
माकपा नेता तारा सुन्दासले लगाए ब्यापारी एकता मञ्चलाई विभिन्न आरोप
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, कालेबुङ 18 अप्रेल। माकपा नेता तारा सुन्दासले कालेबुङ शहरमा ‘व्यापारी एकता मञ्च’ले ब्यापारीहरूबाट 4 सय रूपियाँ लिने गरेको आरोप लगाएका छन्। उनले ब्यापारी एकता मञ्चलाई राजनैतिक छाँया समेत पार्न नहुने भन्दै जनताको हितमा स्वतन्त्ररूपले कार्य गर्नुपर्ने सुझाव समेत दिएका छन्। यदि सत्तामा रहेका राजनैतिक दलहरूले भविष्यमा ब्यापारीहरूको बिरुद्धमा कार्य गरे उनीहरूसँग लड्नका निम्ति पनि राजनैतिक छायाँबाट टाडा हुनपर्ने सुझाव दिएका छन्।
यसक्रममा उनले कालेबुङका सुन ब्यापारीहरूले ग्राहकलाई गर-गहना किन्दा एप्रुभल स्लिप दिने गरेको आरोप लगाउँदौ सेल ट्याक्स अधिकारीहरूसमेत मिलेर जनतालाई ठग्ने कार्य गरिरहेको आरोप लगाएका छन्। यसका साथै सुन ब्यापारीहरूले हलमार्क प्रयोग नभएको सुनको ब्यापारहरू गरिरहेको भन्दै यस्तो विषयमा पनि ब्यापारी एकता मञ्चले पहल गर्नुपर्ने सुझाव दिएका छन्।
अर्कोतर्फ सुन्दासले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा ब्यापारी सङ्गठनका अध्यक्ष ए.डी सिंहले बजारमा सञ्चालन गर्दै आइरहेको राशन दोकान अवैद्यरूपमा चलाएको पनि आरोप लगाएका छन्। खाद्य सर्वराह विभाग अधिनस्थ ए. डी अर्केडको नाउँमा रहेको राशन दोकान नम्बर 8 एङ्ग्लो इन्डियन ए.डी अर्केडको नाउँमा रहेको दाबी गर्दै अहिले त्यहीँ दोकानलाई ए.डी सिंहले कब्जा गरेर चलाउने कार्य गरिरहेको सुन्दासले आरोप लगाएका छन्। उक्त विषयमा खाद्य सर्वराह विभागका अधिकारीवर्गको समेत मिलिभगत रहेको सुन्दासले आरोप लगाएका छन्।
0 Response to "माकपा नेता तारा सुन्दासले लगाए ब्यापारी एकता मञ्चलाई विभिन्न आरोप"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.