
कालेबुङ अस्पतालमा तनाव: डाक्टर-नर्सहरूको धरनाले बिरामीहरू समस्यामा ....72 घण्टाभित्र माग पुरा नभए अर्कै कदम उठाउनेछौँ – डा. सिम्लाङ्दी
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 22 मई। कालेबुङ जिल्ला अस्पताल आज दिनभरीनै तनावपूर्ण बनेको थियो। सोमबार अस्पतालका डाक्टर अभिषेक गौतमलाई अस्पताल परिसरभित्रनै केही युवकहरूले कुटपिट गरेको घट्नालाई लिएर डाक्टर-नर्स सँगै सम्पूर्ण कर्मचारीवर्गले ओपीडी बन्द गरेर बिहानैदेखी अस्पतालमा धरना सुरु गरेपछि स्थिति तनावपूर्ण बनेको हो। बिहानदेखिनै अस्पतालका कर्मीहरूले ओपीडी बन्द गरेर धरना प्रदर्शन गरेपछि विभिन्न ठाउँबाट आएका बिरामीहरूले समस्या भोग्न परेको थियो। डाक्टललाई कुटपिट गर्ने आरोपितहरूलाई झट्ट पक्राउ गर्नुपर्ने माग गर्दै उनीहरूले विभिन्न प्लाकार्डहरू बोक्नका साथै हाथमा कालो पट्टी बाँधेर धर्ना प्रदर्शन गरेपछि स्वास्थ्य जाँचका निम्ति टाडाबाट आएका विरामीहरूले समस्या भोग परेको हो।
कालेबुङ जिल्ला अस्पतालका डाक्टर-नर्स अनि सम्पूर्ण कर्मचारीवर्गले पिडीत डाक्टरलाई न्याय दिलाउन आरोपितलाई झट्ट पक्राउको माग गर्दै धरना गरेपछि अस्पतालमा परिसरमा झमेला हुने सम्भावना देखेर पुलिस बल तैनाथ गरिएको थियो। डाक्टर-नर्सहरूले अस्पतालमा धरना गरिरहेको खबर फैलिएपछि गोजमुमो कालेबुङ जिल्ला समितिका नेतृत्ववर्गले अस्पताल कर्तृपक्षसँग वैठक गरेर धरना फिर्ता लिने अपिल समेत गरेका थिए। गोजमुमो कालेबुङ जिल्ला समितिकी सचिव गायत्री मुखियाको नेतृत्वमा एक प्रतिनिधी टोलिले जिल्ला अस्पतालका स्वास्थ्य अधिक्षक डा. सिम्लाङ्दी लगायत अन्य डाक्टरहरूको टोलिलाई भेट गरेर धरना फिर्ता लिइदिने अपिल गरेका थिए।
घट्नापछि रोगी कल्याण सङ्गठनकी अध्यक्षा शिखा राई अनि कालेबुङ जिल्लापाल डा. विश्वनाथले अस्पतालका डाक्टरहरूसँग वैठक गरेर धरना फिर्ता लिने अपिल गरेका थिए। यसक्रममा अस्पताल परिसरमा डाक्टरहरूमाथि कुटपिटको घट्ना निन्दनीय रहनुको साथै यसले कर्मचारीवर्गलाई असुरक्षाको वातावरण सिर्जना गरेको भन्दै सुरक्षा सुनिश्चित गर्नुपर्ने डाक्टरहरूले जिल्लापाल समक्ष माग राखेका थिए। यसका साथै जिल्ला अस्पतालमा पुलिस चेक पोस्टको निर्माण गर्नका साथै 24 घन्टा सुरक्षा गार्डको व्यवस्था गरिनुपर्ने पनि डाक्टरहरूले जिल्लापाल समक्ष माग राखेका थिए। यसबारे जिल्लापाल डा. विश्वनाथले उक्त समस्या समाधानको पक्षमा पहल गर्ने आश्वान दिएका छन्।
