पुलिसी अत्याचारले सिमा नाघेको राष्ट्रिय महिला आयोगको दाबी .....आपतकालको समयमा पनि यस्तो अवस्था थियो भन्ने लाग्दैन – रेखा शर्मा

‘पहाडमा भएको 105 दिनको बन्दमा अत्याधिक पुलिसी अत्याचार भएको मेरोमा एकाधिक अभियोग आएको थियो। जसको आधारमा म यहाँ जाँच गर्न आएकी हुँ। तीन दिनदेखी मैले पहाडमा बन्द अवधी भएको अत्याचारबारे जाँच गरिरहेको छु। यसक्रममा धेरै नारीहरूले अत्याचार भएको गुनासो दर्ता गरेकी छन्। म समक्ष जति गुनासो आएको थियो त्यसभन्द कैयौँ बेसी बन्द अवधी अत्याचार भएको मैले जाँचको क्रममा पाएँ’ राष्ट्रिय महिला आयोगकी अध्यक्षा रेखा शर्माले भनिन्।
‘मलाई दार्जीलिङ आईसीले एक महिलालाई फोनमा गरेको दुर्व्यवहारको पनि अभियोग प्राप्त भएको थियो। यसका साथै जेलमा महिलाहरू बन्दी छन् भन्ने पनि जानकारी पाएको थिएँ। ती सबै मुद्दाहरूको जाँच गर्न यहाँ आएकी हुँ’ अध्यक्षा रेखा शर्माले अझ भनिन्।
‘मलाई यो स्वतन्त्र भारत नै हो भन्ने लागेन। मलाई यो भारतकै एउटा भाग हो भन्ने पनि लागेन। मलाई पुलिस जनताको सहयोगका निम्ति हुन्छन् भन्ने पनि लागेन। यहाँ आएर जाँच गर्दा एउटा अलग्गै नजरा देख्न र जान्न पाएँ’ राष्ट्रिय महिला आयोगकी अध्यक्षा निकै भावुक हुँदै भनिन्।
‘पुलिसले एक एजेन्टको रूपमा काम गर्दैछन् अनि उनीहरूले कहीँ सत्तापक्षबाट आदेश पाइरहेका छन्। त्यहीँ आदेशको आधारमा पुलिसले काम गरिरहेका छन्’ उनले पुलिसी अत्याचारले पराकाष्ट नाघेको बताउँदै भनिन्। उक्त घट्नाहरू देखेर धेरै दुखी भएको भन्दै आफुले दार्जीलिङ पुलिस अधिक्षकलाई पदभार ग्रहण गर्दा के कसम खाएका थियौँ भनि प्रश्न समेत गरेको बताइन्। उक्त प्रश्नको उत्तरमा दार्जीलिङ पुलिस अधिक्षकले जनताको सेवा गर्ने कसम खाएको छु भनि बताएको भन्दै यहाँ नारीहरू माथि भइरहेको अत्याचार के पुलिसको सेवा हो भनि प्रश्न गर्दा पुलिस अधिक्षकले कुनै जवाब दिन नसकेको उनले बताइन्। यसक्रममा दार्जीलिङ जिल्लापालले आफुसँग भेट्न नचाहेको सन्दर्भमा ट्विट गरेपछि आखिरमा भेट्न आएको भन्दै जिल्लापालले समेत सन्तोषजनक प्रश्नको उत्तर दिन नसकेको प्रस्ट पारिन्।

