-->
विषाक्त च्याउ खाँदा 5 जनाको मृत्यु 2 जनाको अवस्था गम्भीर

विषाक्त च्याउ खाँदा 5 जनाको मृत्यु 2 जनाको अवस्था गम्भीर

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ24 अप्रेल। विषाक्त च्याउ खाँदा दुई परिवारका 5 जनाको मृत्यु भएको छ भने दुईजनाको अवस्था चिन्ताजनक रहेको छ। उक्त घट्ना कालेबुङ जिल्ला अधिनस्थ सामसिङ फरेष्ट बस्तीमा भएको हो। प्राप्त जानकारी अनुसार विषाक्त च्याउ खाँदा श्याम कुमार राई (68) उनको पत्नी आशमाया राई (61) नवी भुजेल (60)उनको पत्नी शिला भुजेल (58)अनि छोरा मन्दिप भुजेल (19) को मृत्यु भएको छ। यता च्याउ खानेहरूमध्ये मृत श्याम कुमार राईका दुई छोराहरू चेतन राई(28) अनि अमित राई (19) हालमा सिलगडीको आनन्दलोक अस्पतालमा उपचाराधिन रहेका छन्। उपचाराधिन दुई मध्ये एकजनाको स्वास्थ्यमा केही सुधार आएको छ भने अर्को एकजना निक्कै गम्भीर रहेको थाह लागेको छ।
‘गाउँमा पिउँने पानीको समस्या छ। पिउने पानीको स्रोत टाडा छन्। पिउने पानी बिग्रेपछि बनाउँन दुई घरमा छोराहरू जाँदा च्याउअ भेटेछन्। त्यहीँ च्याउ ल्याएर खाँदा दुईवै परिवारको अवस्था आज यो भएको हो’ स्थानीय गाउँवासी मिलन भुजेलले जानकारी गराए। उनले यसबारे गाउँका मानिसहरू कसैलाई थाह नभएको तर पछि उनीहरू बिरामी भएपछि मात्र घट्नाबारे पत्तो लागेको पनि उनले बताएका छन्। जङ्गलमा भेटेका च्याउ खाएर बिरामी भएपछि बिहिबारका दिन उनीहरूलाई मालबजार अस्पताल लगिएको थियो जहाँ अवस्था गम्भीर देखेपछि सोझै उत्तरबङ्गाल मेडिकल कलेज एवम् अस्पताल रेफर गरिएको थियो। सिलगडी लगिरहेको समयमा नै बाटोमानै सर्वप्रथम श्याम राईको मृत्यु भयो भने उनकी पत्नी आशमाया राईको पनि सोही दिन बेलुकी मृत्यु भएको थियो। मृत्यु भएपछि पोष्टमार्टम नगरि श्याम कुमार राई अनि उनकी पत्नीलाई दफन गरिएको थियो। अप्राकृतिक मृत्यु भएको कारण उनीहरूको पोष्टमार्टम गर्नै पर्ने भएकाले सोमबार उनीहरूको शवलाई पुन: खनेर निकालेर कालेबुङ अस्पताल ल्याइएको थियो। यद्यपि फोरेन्सिक जाँच गर्नुपर्ने भएकाले आज उक्त दुवैवटा शवलाई नर्थ बेङ्गल मेडिकल कलेज पठाइएको छ।
घटनालाई लिएर यता कालेबुङ जिल्ला अस्पतालका स्वास्थ्य निरिक्षक अङ्कन सिमलाङदीले जानकारी दिँदै कानूनी रूपमा पोष्टमार्टम गर्नैपर्ने भएकाले श्याम कुमार राई अनि आसमाया राईको शव निकालेर कालेबुङ ल्याइएपछि पुन: सिलगडी पठाइएको बताएका छन्।
अर्कोतिर घटनालाई लिएर जीटीए बोर्डअफ एडमिनिष्ट्रेसन अध्यक्ष विनय तामाङको निर्देशमा विपदमा परेका परिवारहरूलाई सहयोग गर्न आफूहरू लागिपरेको गोजमुमो कालेबुङ जिल्ला समिति मूलसचिव गायत्री मुखियाले बताएकी छन्। शवलाई लिएर सामसिङ प्रस्थान गर्नअघि उनले उपचाराधिन बिरामीहरूको निम्ति आर्थिक सहयोग गर्न पहल गरिरहेको पनि जानकारी दिएकी छन्।

Related Posts

0 Response to "विषाक्त च्याउ खाँदा 5 जनाको मृत्यु 2 जनाको अवस्था गम्भीर"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.