-->
 दुर्घट्नामा चालक र खलासीको मृत्यु

दुर्घट्नामा चालक र खलासीको मृत्यु

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, कालेबुङ 9 मई । राष्ट्रिय राजमार्ग 10 अन्तर्गत लोहापुल नजिक सिलिण्डर बोक्ने एउटा वाहन दुर्घट्ना हुँदा वाहनको चालक अनि खलासीको मृत्यु भएको छ। उक्त दुर्घट्ना आज बिहान लगभग 5 बजेतिर भएको जानकारी प्राप्त भएको छ। 
सिलगडीबाट एलपीजी सिलिण्डर बोकेर कालेबुङ तर्फ आइरहेको WB 73C 3530 नम्बर भएको उक्त वाहन लोहापुल नजिक आइपुग्दा सडकबाट सोझै रियाङ खोलामा झर्न पुगेको थियो। लगभग 2 सयफिट तल झरेपछि वाहनका खलासी सौरभ छेत्रीको घट्ना स्थलमा नै मृत्यु भएको थियो भने वाहनका चालक टेकबहादुर गुरुङ भने गम्भीररुपमा घाइते भएका थिए। 
दुर्घट्नापछि घाइते बनेका चालक टेकबहादुर गुरुङलाई रम्बी स्वास्थ्य केन्द्रमा उपचारको निम्ति लगिएको थियो भने उनको अवस्था सोंचनीय रहेको कारण तत्कालै तिनलाई उत्तरबङ्ग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिएको थियो। उपचारको निम्ति सिलगडी उत्तरबङ्ग मेडिकल कलेज पुर्यादएका चालकको पनि उपचारको क्रममा मृत्यु भएको छ। 
दुर्घट्नाको जानकारी पाउन साथ रम्बी पुलिस पोस्टका पुलिसकर्मीहरू घट्ना स्थलमा पुगेका थिए भने कालेबुङ अग्निसमन विभागका कर्मचारीवर्ग पनि घट्ना स्थलमा पुगेर उद्धार कार्यमा जुटेका थिए। विशेष गरेर एलपीजी ग्यास सिलिण्डर दुर्घट्नाको कारण बिस्फोट भएर अझ भयङ्कर दुर्घट्ना हुने सम्भावना रहेको कारण उद्धार कार्यमा अग्निसमन विभागका कर्मीहरू जुटेका थिए। 
दुर्घट्नाको वास्तविक कारण के हो भन्ने पत्तो लाग्न नसके पनि बिहानीपख पानी परिरहेको अवस्थामा धुम्मको कारण बाटो समेत राम्रो देख्न नसक्दा नै उक्त दुर्घट्ना भएको हुनसक्ने अनुमान गरिएको छ।

Related Posts

0 Response to " दुर्घट्नामा चालक र खलासीको मृत्यु "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.