
कामी विकास बोर्डमा भ्रष्टचार: उपाध्यक्षले दिए स्पष्टिकरण ...डाइभर्ट गर्नु भ्रष्टचार होइन – यकिन लामिछाने
![]() |
यकिन लामिछाने |
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 8 मई। ‘बोर्डमा कानुन त कामीले बनाउँछ। कानुन बनाउँने हामी छौँ। ग्याजेटमा त के-के छ छ। ग्याजेटमा त बेनिफिसरीको एकाउन्टमा पैसा हाल्दिनु, बेनिफिसरीले पाउनै पर्छ भन्ने भन्ने पनि लेखेको छैन। ग्याजेटमा त घर बनाउनु आको पैसा कल्चरल डेभलभमेन्टको निम्ति पनि चलाउनु भनि लेखेको छ। आफ्नो संस्कृति बचाउनु भनेर पनि लेखेको छ’ – उक्त कुरा कामी विकास बोर्डका उपाध्यक्ष यकिन लामिछानेले भनेका हुन्। उनले कामी बिकास बोर्डमा व्यापक भ्रष्टचार भइरहेको आरोपप्रति स्पष्टिकरण दिने क्रममा यसो भनेका हुन्।
पश्चिम बङ्गाल कामी विकास बोर्डमा अहिलेघरी व्यापक भ्रष्टचार भइरहेको कुरा अघि आइरहेको छ। घर पारित भएर पनि निर्माण नभएपछि उपभोक्ताहरूले जिल्लापलाई भेट गरेर ज्ञापन नै सुम्पिसकेका छन्। कामी विकास बोर्डभित्र यसरी व्यापक भ्रष्टचारको आरोप उठेपछि यसबारे स्पष्टिकरण लिन कार्यलयमा पत्रकारहरू पुगेपछि उपाध्यक्ष यकिन लामिछानेले भ्रष्टचारको आरोप अस्वीकार गरेका छन्।
उनले बोर्डमा भ्रष्टचारको आरोप लगाउनेहरूको कुनै आधार नरहेको बताउँदै आफुहरूलाई स्पष्टिकरण दिन समेत लाज लाग्न थालेको बताएका छन्। यद्यपी कामी बिकास बोर्डले घर निर्माण नगरी अर्काको घरमा फोटो खिचाएर लगेको सोम्बार मात्रै बबिता दियालीले आरोप लगाएको कुरामा भने उपाध्यक्ष लामिछानेले उपभोक्ता बबिता दियालीको घर पारित भएको स्वीकार गरेका छन्।
‘बबिता दियालीको घर पास भएको हो। हामीले उक्त घर पारित भएपछि त्यो काजगपत्र खर्साङ समितिलाई पठाएका थियौँ। तर त्यहाँ बबिता दियाली भन्दा अझ धेर आवश्यक्ता भएको ऐता लोहार निस्केपछि उनको घर ऐता लोहारलाई डाइभर्ट गरेर बनाइदिएका छौँ’ उपाध्यक्ष यकिन लामिछानेले भने। उनले उक्त घर डाइभर्ट गर्नमा आपसी सहमति भएकोनै यसो गरेको उनले बताएका छन्। उनले उक्त मुद्दा ठूलो होइन भन्दै यसपल्ट घर निर्माण हुनेहरूको सूचीमा ऐती लोहारको नाउँ पसेको अनि उक्त घर बबिता दियालीलाई बनाइदिने पनि स्पष्ट पारेका छन्। उनले पत्रकारहरूलाई स्पष्टिकरण दिनेक्रममा घर डाइभर्ट गरेर एउटाको अर्काकोलाई निर्माण गर्नु भ्रष्टचार होइन भन्दै आपसी सुझबुझमा आवश्यक्ता अनुसार कार्य गरिरहेको बताउँदै छोडिएकाहरूको पनि निर्माण हुने स्पष्टिकरण दिएका छन्। उनले आफुहरूलाई आरोप लगाउनेहरूले बोर्डमा कुनै कार्य नगरी मिडिया समक्ष लगेर आफ्नै जातिलाई बद्नाम गर्ने कार्य गरिरहेको आरोप लगाएका छन्।
कामी विकास बोर्डमा भ्रष्टचार, उपभोक्ताहरूले चडाए जिल्लापाललाई ज्ञापन
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 7 मई। कामी बिकास बोर्डद्वारा घर निर्माण नभएपछि उपभोक्ताहरूले आज कालेबुङ जिल्लापाललाई भेट गरेर ज्ञापन चडाएका छन्। उनीहरूको नाउँमा पश्चिम बङ्गाल कामी बिकास बोर्ड मार्फत् घर निर्माण हुनपर्ने भएपनि बोर्डका अध्यक्ष उपाध्यक्षहरूले भने घर निर्माण नगरेको भन्दै उनीहरूले जिल्लापाल डा. विश्वनाथलाई भेट गरेर ज्ञापन सुम्पिएका छन्। बोर्डमार्फत् घर निर्माणको निम्ति पारित भएपनि घर निर्माण कार्य भने पुरा नहुँदा उनीहरूले जिल्लापाललाई भेट गरेका हुन्। उक्त उपभोक्ताहरूलाई लिएर जिल्लापाललाई ज्ञापन चडाउन बोर्डका सदस्य सुबोध खाती अनि महेन्द्र गजमेर पनि साथमा रहेका थिए।
