‘रोहोङ्गिया मुश्लिम’-नाउँको भिडियो भाइरल ...भिडियोमा देखिएकाहरू कोलकोताबाट जमातमा हिँडेकाहरू हुन् - अञुमान ईश्लामिया
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 27 अप्रेल। कालेबुङ शहरमा रोहोङ्गिया मुश्लिमहरूको प्रवेश भएको भिडियो सोसियल मिडियामा भाइरल भएको छ। कालेबुङ पुलिस थानाको ठिक अघि थाना डाँडामा सिलगडीबाट आएको बसबाट समानहरू झार्दै गरेको एकाधिक मुश्लिमहरू उक्त भाइरल बनेको भिडियोमा देखिएको छ। उक्त भाइरल बनेको भिडियो सोसियल मिडियामा सर्वप्रथम कसले अपलोड गरेका हुन् भने समाचार लेखुञ्जेलसम्म स्पष्ट हुन सकेन। भाइरल बनेको भिडियो ‘गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति’ नाम गरेको फेसबुक पेज अनि ‘स्वरुप चाम्लिङ’ (Swaroop Charmling) नाम गरेको व्यक्तिले फेसबुकमा एकै समयमा अपलोड गरेका छन्। अर्थात् समाचार लेखुञ्जेलसम्ममा दुवैले फेसबुकमा अपलोड गरेको 22 घन्टा पुगेको छ। त्यसपछि सोही भिडियोलाई BJYM Darjeeling Distict Committee Group नाम गरेको भारतीय जनता पार्टीको फेसबुकमा पेजमा अप्लोड गरिएको छ।
गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति नाम गरेको फेसबुक पेजमा उक्त भिडियोलाई अप्लोड गरेर ‘गोर्खाल्याण्ड कि रोहिंग्याल्याण्ड ??? राष्ट्रिय सुरक्षासंग खेलवाड’ भनि प्रश्न गरिएको छ। ‘हालैको दिनमा मधेस खण्डबाट भटाभट काँधमा पोका र हातमा भोटर कार्ड अनि आधार कार्ड लिएर हाम्रो पहाडको कालेबुङ्ग जिल्ला अन्तर्गत लाभा, डेलो अनि राष्ट्रिय राजमार्गको छेउछाउ रोहिंग्या मुस्लिम समुदायको व्यापक मात्रमा प्रायः 250 परिवार स्थायीरूपमा बसोबासो गर्न थालेको छ। यसरी एकाएक पहाडमा ममता सरकार द्वारा रोहिंग्यालाई ल्याएर खन्याउनु मा सरकारको गहिरो षडयन्त्र गन्हाउन थालेको छ’ गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति नाम गरेको फेसबुक पेजमा लेखिएको छ। यसका साथै ‘जसरी देशको सर्वोच्च न्यायालयले पनि रोहिंग्याहरू देशको सुरक्षाहेतु खतरा बताए पनि राज्य सरकार ममता भने रोहिंग्याहरूलाई शरण दिने घोषणा गरिसकेको छ भने राज्यको अन्य स्थानमा नभएर पहाडलाई नै किन रोजे।
पहाडी क्षेत्र मात्र होइन तर हालमा जहाँ जहाँ बंगला देशी अनुप्रवेशकारीहरूको बसोबास छ राष्ट्रको सुरक्षाको दृष्टिकोणले ठूलो चुनौती देशको निम्ति पनि खडा भएको छ’ भनि अझ उक्त भिडियो पोस्टसँगै लेखिएको छ। यस अतिरिक्त पनि उक्त पोस्टमा पहाडका भूभाग संवेदनशील रहेको उल्लेख गर्दै गोर्खा जातिको दुर्दशा भुटानी शरणार्थीहरूको भन्दा डरलाग्दो हुनेछ भनि दाबी समेत गरिएको छ।
