका प्रदान गर्नुभयो। मेरो सफलतामा सबैको महत्वपूर्ण योगदान छन्, यसकारण सबैलाई यतिबेला सम्झना गरिरहेकी छु’ सुकन्य राईले अझ भनिन्। अहिलेघरी आफुले कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालयमा विज्ञान विषयमा भर्ना लिएर एघारौँ कक्षाको अध्ययन सुरु गरेको पनि उनले जानकारी दिएकी छन्।

अर्कोतर्फ आफ्ना छोरी जिल्लाभरीमा पहिलो स्थानमा पुगेको खबरले सम्पूर्ण परिवार खुशी रहेको उनकी पिता देवप्रकाश राईले बताएका छन्। ‘छोरीको सफलताले सम्पूर्ण परिवार खुशी छौँ’ देवप्रकाश राईले अझ भने –‘छोरीले परिक्षा आउन अघिदेखिनै धेरै परिश्रम गर्थिन् त्यहीँ परिश्रमको फल आज प्राप्त भएको छ।’ उनले छोरीको प्रारम्भिक शिक्षानै मेरिगोल्ड ईङ्गलिस स्कुलबाट सुरु भएको ताउँदै सम्पूर्ण स्कुलका शिक्षकवर्गप्रति पनि आभार व्यक्त गरेका छन्।

कालेबुङ जिल्ला टप्पर बन्ने सुकन्य राईले ‘नेपाली’ विषयमा सर्वाधिक 99 अङ्क प्राप्त गरेकी छन् भने हिसाबमा 98, जीव विज्ञानमा 97 अनि अङ्ग्रेजीमा 93 अङ्क हासिल गरेकी छन्।

अर्कोतर्फ कालेबुङ जिल्लाबाट दोस्रो स्थानमा कुमुदिनी विद्याश्रमका छात्र चन्द्रमनी बस्नेत भएका छन्। उनले जिल्लाभरीमा मोठ 84.57 अङ्क हासिल गरेर कालेबुङ जिल्लाभरीमा दोस्रो स्थान ओगट्न सफल भएका छन्। सोहीक्रममा चन्द्रमाया उच्च विद्यालयका श्रीजय अधिकारीले 83.4 अङ्क हासिल गरेर कालेबुङ जिल्लाभरीमा तेस्रो स्थान हासिल गरेका छन्|

Related Posts

0 Response to "माध्यमिक परिक्षामा: उत्तर बङ्गालमा कालेबुङ जिल्ला प्रथम, सुकन्य राई बनिन् जिल्ला टप्पर"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.