-->
परिचय सङ्कटको समस्यालाई ठिकसँगले केन्द्र पुर्‍याइएन – जर्ज बेकर

परिचय सङ्कटको समस्यालाई ठिकसँगले केन्द्र पुर्‍याइएन – जर्ज बेकर

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 10 मई । ‘तपाईँहरूको मुख्य समस्या भनेकै परिचयको सङ्कट हो। यो परिचयको सङ्कट जबसम्म आमा-बाबुको कानमा ठिक तरिकाले पुर्‍याइन्दैन तबसम्म रहिरहनेछ’ उक्त कुरा भारतीय जनता पार्टीका सांसद जर्ज बेकरले भनेका हुन्। उनले अझ भने- ‘एउटा परिवारमा आमा बाबु, दाजु भाइ हुन्छन्। आमाबाबुले सबैको आवा सुन्न पर्छ।’  यद्यपी कहिले कहीँ घरका ठूलो दाजुले तिमीहरू केही नबोल्नु म बोल्दैछु भन्ने गरे पनि गोर्खाहरूको परिचयको सङ्कटलाई आफुले दिल्ली पुर्‍याउने दाबी गरेका छन्।

‘तपाईँहरूको माग दुईवटा चुनावमा उठेको मुद्दा होइन। यो 120 वर्षदेखि चल्दै आइरहेको छ’ सांसद जर्ज बेकरले पत्रकारहरूलाई सम्बोधन गर्दै भने। उनले अहिलेसम्म गोर्खाहरूलाई समान दृष्टिले नहेरेको भन्दै गोर्खाहरूको समस्या थाह पाएपछि आफु दुखी बनेको पनि उनले बतएका छन्। ‘तपाईँहरूको प्रतिनिधीत्व ठिकसँग भएन’ सांसद बेकरले अझ भने –'च्यादरको त्यो पारी तपाईँहरूको आवाज पुगेको छैन। यदि पुगेको छ भने पनि सायद गलत खबर पुगिरहेको छ।’

उनले गोर्खाहरू परिचयको सङ्कटमा जुझिरहेको बताउँदै उक्त समस्यालाई समाधान गर्नका निम्ति ठिक ठाउँमा आवाज पुर्‍याउन आवश्यक रहेको बताए पनि ठिक ठाउँमा आवाज पुर्‍याउनु भने ‘भाजपा पार्टीमा सामेल हुनुहोस्’ भन्न पछि परेनन्। ‘तपाईँहरू हाम्रो पार्टीमा सामेल हुनुहोस्। पहाडबाट तपाईँहरू एकजना एमपी भाजपाको पठाउनुहुन्छ तर, एमएलए केवल तीनजना, यसैकारण तपाईँहरूलाई अनुरोध गर्छु आउनुहोस भाजपा पार्टीमा सामेल हुनुहोस्’ जर्ज बेकरले सोझै भाजपा सामेल हुने आह्वान नै गरे। यसक्रममा ‘भाजपामा सामेल भए मात्र गोर्खाल्याण्ड हुन्छ?’ भनि प्रश्न गर्दा ‘होइन मेरो भन्नुको तात्पर्य त्यसो होइन’ भने।

उनले सम्बोधनको क्रममा आफुहरू संविधान देखि बाहिर गएर केही गर्न सक्दैनौँ भन्दै संवधानिक प्रक्रिया अनुसार गोर्खाहरूको समस्या समाधानको निम्ति संवैधानिक प्रक्रिया अघि बडाउँन जनताले ठिक ठाउँमा सही नेतृत्व पुर्‍याउनुपर्ने बताएका छन्। उनले ठिक ठाउँमा ठिक नेतृत्व भनेर चाहीँ राज्यको विधानसभामा पनि भाजपाकै प्रतिनिधी पठाउनुपर्ने आह्वान गरेका थिए। ‘जबसम्म राज्यमा आफ्नो पार्टीको प्रतिनिधी बलियो हुँदैन तबसम्म आवा उठ्न सक्दैन। एमपी दिनुभएको छ तर, एमएल दिनुभएको छ? जबसम्म त्यो आवाज विधानसभामा उठ्दैन तबसम्म संसदमा कसरी उठ्छ? सांसद बेकरले अझ भने। उनले राज्यको एसेम्बलीमा प्रतिनिधी धेर हुनपर्छ भन्दै राज्य विधानसभामा आवाज चर्को उठेपछि मात्र केन्द्रमा बस्ने आमा-बाबुको कानमा पनि आवाज पुग्ने बताएका छन्।

उनले आफ्नो सम्बोधनको क्रममा छुट्टै राज्य गोर्खाल्याण्ड हुन्छ भनि सोधेको प्रश्नको जवाबमा घुमाउरो जवाब नदिएर भने ‘मेरो जन्म सममा भयो। घर पनि छ। मेरो आँखा अघि नागाल्याण्ड बन्यो। नेफा हुँदा अरुणाचल बन्यो। मेघालय बन्यो, मिजोराम बन्यो अनि त्रिपुरा।’

यता उनले गोजमुमो पार्टीका संस्थापक अध्यक्ष विमल गुरुङको पनि बचाउ गर्न पछि परेनन्। ‘बिमल गुरुङमाथि लगाएका जुन मुद्दाहरू छन्, त्यहीँ मुद्दा अर्का व्यक्तिको नाउँमा पनि छ। आज त्यहीँ मुद्दा लागेका व्यक्ति नै जीटीएको अध्यक्ष बनेका छन् अनि यता बिमल गुरुङ भने अन्डरग्राउण्ड जानुपरेको छ’ बेकरले भने।

0 Response to "परिचय सङ्कटको समस्यालाई ठिकसँगले केन्द्र पुर्‍याइएन – जर्ज बेकर"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.