-->
युवा मोर्चाले सुरू गर्‍यो साङ्गठनिक सुदृढीकरणको कार्य

युवा मोर्चाले सुरू गर्‍यो साङ्गठनिक सुदृढीकरणको कार्य

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 4 मई। गोर्खा जनमुक्ति युवा मोर्चाले सङ्गठन सुदृढीकरणको कार्य आरम्भ गरेको छ। सङ्गठनलाई बलियो पार्नका निम्ति के कस्ता पहल गर्नुपर्ने भन्दै गोजयुमो कालेबुङ जिल्ला समितिको आज यहाँको कन्या उच्चतर माध्यमिक विद्यालयको शतवार्षिकी भवनमा एउटा वैठक सम्पन्न भएको थियो। वैठकमा युवा मोर्चा केन्द्रिय समितिका अध्यक्ष अमृत योञ्जन, उपाध्यक्ष बारुद थापा, प्रवक्ता अरुण छेत्री, कालेबुङ जिल्ला अध्यक्ष बिदुर राई, सचिव अमिर बस्नेत लगायत अन्य नेतृववर्ग उपस्थित रहेका थिए।
‘हामीले दार्जीलिङको राजनीतिमा युवा जमातलाई तल्लो सहतदेखि नै वौद्धिक रूपमा तयार पार्नुछ अनि नयाँ दार्जीलिङको निर्माण गर्नुछ। त्यहीँ कारण युवाहरूलाई भावानात्मक होइन तर व्यावहारिक पक्षको राजनैतिक खोराक दिँदै सङ्गठन सुदृढीकरणको पहल गरेका हौँ’ युवा मोर्चा केन्द्रिय प्रवक्ता अरूण छेत्रीले भने। उनले हालमा पार्टी परिवर्तनको क्रम चलिरहेको अवस्थाबारे पत्रकारहरूले सोधेको प्रश्नको पनि जवाब दिएका छन्। उनले भने - ‘झण्डा परिवर्तन गर्नु भनेको राजनैतिक अपरिपक्वता हो।’
आफुहरूले युवा मोर्चा कार्यकर्ताहरूलाई राजनैतिक खुराक दिन चाहेको भन्दै आजसम्म राजनैतिक खुरा राम्रोसँग पाउन नसकेको कारण नै मानिसहरूले दैनिक दल परिवर्तन गरिरहेको पनि बताए। ‘कोही व्यक्ति केही सानो कारण एउटा झण्डादेखि अर्को झण्डा बोक्न पुग्छन् भने त्यसले नै उनीमाथि राजनैतिक अपरिपक्वता रहेको स्पष्ट बन्दछ। हामी हाम्रा युवा कार्यकर्ताहरूलाई त्यहीँ राजनैतिक परिपक्व बनाउँने प्रयास गर्दैछौँ। जसले आफ्नो लक्ष्य प्राप्तिको निम्ति सहज हुँदै जानेछ’ अरूण छेत्रीले भने।
‘हाम्रो मुल मुद्दा भनेको गोर्खाल्याण्ड नै हो। तर गोर्खाल्याण्ड माग्ने तरिका हामीमा परिवर्तन हुनपर्छ। गणतान्त्रिक पद्धतिमा नै हामी अघि बड्नुपर्छ भन्ने हाम्रो सोंच हो’ गोजयुमो केन्द्रिय प्रवक्ता अरूण छेत्रीले एक प्रश्नको जबा दिँदै भने। यसक्रममा उनले भारतको संविधान जबसम्म रहन्छ तबसम्म गोर्खाल्याण्ड रहन्छ पनि बताएका छन्। ‘गोर्खाल्याण्ड भनेको लामो दौड हो। त्यस लामो दौडलाई पार गर्न हामीमा लामो स्टेमिना पनि हुनपर्छ। त्यहीँ स्टेमिना हामी तयार गर्दैछौँ’ छेत्रीले अझ भने।
उनले युवा मोर्चालाई बलियो बनाउँन कालेबुङ, दार्जीलिङ, खर्साङ अनि मिरिकमा साङ्गठनिक सभाहरूको आयोजना गर्न क्रम लगातार गर्ने जानकारी पनि दिएका छन्। आङ्गठनिक सभाहरूपछि सम्पूर्ण रिपोर्ट पार्टीको केन्द्रिय समितिलाई सुम्पिएर आगामी कार्यक्रमहरू तय गर्ने पनि उनले जानकारी दिएका छन्।

Related Posts

0 Response to "युवा मोर्चाले सुरू गर्‍यो साङ्गठनिक सुदृढीकरणको कार्य"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.