
कालेबुङ नगरपालिकाद्वारा जनहितको कार्य
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 25 मई। कालेबुङ नगरपालिकाको 18 नम्बर वार्ड स्थित हिलटपदेखि 4 सय मिटरको सडकमा अलकत्र बिच्छाउने कार्य गरेको छ। अर्बन डेभलभमेन्ट म्युनिसिपल अफेयर्स अन्तर्गत उक्त सडकको कार्पेटिङ कार्य आजदेखि आरम्भ भएको नगरपालिका अध्यक्ष रबी प्रधानले बताएका छन्।
कालेबुङ नगरपालिका अध्यक्ष रबी प्रधान अनि क्षेत्रिय नगरपार्षद मुन्ना लामाको विशेष उपस्थितिमा उक्त कार्यको आरम्भ गरिएको छ। अघिबाटै निर्मित उक्त बाटो आजसम्म अलकत्र बिच्छाउने कार्य नभएको भन्दै यसपल्ट भने कालेबुङ नगरपालिकाले अर्बन डेभलपमेन्ट म्युनिसिपल अफेयर्स मार्फत् उक्त बाटोमा अलकत्रा बिच्छाउने स्वीकृती पाएपछि कार्यको थालनी गरेको पनि अध्यक्ष प्रधानले बताएका छन्। उक्त कार्यको निम्ति विभागबाट 10 लाख 23 हजार 44 रूपियाँ अनुमोदन भएको बताउँदै उक्त बाटो बनिएपछि लगभग दुईसय भन्दा अधिक परिवारका मानिसहरूले सुविधा पाउने पनि प्रधानले बताएका छन्।
अर्कोतर्फ बर्षौँ देखि अलकत्रा नबिच्छाएको सडकमा नगरपालिकाले गाँउले मानिसहरूको हितमा बाटोलाई व्यवस्थित बनाउने कार्य गरेपछि सम्पूर्ण गाउँका मानिसहरू खुशी भएका छन्। क्षेत्रका मानिसहरूले नगरपालिका अध्यक्षको कुशल कार्यशैलीको कारण यसरी बाटोमा अलकत्र बिच्छाउने सुविधा उपभोग गर्न पाएको भन्दै उनीहरूले आभार प्रकट पनि गरेका छन्।
अर्कोतर्फ कालेबुङ नगरपालिका क्षेत्रका क्षेत्रका आर्थिक बिपन्न परिवारका सदस्यहरूका निम्ति प्रधानमन्त्री आवास योजना अन्तर्गत 3 सयवटा घर निर्माणको स्वीकृती दिएको अध्यक्ष रबी प्रधानले बताएका छन्। आर्थिक बिपन्न परिवारका मानिसहरूको घर निर्माणार्थ आफुहरूले सरकारलाई पत्रचार गरेपछि 3 सयवटा स्वीकार भएर आएको अनि उक्त परिवारका सदस्यहरूको आजै देखि बैंकमा खाता खोल्ने कार्य आरम्भ भएको पनि अध्यक्ष प्रधानले जानकारी दिएका छन्। उक्त घर निर्माणको निम्ति सरकारले 4 लाख 20 हजार रूपियाँ उपभोक्ताको बैंक खातामा हालिदिने अनि उपभोक्ताले 25 हजार आफ्ना बैंक खातामा लगाउनुपर्ने रहेको पनि उनले बताएका छन्।
उनले नगरपालिका क्षेत्रका आर्थिक बिपन्न परिवारका मानिसहरूलाई घर निर्माणको निम्ति प्रत्येक वार्डका नगरपार्षदहरूले चिन्हित गरेको अनि मोठ 7 हजार मानिसहरू चिन्हित गरिए पनि प्रथम चरणमा केवल 3 सय जना मानिसहरूको घर स्वीकृत भएको उनले स्पष्ट पारेका छन्।
0 Response to "कालेबुङ नगरपालिकाद्वारा जनहितको कार्य"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.