‘यहाँ यतिबिघ्न नारीहरू छन् जसको सानो नानी हुँदा समेत नानीसँगै जेलमा राखियो। वृद्धहरू थिए जसको आफ्ना छोराको मृत्यु भइसकेका छन् उनीहरूमा पनि जेलमा बन्द गरियो। नारीहरू जसले कुटाई खाए उनीहरूलाई अस्पतालमा हेर्ने समेत थिएन। अश्रु ग्यास हमला हुँदा आँखाको ज्योति हराउने नारीहरूले स्वास्थ्य सुविधा पाएनन्। यस्ता अनेकौँ अत्याचार भएको प्रत्यक्ष उदाहरण प्राप्त भएको छ’ शर्माले भनिन्।
उनले कालेबुङमा पनि एकाधिक अभियोग पत्र प्राप्त गरेको जानकारी दिँदै अहिलेसम्म पुलिसको कारण घरमा मानिसहरू स्वतन्त्ररूपले फर्किएर आउन नसकेको बताइन्। आफुले जेलमा गएर हेर्दा एउटै व्यक्ति माथि 47 वटा सम्म पुलिसले मुद्दा लगाइएको पाएको भन्दै उनीहरूले आफ्नो जीवनभरी मुद्दा धाउन पर्ने स्थिति रहेको बताइन्।

‘जेलमा एउटा सानो नानीसँगै राखेको आमालाई आर्म्स एक्टमा बन्द गरेका छन्। जसले अहिलेको खाना खएर बेलुकी के खाउँ भन्ने जोगाड गर्न सक्दैन त्यस्ता महिलाले कसरी आर्म्स राख्न सक्छन्? यो पुलिसले धेरै बेसी गरेको अत्याचार हो’ रेखा शर्माले भनिन्। ‘यसबारे सम्पूर्ण रिपोर्ट केन्द्र सरकारलाई बुझाउनेछु, साथ-साथै भारतका राष्ट्रपतिलाई समेत यो रिपोर्ट सुम्पनेछु’उनले थप भनिन्। राज्य सरकारले कार्वाही गर्ने आशा नरहेको कारण नै आफुले केन्द्र अनि राष्ट्रपतिलाई रिपोर्ट सुम्पने भएको पनि उनले स्पष्ट पारेकी छन्।
‘मुख्यमन्त्री आफै एक महिला हुन्। यदि उनले आएर यी सबै अभियोग दर्ता गर्नेहरूसँग भेट गरेर वास्तविक्ता बुझे उनको पनि सायद मन पग्लिनेछन्। यदि उनले साँचो मनले महिलाहरूको पिँडा सुने केन्द्रले कार्वाही गर्नुपर्छ जस्तो मलाई लाग्दैन। किन भने उनले आफै कार्वाही गर्नेछन्। यसकारण मुख्यमन्त्रीलाई अपिल गर्छु कि उनले एकचोटी आएर यी पिँडीत महिलाहरूको समस्या सुनुन् अनि कार्वाही गरून्’ राष्ट्रिय महिला आयोगकी अध्यक्षाले स्पष्ट भनिन्।
‘एकजना पुलिस अधिकारीले एउटा महिलालाई बलात्कार गर्ने धम्कि दिन्छन् अनि उनलाई मुख्यमन्त्रीले कुनै कार्वाही समेत गर्दैनन्। यदि त्यो सबै पुलिसले आफै गरेका हुन् भने मुख्यमन्त्री ममता ज्युले कार्वाही गर्नुपर्ने हो। यदि कार्वाही गर्दैनन् भने उनलाई यो घट्ना कसरी हुँदैछ भन्ने जानकारी छ’ रेखा शर्माले भनिन्।

