-->
कालेबुङ भित्रिएका मुस्लिम मानिसहरूले भने – ‘हामी भारतीय नागरिक हौँ’... सामाजिक सञ्जालमा यस्तो झुटो खबर फैलाएर अपराध गर्नेहरूलाई प्रशासनले उचित कार्यवाही गर्नुपर्छ-मुस्लिम समुदाय

कालेबुङ भित्रिएका मुस्लिम मानिसहरूले भने – ‘हामी भारतीय नागरिक हौँ’... सामाजिक सञ्जालमा यस्तो झुटो खबर फैलाएर अपराध गर्नेहरूलाई प्रशासनले उचित कार्यवाही गर्नुपर्छ-मुस्लिम समुदाय

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 28 अप्रेल। ‘कालेबुङमा रोहोङ्गिया मुसलमानहरूको प्रवेश’ भनि सोसियल मिडियामा भाइरल बनाएर सर्कुलेट गरिरहेको भिडियोमा देखिएका मुस्लिम समुदायका मानिसहरूले आफुहरू खाँट्टी भारतीय नागरिक हुनको प्रमाण देखाएका छन्। यहाँको ठाकुरबाडी स्थित मस्जिदमा बसेका उक्त मुस्लिम समुदायका मानिसहरूले पत्रकारहरू समक्ष आफुहरू भारतीय हुनुको प्रमाणको पत्र देखाएका हुन्। एकसाथ मोठ 15 जना कालेबुङ भित्रिएका सम्पूर्ण मुस्लिम समुदायका मानिसहरूले आज आफ्ना परिचय पत्रको रूपमा आधार कार्ड देखाउँदै ‘रोहोङ्गिया’ नभएर भारतीय नागरिक हुनुको प्रमाण देखाएका छन्।  

‘हामी भारतीय हौँ। हामीसँग हाम्रो परिचय पत्रको रूपमा आधार कार्ड छ। हामी कोलकोताबाट सिलगडी हुँदै यहाँ आएका हौँ। समय सकिएपछि हामी फेरि फर्कन्छौँ। हामीलाई यस्तो अफवाह फैलिन्छ भन्ने थाह थिएन। यो जुन अफवाह फैलियो अनि फैलाइयो त्यो अत्यन्तै झुटो हो’ कालेबुङ भित्रिएका मुस्लिम समुदायका दललाई नेतृत्व गरिरहेका शेख शेहनशाहले भने। उनले आफुहरू कालेबुङ आउँदा रोहोङ्गिया भनि अफवाह फैलिनु नितान्त झुटो खबर हो भन्दै ‘जमात’को सिलसिलामा आएको स्पष्टिकरण पनि दिएका छन्।

‘हामी जमातको सिलसिलामा एकठाउँदेखि अर्को ठाउँ जाने गर्छौँ। कहिले यो मस्जिद त कहिले अर्को मस्जिद जान्छौँ। भारतका विभिन्न ठाउँहरूमा जान्छौँ। कहिले तीन दिन त कहिले चार दिन यसरी मस्जिदमा बस्छौँ अनि इस्लामिक कल्चरको बिषयमा कुराकानी गर्छौँ। जब आफ्नो समय सकिन्छ तब हामी आफ्ना घर फर्कन्छौँ’ शेख शेहनशाहले पत्रकारहरूसँग बोल्दै भने। उनले उक्त झुटो खबरलाई समाप्त गरेर सत्य उजागर गर्नुपर्ने पनि पत्रकारहरूलाई आह्वान गरे। यसक्रममा उनले आफुलाई गोडिया बनहुगली, सोनापुर थाना, 24 परगनाका बासिन्दा रहेको बताउँदै गुडवाल हाई स्कुलबाट उच्चतर माध्यमिक उतिर्ण गरेर, डिनुकन्डु कलेजबाट ग्र्याज्युट गरेको दाबी गर्दै आफ्नो परिचय उक्त स्कुल अनि कलेजमा समेत पाउने अनि यसबारे कसैले पनि जाँच गर्न सक्ने स्पष्टिकरण पनि दिएका छन्। यसक्रममा उनले आफुहरू मोठ 15 जना कालेबुङ आएको बताउँदै जमात सकेपछि पुन कोलकोता फर्किने पनि जानकारी दिएका छन्। यता पत्रकारहरूले ‘रोहोङ्गिया’-को सम्बन्धमा केही बोल्न चाहन्छौ भनि प्रश्न गर्दा उनले यसबारे बोल्न अस्वीकार गरे। कोलकाताको सोनारपूरमा शिक्षकको रूपमा कार्यरत रहेको बताउने शेख शेहनशाहले कालेबुङ आएको टोलीमा आधाभन्दा धेर भर्खरै मात्र परीक्षा दिएका विद्यार्थीहरू धार्मिक कुरा सिक्न अनि धर्मबारे जानकारी आदान प्रदान गर्न आएको जानकारी गराए।

