-->
कालेबुङ जिल्ला अस्पतालमा छैन रेबिसको सुई.......  डिस्ट्रिक्ट रिजर्भ स्टोरमामा नै  रेबिसको सुई छैन – स्वास्थ्य निरिक्षक

कालेबुङ जिल्ला अस्पतालमा छैन रेबिसको सुई....... डिस्ट्रिक्ट रिजर्भ स्टोरमामा नै रेबिसको सुई छैन – स्वास्थ्य निरिक्षक

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 18 अप्रेल।कालेबुङ जिल्ला अस्पतालमा रेबिसको सुई समेत नरहेको खुलासा भएको छ। अहिलेघरी कसैलाई पनि कुकुरले टोकेको खण्डमा तत्काल रेबिसको सुई लगाउन परे जिल्ला अस्पतालले नीजि दवाई दोकानहरूबाट बिरामीहरूलाई नै उल्टा रेबिसको सुई किन्न लगाइरहेको छ। उक्त घट्ना आज खुलासा भएको हो। 
यहाँको बडाभालुखोप निवासी भीमबहादुर राईलाई गाउँमा एउटा कुकुरले टोकेपछि कालेबुङ जिल्ला अस्पतालमा रेबिसको सुई लगाउन आएका थिए। तर, दुर्भाग्यवस कालेबुङ जिल्ला अस्पतालमा गत तीन सप्ताहभन्दा अधिक दिनदेखि एउटैसम्म रेबिसको सुई नभएको कारण बिरामी आफैले नीजि दवाई दोकानहरूबाट सुई किन्न परेको छ। उक्त समस्या कालेबुङ जिल्ला अस्पतालको मात्र नभएर विशेषगरी कालेबुङ जिल्लाभरी रहेका सरकारी प्राथमिक स्वास्थ्य केन्द्रहरूमा समेत रहेको थाह लागेको छ। महत्वपूर्ण जीवन रक्षक औषधीका सूचीमा पर्ने रेबिसको सुई जिल्ला अस्पतालमा गत तीन सप्ताहभन्दा धेर समयदेखि नरहनु चाखको विषयनै रहेको छ। सरकारी अस्पतालबाट मानिसहरूलाई सित्तैमा प्राप्त हुने उक्त रेबिसका सुई बजारका दवाई दोकानहरूबाट किन्न परे न्युनतम  325 रुपियाँ देखि 4 सयसम्म पर्ने गरेको छ। जुन सुई कुकुरले टोकेको खण्डमा बिरामीले कम्तिमा 4 वटा लगाउन पर्नेछ। यता जिल्ला अस्पतालमा रेबिसको सुई नभएपछि बिरामीले बजारका दोकानहरूबाट 12 सय देखि 15 सय रुपियाँ खर्च उठाउन परिरहेको छ। भीमबहादुर राईलाई आज एउटा कुकुरले टोकेर जिल्ला अस्पतालमा आउँदा रेबिसको सुई नपाएपछि यता कालेबुङ जिल्ला अस्पतालमा स्वास्थ्य अधिक्षक अङ्क सिम्लान्दीले जिल्लाभरीका अस्पतालमा यस्ता समस्याहरू रहेको भन्दै तीन सप्ताहदेखि यो समस्या रहेको बताएका छन्।
‘डिस्ट्रिक्ट रिजर्भ स्टोरमा रेबिस भेक्सिनको अभाव भएको कारण अहिलेघरी कालेबुङ अस्पतालमा रेबिसको सुई उपलब्ध हुन सकेको छैन। यो समस्या आज मात्रै भएको होइन। गत तीन सप्ताहदेखि रेबिसको समस्या रहेको छ’ कालेबुङ जिल्ला अस्पतालका स्वास्थ अधिक्षक अङ्कन सिम्लान्दीले भने। उनले यो समस्या कालेबुङ जिल्लामा मात्र नभएर दार्जीलिङ जिल्लाभरीनै समस्या रहेको पनि स्पष्ट पारेका छन्। जसको कारण जिल्ला अस्पताल र खण्ड स्तरीय सबै सरकारी अस्पतालहरूमा रेबिसको सुईको अभाव रहेको बताएका छन्। ‘अस्पतालमा यो समस्या गत महिना पनि भएको थियो। त्यसबेला हामीले पेदोङ अस्पतालबाट ऋण लिएर प्रयोग गरेका थियौँ। पछि डिस्ट्रिक्ट रिजर्भ स्टोरमा नै अभाव भएपछि सुरुमा बिरामीहरूलाई अस्पतालको कोषबाट किनेर पनि दिएका थियौँ। हामीसँग पर्याप्त कोष छैन। जसको कारण हामी सधैँभरी बिरामीलाई किनेर दिन सक्दैनौँ। यसकारण हामीले जिल्ला अधिकारीलाई झट्टै दिने माग गरिसकेका छौँ’ सिम्लाङ्दीले भने। डिस्ट्रिक्ट रिजर्भ स्टोरबाट उक्त रेबिसको सुई मगाउँदा राज्यबाट चाँडै आएपछि सम्भवत: एकसप्ताह पछि पुन: जिल्ला अस्पतालहरूमा उपलब्ध हुनसक्ने उनले बताएका छन्। आफुहरूले अस्पतालबाट जिल्ला रिजर्भ स्टोरमा उक्त रेबिस भ्याक्सिन अघिबाटै आवश्यक रहेको कारण मगाउने कार्य गरेपछि रिजर्भ स्टोरमानै नभएको कारण उपलब्ध हुननसकेको उनले स्पष्ट पारेका छन्।

0 Response to "कालेबुङ जिल्ला अस्पतालमा छैन रेबिसको सुई....... डिस्ट्रिक्ट रिजर्भ स्टोरमामा नै रेबिसको सुई छैन – स्वास्थ्य निरिक्षक"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.