
जनतालाई राशन नदिनेहरूविरुद्ध कार्वाही गर्नुपर्ने माकपाको माग
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ । पश्चिम बङ्गाल सरकारले 105 दिन लामो पहाड बन्दको समयमा राशन थाप्न नपाएका जनतालाई 14 सप्ताहसम्म दुईगुणा राशन दिने घोषणा गरेपनि अन्तिम सप्ताहना पहाडका जनताले राशन नपाएको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन्। सुन्दासले आज एक पत्रकार सम्मेलनमा बोल्दै कालेबुङ जिल्ला मात्रै नभएर दार्जीलिङ अनि खर्साङका मानिसहरूले पनि 14औँ सप्ताहको अन्तिम राशन पाउन नसकेको दाबी गरेका छन्।
‘मुख्यमन्त्री ममता ब्यानर्जीले 105 दिन लामो पहाड बन्दको समयमा नपाएका राशनहरू जनतालाई 14 सप्ताहसम्म दुईगुणा गरेर दिने घोषणा गरेकी थिइन्। त्यसपछि जनताले उक्त राशन पाउँदै आइरहेको थियो। तर, आखिरमा अन्तिम सप्ताहको डबल राशन भने जनतालाई विभागले दिने कार्य गरेन’ माकपा नेता सुन्दासले भने। उनले सरकारद्वारा घोषित उक्त राशन जनताली अन्तिम सप्ताहमा किन दिने कार्य गरेन भनि विभागप्रति प्रश्न गरेका छन्। यसभन्दा अघि पनि खाद्य सर्वराह विभागले जनतालाई नियमित राशन दिने कार्य नगरेको आरोप लगाउँदै सन् 2011 मा पाउनुपर्ने राशन समेत आजसम्म विभागले जनतालाई सर्वराह गर्ने कार्य नगरेको आरोप लगाए।
‘सन् 2011 मा जनताले राशन नपाएपछि माकपाले खाद्य नियन्त्रक अधिकारीलाई ज्ञापन चडाएको थियो। त्यसपछि विभागीय अधिकारीले जिल्ला खाद्य नियन्त्रकलाई पत्र लेखेर जनताले नपाएका राशन पाउनुपर्छ भनि पत्रचार गरेपनि जिल्ला खाद्य नियन्त्रकले भने राशन नदिएको आरोप लगाएका छन्। ‘यो सप्ताह नदिएको राशन विभागले अर्को सप्ताह दिनेछु भन्न सक्छन्। तर, हामी विभागको कुरामा विश्वास गर्दैनौँ। किन भने सन् 2011 मा नै विभागीय अधिकारीले राशन दिनुपर्ने भनि लिखित आदेश दिएपनि आजसम्म त्यो राशन दिएको छैन। यसकारण हामी विभागको कुनै आश्वासनमा विश्वास गर्दैनौँ’ तारा सुन्दासले भने। यसक्रममा उनले मुख्य सचिव अनि खाद्य नियन्त्रक अधिकारी पहाड आउन लागेको भन्दै उनीहरूलाई पहाडका जनताले यसबारे कुरा उठान गर्नुपर्ने आह्वान गरेका छन्। उनले विगतका दिनका पुरुलियामा मुख्यमन्त्रीको भ्रमण अवधी त्यहाँका जनताले राशनमा वितरण हुने खाद्यन्न अत्यन्तै निम्न स्तरको रहेको गुनासो दर्ता गरेपछि तत्कालै मुख्यमन्त्रीले कार्वाही गरेको भन्दै पहाडमा पनि राशन नदिने अधिकारीविरुद्ध कार्वाही हुनपर्ने उनले माग गरेका छन्।
‘14 सप्ताह डबल राशन पाउनुपर्ने भएपनि जनताले 13 सप्ताह मात्रै डबल राशन पायो। यसबारे विभागले जावाद दिनुपर्छ’ तारा सुन्दासले अझ भने। उनले सोहीक्रममा पहाडका जनताले नियम अनुसार राशनमा चिनी पाउनै पर्ने भएपनि पहाडका जनताले भने 6 महिना भन्दा धेर समयदेखि चिनी नपाएको आरोप लगाएका छन्। ‘पहाडका जनताले पाउनुपर्ने चिनी कहाँ जाँदैछ?’ सुन्दासले प्रश्न गरे। यसबारे राशन डिलरहरूले पनि विभागलाई यसबारे कुरा उठान गर्नुपर्ने माग गरेका छन्। उनले पहाडमा आउनुपर्ने राशन केवल कागजमा मात्रै आउने गरेको आरोप लगाएका छन्। सोहीक्रममा दार्जीलिङ, कालेबुङ अनि खर्साङका निम्ति सन् 2014 मा सरकारले पठाएको मैदा अनि पाम तेल नआएको भन्दै यसबारे कालेबुङ थानामा मुद्दा समेत दर्ता गरे पनि पुलिसले जाँच नगरेको आरोप लगाए।
‘मैले लगाएको मुद्दामा पुलिसले न्यायालयमा जाँच रिपोर्ट नै दर्ता नै गरेन। न्यायालयले पुलिसका जाँच अधिकारीलाई रिपोर्ट मागे पनि जाँच रिपोर्ट भने बुझाएन। जसको कारण यो मुद्दा खारेज भयो’ तारा सुन्दासले भने। ‘न्यायालयमा न्याय पाएन भने गरीब मान्छेले न्याय कहाँबाट पाउँछ?’ सुन्दासले भने। उनले उक्त मुद्दामा पुलिसका जाँच अधिकारीले न्यायालयमा रिपोर्ट नबुझाउनुको कारण राशन डिलरहरूबाट पैसा वसुली गरेको आरोप नै लगाएका छन्।
‘पुलिसले जतिजना सप्लायरहरू छ उनीहरूबाट पैसा खायो’ तारा सुन्दासले पुलिसप्रति आरोप लगाउँदै भने। यदि आफुहरूले लगाएको आरोप झुटो हो भने आफुलाई जाँच गरेर जेल हाल्ने चेतावनी समेत सुन्दासले दिएका छन्। आफुले लगाएको मुद्दामा न्यायालयमा जाँच अधिकारीले रिपोर्ट दर्ता नगरेपछि आफुले उक्त अधिकारीलाई जाँच रिपोर्ट बुझाइदिने अनुरोध गर्दा समेत जाँच अधिकारीले रिपोर्ट दर्ता नगरेको सुन्दासको आरोप रहेको छ।
‘ममता दिदी तपाईँको एउटा पुलिसले सम्पूर्ण तृणमूल सरकारको बदनाम गर्ने कार्य गर्दैछ। मैले लगाएको आरोप गलत हो भने मलाई मुद्दा लगाएर पक्राउ गर। तर, सम्पूर्ण फाँतवारी दिएर पठाउँदा पनि पुलिसले रिपोर्ट नै दर्ता गरेन’ सुन्दासले पुलिस प्रशासनको भुमिकामाथी प्रश्न गर्दै भने। उनले गोर्खाल्याण्ड आन्दोलनको समयमा गोरुबथानमा एउटा घरमा दुई बोरा राशनको चामल र एक बोरा आँटा भेटेपछि पुलिसले पक्राउ गरेर जेलमा बन्द गरेको भन्दै यदि पुलिसले सक्छ भने जनतालाई राशन नदिने ठूला-ठूला व्यापारीहरूलाई पक्राउ गर्नुपर्ने चुनौति पनि सुन्दासले दिएका छन्।
0 Response to "जनतालाई राशन नदिनेहरूविरुद्ध कार्वाही गर्नुपर्ने माकपाको माग"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.