अर्कोतिर कालेबुङको मुस्लिम सङ्गठन अञ्जुमन इस्लामियाले उक्त भीडियो अनि अफवाहमाथि आपत्ती जनाएको छ। सङ्गठनका मूलसचिव मसुद सुल्तानले पत्रकार सम्मेलनमा बोल्दै अफवाह फैलाउनेमाथी कार्वाही गर्नुपर्ने माग गरेका छन्। ‘भीडियोमा देखाइएका मानिसहरू रोहोङ्गिया भनेर दिइएको खबर सयप्रतिशत झुटो हो। उनीहरू रोहोङ्गिया होइनन्। तर, धार्मिक कार्यलाई लिएर आएका इस्लामिक धर्मावलम्बीहरू हुन्’ अञ्जुमान इस्लामियाका सचिव मसुद सुल्तानले भने। उनले मस्जिदमा इस्लामिक धर्मावलम्बीहरू बाहिरबाट आउने क्रम नौलो होइन भन्दै उनीहरूको भीडियो बनाएर झुटो खबर फैलाउनु उचित होइन भने।

‘सामाजिक सञ्जालमा यस्तो झुटो खबर फैलाउनु एउटा अपराध हो। यस्तो अपराध गर्नेहरूलाई खोजेर प्रशासनले उचित कार्यवाही गर्नुपर्छ’ मसुद सुल्तानले पत्रकारहरूलाई सम्बोधन गर्दै भने। यस्ता भ्रामक कुराहरूले भोलिको दिनमा कुनै घट्ना भए भएको त्यसको जिम्मेवार को हन्छन् भन्ने प्रश्न गर्दै प्रशासनले यसबारे कार्वाही गर्नुपर्ने उनले माग गरे। यसक्रममा उनले इस्लाम धर्मावलम्बीहरूको चाड रमजान नजिक आइरहेको अनि उक्त अवसरमा अझ धेर इस्लाम धर्मावलम्बीहरू देशको विभिन्न स्थानबाट केहिदिनको निम्ति कालेबुङ आउने कुरा तय रहेको बताउँदै यस्ता कुराहरूमा समस्या नहुनका निम्ति प्रशासनले ध्यान दिनुपर्ने उनले माग गरेका छन्।

गोजमुमोले चढायो पुलिस अधिक्षकलाई ज्ञापन  

सोसियल मिडियामा रोहोङ्गिया मुस्लिम कालेबुङ भित्रिएको खबर भाइरल बनेपछि गोजमुमो कालेबुङ जिल्ला समितिले छानबिन गरेको छ। मोर्चा नेता शमसेर अलिको नेतृत्वमा पार्टीका नेतृववर्गले अञ्जुमान इस्लामियासँग मस्जिदमा बसेर जाँच गरेको गोजमुमो कालेबुङ जिल्ला समितिकी सचिव गायत्री मुखियाले जानकारी दिएकी छन्। उक्त घट्नापछि पार्टीले कालेबुङ जिल्ला पुलिस अधिक्षकलाई ज्ञापन चडाएर घट्नाको जाँच गर्नुपर्ने माग गरेको छ। यसबारे सोसियल मिडियामा भाइरल बनेको भिडियो सन्दर्भमा पुलिस प्रशासनले जाँच गरेर सत्यता पत्तो लगाउनुपर्ने माग गरेको गायत्री मुखियाले जानकारी दिएकी छन्। ‘हामीले कालेबुङका जनताको भावनालाई हेरेर प्रशासनसँग यो निवेदन गर्छौँ  कि जो अहिले धार्मिक कार्यका निम्ति आएका छन् उनीहरूको पनि तल्लो तहसम्म जाँच गरिदियोस्। जसको कारण कालेबुङका जनताको मनमा कुनै आघात् नपुगोस्। हामी शान्ति शृङ्खला भङ्ग नहोस् भन्ने चाहन्छौँ भविष्यमा पनि यदि यस्तो आगमनहरूमा पुलिस प्रशासनले ध्यान दिएर उचित छानबिन गरियोस् भन्ने माग गर्दछौँ’ गायत्री मुखियाले भनिन्।

Related Posts

0 Response to "कालेबुङ भित्रिएका मुस्लिम मानिसहरूले भने – ‘हामी भारतीय नागरिक हौँ’... सामाजिक सञ्जालमा यस्तो झुटो खबर फैलाएर अपराध गर्नेहरूलाई प्रशासनले उचित कार्यवाही गर्नुपर्छ-मुस्लिम समुदाय"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.