अर्कोतर्फ पहाडमा चलेको 105 दिनको बन्द अवधी पुलिसी अत्याचार भएको भन्दै यति लामो समय पछि जाँच गर्न किन आउनुभयो भनि प्रश्न गर्दा उनले अहिले पनि आफुलाई राज्यले सहयोग नगरेर आउन नदिएको आरोप लगाइन्। ‘मलाई आज पनि आउन दिएको थिएन। मलाई अहिलेपनि त्यहाँ कुनै सहयोग पाउनेछैन भनेर जाने स्वीकृती दिएको थिएन। त्यसपछि मैले चिफ सेक्रेटेरी अनि डिजीलाई पत्र लेखेर यहाँ केही भएको खण्डमा राज्य सरकार जिम्मेवार हुन्छ भन्न पर्यो। अहिले त यस्तो अवस्था छ भने त्यसबेला मलाई आउन दिनेथियो?’ शर्माले उल्टै प्रश्न गरिन्।
पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा हालमा पहाडमा आफ्नो भ्रमण अवधी विरोध भइरहेकोबारे प्रश्न गर्दा उनले सोझै ‘यो राजनैतिक प्रेरित कार्य हो। विरोधका निम्ति निस्कनेहरूले जुन प्ला कार्ड बोकेका थिए त्यहाँ ह्युमेन राइट लेखेका थिए। बिचराहरूलाई मानव अधिकार आयोगका मानिस आएका हुन् वा महिला आयोग त्यो समेत थाह छैन। त्यो उनीहरूलाई प्लाकार्ड बनाएर विरोधमा जोड जब्बरस्ती उभ्याइएको हो। केवल प्रयोग मात्र गरिएको हो’ शर्माले भनिन्। यसक्रममा आफु दार्जीलिङमा हुँदा त्यसरी विरोधका निम्ति उभिने एक महिलाले आफुसँग समस्या बताएर रोएकी भन्दै उनीहरूलाई केवल प्रयोग गरेको बताइन्।
उनले आफ्नो सम्बोधनको क्रममा अत्याचारको शिकार भएके नारीहरूलाई पूर्णरूपले न्याय दिलाउनका निम्ति प्रयास गर्ने आश्वाश्वन दिँदै पिँडीतालाई न्याय दिलाउने पहिलो जिम्मा राज्यको हो भनिन्। यदि राज्यले न्याय नदिए आफु राष्ट्रपति समक्ष पुगेर न्यायको माग गर्ने स्पष्ट पारिन्।
नारी मोर्चाले गरे विरोध प्रदर्शन
कालेबुङ 17 अप्रेल। तीनदिवसीय पहाड भ्रमणमा आएकी राष्ट्रिय महिला आयोगकी अध्यक्षा रेखा शर्मालाई आज कालेबुङमा पनि विरोध जनाउने कार्य भएको छ। 105 दिन लामो पहाड बन्द अवधी यहाँ भएका अत्याचारबारे बुझ्न नआउने महिला आयोगकी अध्यक्ष अहिले शान्त वातावरणलाई बिगार्न पहाड आएको भन्दै गोजमुमो नारीमोर्चाका सदस्यहरूले कालो प्लाकार्डहरू बोकेर विरोध प्रदर्शन गरेको थियो।
नारी मोर्चा प्रभारी श्रीमती कल्पना तामाङको नेतृत्वमा नारी मोर्चाका सदस्यहरूले यहाँको थाना डाँडामा विरोध प्रदर्शन गरेको थियो। उनीहरूले महिला आयोगकी अध्यक्ष रेखा शर्मा कालेबुङ शहर भित्रिने क्रममा विरोध प्रदर्शन गर्नलाई थाना डाँडामा प्लाकार्डहरू बोकेर उभिए पनि महिला आयोगकी अध्यक्ष भने उक्त विरोधकी सम्मुखिन हुन परेनन्। किनभने महिला आयोगकी अध्यक्ष वैकल्पिक बाटो भएर आफ्नो गन्तव्य स्थलमा पुगेको कारण प्रदर्शनकारीहरूले महिला आयोगकी अध्यक्षलाई नै प्लाकार्डहरू देखाउन विरोध गर्ने मौका पाएनन्।
यता उक्त विरोध प्रदर्शन गर्नुको कारणबारे गोजमुमो नारी मोर्चा प्रभारी कल्पना तामाङले 105 दिने बन्दको अवधी आउनुको साटो अहिले शान्त वातावरण बिगार्नलाई महिला आयोग आएको कारण विरोध गरेको स्पष्ट पारिन्। ‘हामीलाई जतिबेला अत्याचार भइरहेको थियो त्यसबेला उनीहरू कहाँ थिए? आज किन शान्त वातावरण बिगार्न आउँदैछ?’ कल्पना तामाङले प्रश्न गरिन्।

0 Response to "पुलिसी अत्याचारले सिमा नाघेको राष्ट्रिय महिला आयोगको दाबी .....आपतकालको समयमा पनि यस्तो अवस्था थियो भन्ने लाग्दैन – रेखा शर्मा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.