यसभन्दा अघि पनि पश्चिम बङ्गाल कामी विकास बोर्डमा व्यापक भ्रष्टचार भइरहेको आरोप उठएको हो। बोर्डका अध्यक्ष अनि उपाध्यक्षहरूले मनमानी गर्दै भ्रष्टचार गरिरहेको अघिदेखि नै आरोप उठिरहेको छ भने उनीहरूले घर निर्माण नगरी युटिलाइसजेसन सर्टिफिकेट भनि सरकारलाई बुझाएको बोर्डका सदस्य सुबोध खाती, महेन्द्र गजेर आदिले लगाएका थिए। उनीहरूले नै आज पुन: बोर्डका अध्यक्ष अनि उपाध्यक्षले ब्यापक भ्रष्टचार गरेको भन्दै घर नबनिएका उपभोक्ताहरूलाई लिएर जिल्लापाललाई ज्ञापन चडाएका हुन्।
‘मेरो घर बनिनलाई आएको थिएछ। तर, मेरो घर नबनि मलाई अर्काको घरमा फोटो खिचाएर लग्यो’ बबिता दियालीले रामधुरा निवासी बबिता दियालीले भनिन्। बोर्डद्वारा आफ्नो घर निर्माणको निम्ति आए पनि आफ्नो घर भने निर्माण नभएको उनले गुनासो पोखिन्। ‘मेरो घर बनिएको छैन, तर फोटो चाही अर्काको घरमा उभ्याएर खिच्यो’ उपभोक्ता बबिता दियालीले भनिन्। उनलाई आफ्नो घर नबनिएपछि अर्काको घरमा लगेर फोटो खिचाएको भन्दै पछिबाट उक्त फोटोनै देखाएर आफ्नो घर बनिसकेको रिपोर्ट बुझाएको थाह पाएको पनि उनले जानकारी गराइन्।
यता कामी बिकास बोर्डमा ब्यापक भ्रष्टचार भएको आरोप लगाउने बोर्डकै सदस्य सुबोध खातीले आफुहरूलाई उपभोक्ताहरूले सम्पर्क गरेर बारम्बार उजुरी गरेको बताउँदै सहुलियत नपाएका उपभोक्ताहरूलाई लिएर जिल्लापाललाई भेट गरेको जानकारी दिएका छन्। उनले रामधुरा, पुदुङ, इस्टमेन रोड, पेमलिङ, मिरिक लगायत अन्य ठाउँहरूमा समेत कामी बिकास बोर्डबाट आर्थिक विपन्न परिवारहरूका निम्ति घर निर्माणको हुनपर्ने भएपनि आजसम्म घर भने निर्माण नभएको दाबी गरेका छन्।
‘बबिता दियालीलाई अर्काको घरमा उभाएर फोटो खिचेका छन्। उनको घर निर्माण नगरी अर्काको घरमा उभ्याएर फोटो खिचाउनुको साथै युटिलाइजेसन सर्टिफिकेट समेत बुझाइसकेको छ। यसरी हाम्रा कामी बिकास बोर्डका अध्यक्ष अनि उपाध्यक्षले हाम्रो जातिमाथि खेलावाड गरिरहेका छन्’ सुवोध खातीले भने। ‘यो गरीबको खुना खाने कार्य हो। यसकारण हामी उनीहरूलाई आफ्नो पदबाट चाँडै हटाइयोस भन्ने माग गर्छौँ’ सुबोध खातीले भने। उनले आजसम्म घर नबनिएका सम्पूर्ण कामी समुदायका मानिसहरूलाई आफुहरूसमक्ष आउने आह्वास समेत गरेका छन्। यसभन्दा अघि आफुहरूले कामी बिकास बोर्डमा भ्रष्टचार भएको भन्दै जिल्लापाललाई ज्ञापनसँगै घर नबनिएकाहरूको नामवली दिएपछि उनीहरूको घर निर्माणका निम्ति सामाग्री आएर निर्माण कार्य भइरहेको पनि खातीले जानकारी दिएका छन्। यद्यपी उक्त सम्पूर्ण घरहरू कागजी रूपमा भने निर्माण कार्य पुरा भइसकेको बोर्डका अध्यक्ष अनि उपाध्यक्षले देखाएको पनि उनले आरोप लगाएका छन्।
यता कामी विकास बोर्डका अर्का सदस्य महेन्द्र गजमेरले गरीब मानिसहरूले सही सहुलियत पाओस् भन्ने चाहना राखे पनि यता कामी बिकास बोर्डद्वारा भने गरीब मानिसहरूलाई सहुलियत प्रदान नगरेको आरोप लगाएका छन्। ‘जतिपनि गरीब मानिसहरूको घर पाएका छन् उनीहरूको घर निर्माण कार्य पुरा भएको छैन’ महेन्द्र गजमेरले भने।
0 Response to "कामी विकास बोर्डमा भ्रष्टचार: उपाध्यक्षले दिए स्पष्टिकरण ...डाइभर्ट गर्नु भ्रष्टचार होइन – यकिन लामिछाने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.