टिस्टा नदीमा राफ्टिङ दुर्घट्ना हुँदा एकजना पर्यटकले गुमाए ज्यान
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 9 अप्रेल। टिस्टा नदीमा राफ्टिङ गर्दा हनिमुन मनाउन आएका एकजोडि पर्यटक मध्ये पति रोशन सिंहको मृत्यु भएको छ भने पत्नि वानी शिखा सिंह गम्भीररुपमा घाइते भएकी छिन।
नदीमा आएको छालको चपेटमा परेर राफ्टिङ पल्टेपछि उत्तर प्रदेश मुजफ्फरपुर निवासी रोशन सिंह (38) को मृत्यु भएको छ अनि उनकी पत्नि वानी शिखा सिंह (22) भने गम्भीररुपमा घाइते भएकी छन्। छालको कारण राफ्ट अचानक पल्टेपछि राफ्टमा सवार रोशन सिंह सँगै अन्य पर्यटकहरू पनि नदीमा डुबेका थिए। त्यसबेला राफ्टमा मोठ 6 जना पर्यटकहरू सवार रहेका थिए। राफ्ट पल्टेपछि नदीको पानी एकाधिक खाँदा रोशन सिंहले प्राण गुमाएको अनुमान गरिएको छ भने उनकी पत्नि वानी शिखा सिंहको पनि पेटमा धेर पानी पसेर गम्भीर घाइते बनेको थाह लागेको छ। घाइतेलाई सिलगडी उपचारको निम्ति पुर्याएको थाहा लागेको छ भने अन्य 4 जना सवार पर्यटकहरू भने भाग्यले बाँचेका छन्।

प्राप्त जानकारी अनुसार राष्ट्रिय राजमार्ग 10 अन्तर्गत किर्ने नजिकबाट मोठ 6 जना पर्यटकहरू टिस्टा नदीमा राफ्टिङ खेल्न पुगेका थिए। नदीको पानीमा राफ्टिङको आनन्द लिन आएका पर्यटकहरूले धेरैबेर आनन्द लिन पाएनन्। किर्ने नजिकबाट उनीहरूको राफ्टिङको यात्रा सुरु हुन साथ 6 माइल केही तलतिर पुग्दा नदीको द्रुत बहावमा पर्दा दुर्घट्ना भएको हो। अचानक नदीको छालमा एभरेस्ट रिभर राफ्टिङको एउटा राफ्ट पर्दा पर्यटकहरूसँगै राफ्ट पल्टेको थियो। राफ्ट पल्टेपछी एक हप्ता अघि मात्रै विवाह बन्धनमा जोडिएका दम्पतिका पति रोशन सिंहको लाइफ ज्याकेट खोलिएपछि उनले धेरै पानी खाइपठाउँदा नै मृत्यु भएको अनुमान गरिएको छ।
दुर्घट्नापछि तत्कालै राफ्टमा सवार पर्यटकहरूलाई अन्य राफ्टको सहयोगमा नदीबाट निकाल्ने कार्य गरिएको थियो। यद्यपी एकजना पर्यटकले भने आफ्नो प्राण गुमाएका छन्। घट्नापछि यता राफ्टिङ दलका कार्यकर्ताहरूलाई पुलिसले सोधपुछ गरिरहेको थाह लागेको छ। उक्त दुर्घट्ना बिहान लगभग 11 बजे भएको पुलिस सुत्रबाट थाह लागेको छ भने राफ्टमा सवार पर्यटकहरूको सुरक्षा व्यवस्था कतिसम्म गरिएको थियो भन्ने पुलिसले राफ्टिङ दललाई सोधपुछ गरेको जानकारी प्राप्त भएको छ।
0 Response to "टिस्टा नदीमा राफ्टिङ दुर्घट्ना हुँदा एकजना पर्यटकले गुमाए ज्यान"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.