विभिन्न चरणमा अस्पताल प्रशासनसँग जिल्लापाल डा. विश्वनाथ, रोगी कल्याण समितिकी अध्यक्षा शिखा राई अनि गोजमुमो नेतृत्ववर्गले एकाधिक वैठक गरे धरना फिर्ताको अपिल गरेपछि नै यता उक्त धरना प्रदर्शनलाई फिर्ता गरिएको छ। सबै पक्षबाट धरना फिर्ताको अपिल आएपछि धरनामा बसेका सम्पूर्ण कर्मचारीवर्गले पुन: दिउँसो एकचोटी वैठक गरेका थिए। उक्त वैठकपछि जिल्ला अस्पतालका स्वास्थ्य निरिक्षक अङ्कन सिम्लाङ्दीले जारी धरना फिर्ता गरिएको घोषणा गरेका हुन्।
‘अस्पतालका सम्पूर्ण कर्मचारीवर्गको वैठकपछि जारी धरनालाई फिर्ता लिँदै अस्पतालका सम्पूर्ण कार्यहरू सूचारू गरिन्छ। साधारण जनताको सुविधाको निम्ति यो धरनालाई अस्थायी रूपमा फिर्ता गरिएको हो। जिल्लापाल, राजनैतिक दलका प्रतिनिधीवर्ग अनि जनप्रतिनिधीको अनुरोधलाई मान्य गरेर यो धरना फिर्ता लिइएको हो’ स्वास्थ्य निरिक्षक अङ्कन सिम्लाङदीले भने। यसक्रममा उनले कालेबुङ जिल्लापाल अनि जिल्ला पुलिस अधिक्षकलाई आरोपित व्यक्तिलाई झट्ट पक्राउ गरेर कानुनी कार्वाही गर्दै कडा सजाय दिनुपर्ने माग पनि गरेका छन्। ‘हामी तीनवटा माग गर्दछौँ। पहिलो आरोपित व्यक्तिलाई झट्ट पक्राउ गरेर कानुनी कार्वाही गरिनुपर्नेछ। दोस्रो अस्पताल परिसरमा 24 घण्टा नै सुरक्षा दिने पुलिस चेकपोस्ट निर्माण गर्नुपर्नेछ अनि तेस्रो अस्पताल परिसरमा अव्यवस्थित पार्किङ बन्द गर्दै निषेध गरिएका वाहनहरूमाथि रोक लगाउनुपर्नेछ’- स्वास्थ्य अधिक्षक अङ्कन सिम्लाङ्दीले अझ भने- ‘यी सम्पूर्ण मागहरू आगामी 72 घण्टाभित्र पुरा गर्ने माग गर्छौँ। यदि पुरा नगरिए हामी अघिल्लो कदम उठाउनेछौँ।’
यता कालेबुङ जिल्ला अस्पतालमा आइपुगेका जिल्लापाल डा. विश्वनाथले वैठकपछि कार्वाही गर्ने आश्वान दिएका छन्। ‘हिजका घट्नामाथि वैठकमा डाक्टरहरूसँग चर्चा गर्यौँ अनि धरना फिर्ता लिने अपिल गरेका छौँ’ जिल्लापाल डा. विश्वनाथले अझ भने –‘हामी आरोपितलाई कार्वाही गर्नेछौँ।’ अर्कोतर्फ रोगी कल्याण् सङ्गठनकी अध्यक्ष शिखा राईले डाक्टरमाथि कुटपिटको घट्ना दुर्भाग्यपूर्ण रहेको बताउँदै दोषीलाई पुलिस प्रशासनले कार्वाही गर्ने बताएकी छन्। ‘जुन घट्ना भयो त्यो अत्यन्तै दु:खद हो। घट्नामा संलग्न दोषीलाई पुलिस प्रशासनले कार्वाही गर्नेछन्। यस्ता घट्ना भविष्यमा हुन नदिने प्रशासनले उचित पदक्षेप ग्रहण गर्नुपर्नेछ अनि साधारण मानिसहरू समस्या नपरोस् भनेर हामीले धरना फिर्ताको अपिल गरेका छौँ’ शिखा राईले भनिन्। यसैक्रममा गोजमुमो कालेबुङ जिल्ला समितिकी सचिव गायत्री मुखियाले पनि दोषी व्यक्तिलाई झट्ट पक्राउ गरेर कानुनी कार्वाही गर्नुपर्ने माग गरेकी छन्।
0 Response to "कालेबुङ अस्पतालमा तनाव: डाक्टर-नर्सहरूको धरनाले बिरामीहरू समस्यामा ....72 घण्टाभित्र माग पुरा नभए अर्कै कदम उठाउनेछौँ – डा. सिम्लाङ्दी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.