अर्कोतर्फ, गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति नाम गरेको फेसबुख पेज सँगै अप्लोड गर्ने स्वरूप चामलिङ (Swaroop Charmling) ले भने आफ्नो पोस्टमा ‘यो भिडियोमा कतिसम्म सत्यता छ त्यो थाह छैन’ भन्दै आफ्ना फेसबुख साथीले उक्त भिडियो पठाएको अनि रोहोङ्गियाहरूलाई डेलो क्षेत्रमा बसाइएको भन्दै उनीहरूलाई खेद्नुपर्छ भनि लेखेका छन्। जसलाई मानिसहरूले धेरै मात्रमा सेर गरेका छन्। त्यसपछि भने सोही भिडियोलाई पुन: BJYM Darjeeling Distict Committee Group भन्ने भारतीय जनता पार्टीद्वारा सञ्चालित फेसबुकमा पेजमा अप्लोड गरिएको छ। ‘यसलाई पढ्नका निम्ति केही मिनट समय दिनुहोस् अनि त्यसपछि यो बारे सोन्च्नुहोस्। यदिले अहिलेनै होइन भने यो धेरै ढिलो हुनसक्छ’ भिडियो अप्लोड गर्दा पेजमा लेखिएको छ। त्यसपछि पुन: ‘राष्ट्रिय सुरक्षाको खतरा..., पहाडमा रोहिङ्गियाको चेतावनी, जाग गोर्खा’ भनि भिडियो अप्लोड गर्दा लेखिएको छ।
मुख्य गरेर फेसबुकमा तीनवटा भिन्न भिन्नै तरिकाले अप्लोड भएको भिडियोलाई नै मानिसहरूले एकाधिक सेर गरेर भाइरल बनाएका हुन्। फेसबुकमा भाइरल बनेपछि कालेबुङका पत्रकारहरूलाई बिहानै देखि यसबारे सोधखोज गरिरहेका थिए। यद्यपी भिडियोको सत्यताबारे भने केही जानकारी पाउँन सकिएको थिएन। अन्त्यमा खोजी गर्नेक्रममा उक्त भिडियोमा रोहोङ्गिया मुश्लिम भनि दाबी गरिएको झुटो प्रमणित भएको छ। कालेबुङमा रहेको मुश्लिम सङ्गठन ‘अञ्जुमान ईश्लामिया’ले उक्त भिड्योमा देखिएको मुश्लिमहरू रोहोङ्गिया नरहेको भन्दै कालेबुङ मस्जिदमा आएर बसेका धर्म प्रचारकहरू रहेको दाबी गरेको छ।
‘कालेबुङ थाना अघि खिचिएको भिडियोलाई रोहोङ्गिया मुश्लिम भनि प्रचार गरिएको छ तर, त्यो अत्यन्तै झुटो खबर हो’ अञ्जुमान ईश्लामियाका सचिव मसुद सुल्तानले भने। भिडियोमा देखिएका सम्पूर्ण मुश्लिमहरू कालेबुङको ठाकुरबाडी स्थित मस्जिदमा बसेको दाबी गर्दै उनले उनीहरू आफ्ना धर्म प्रचारको क्रममा कोलकोताबाट आएका भारतीय नागरिकहरू रहेको उनले बताएका छन्। ‘सबैको सम्पूर्ण कागतपत्र हामीसँग सुरक्षित छ। उनीहरू सबै भारतीय नागरिकहरू हुन्। यहाँ रोहोङ्गिया भनेर राजनैतिक रङ दिएर मानिसहरूम त्रास फैलाउने प्रयास गरिएको छ’ मसुद सुल्तानले भने। उनले कुराकानीको क्रममा उक्त भिडियोलाई भाजपासँग संलग्न रहेका सुरज सिन्हाले पहिलोपल्ट अप्लोड गरेको दाबी गर्दै राजनैतिक रङ्ग दिएर मानिसहरूमा त्रास फैलाउनु राम्रो कार्य नरहेको बताएका छन्। ‘जुन मानिसहरूलाई रोहोङ्गिया भनिएको छ त्यो अत्यन्तै निराधार हो’ सुल्तानले अझ भने। उनले हाल 8-10 जना मुश्लिमहरू धर्म प्रचारका निम्ति आएको भन्दै उनीहरू जमात घुमेको भनि जनाए अनि यसरी घुम्ने कार्य वर्षौँदेखि चलेको पनि बताएका छन्। यसबारे आफुहरूले पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिने सोंच बनाएको पनि उनले जानकारी दिएका छन्।
0 Response to "‘रोहोङ्गिया मुश्लिम’-नाउँको भिडियो भाइरल ...भिडियोमा देखिएकाहरू कोलकोताबाट जमातमा हिँडेकाहरू हुन् - अञुमान ईश्लामिया"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.