-->
डा. इन्द्रबहादुर राईको निधनमा नेपाली साहित्य जगत स्तब्ध

डा. इन्द्रबहादुर राईको निधनमा नेपाली साहित्य जगत स्तब्ध

डी.के. वाइबा, कालेबुङ 7 मार्च भारतेली नेपाली साहित्यका अभिभावक नै मानिने डा. इन्द्रबहादुर राईको निधनपछि सम्पूर्ण नेपाली साहित्य जगत स्तब्ध बनेको छ। उनको मृत्युले मर्माहत् बनेको नेपाली साहित्य जमातले अहिले केवल श्रद्धाञ्जली मात्र भन्न सकिरहेको छ।

उनको मृत्युपछि कालेबुङको नेपाली साहित्य अध्ययन समिति, कालेबुङ प्रेस क्लबले गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। 
सुधीर छेत्री 
नेपाली साहित्य अध्ययन समितिका सचिव बलभद्र शर्माले डा. इन्द्रबहादुर राईको मृत्युले नेपाली साहित्य जगतमा ठूलो खाडल परेको भन्दै समितिको पक्षबाट शोक प्रकट गरेका छन्। यता कालेबुङ प्रेस क्लबका सचिव अरुण कुमार राईले पनि डा. राईको निधनमा शोक प्रकट गर्दै भारतीय नेपाली साहित्यमा एउटा ठूलो क्षति भएको बताएका छन्। यसक्रममा डा. राईको निधनप्रति गरेका टिप्पणीहरूलाई यहाँ प्रस्तुत गरिएको छ। -
सुधीर छेत्री (कवि)  
‘नेपाली साहित्यका मूर्ध्यन्य अग्रज साहित्यकार डा. इन्द्रबहादुर राईको मृत्युले हामी मर्माहत् बनेका छौँ। उहाँको मृत्य अपुरणीय क्षति हो। नेपाली साहित्यमा हामी उहाँलाई अभिभावकका रूपमा ठान्थ्यौँ। उहाँलाई नेपाली साहित्यमा आयामेली लेखनका प्रवर्तक, लिला लेखनका प्रवर्तकका रूपमा नेपाली साहित्यले हेर्छ। त्यसभन्दा अघि प्रकाशित ‘बिपना कतिपय’ कथासङ्ग्रह बारम्बार पडीरहन पर्ने अनि नेपाली कथा लेख्न चाहने कुनै पनि कथाकारका निम्ति एउटा शब्दकोषनै जस्तो, आज रमिता छ को सौन्दर्य आजसम्म भेट्न सकेको छैन। त्यसपछाडी पूर्विय र पाश्चत्य साहित्य सिद्धान्तहरूको समन्वय गर्ने प्रयत्न गर्नुभयो। 
डा. हर्कबहादुर छेत्री
त्यसमा लिला लेखनलाई नेपालमा लगिन्दा उताबाट धेरै आलोचना बेहोर्नुपर्ने भएको देख्यौँ। यता भारतमा पनि  लिला लेखन सम्बन्धि कति कटु कुराहरू भए। तर उनको प्रयास के थियो भने पूर्विय र पाश्चत्य दर्शनको समन्वय थियो भन्ने हामीलाई लाग्छ। उहाँले धेरैवटा कुराहरू भावी पिँढीले गर्नुपर्छ भन्ने जिम्मेवारी छाडेर जानुभयो। सैकडौँ जिम्मेवारीहरू मध्ये एउटै पनि हामी गर्नसक्ने अभिज्ञता हामीमा छ के? भन्ने प्रश्न छ। उहाँक़ो रिक्त स्थान कद्दापी भरिने छैन। नेपाली साहित्यको एउटा अक्षरसम्म  जबसम्म जिउँदो रहनेछ तबसम्म डा. इन्द्रबहादुर राई जिउँदो रहनेछ।’
डा. हर्कबहादुर छेत्री (लेखक / नेता)  
उमेश उपमा
‘समालोचक र स्रष्टा दुईवटा एउटैमा सम्मिलित् व्यक्ति नेपाली संसारमा खोज्न परे सायद इन्द्रबहादुर राईको दोस्रो हुने व्यक्ति पनि कोही भेटिन्दैन। दुर्भाग्यवस उनी हाम्रा भाषामा परे तर, अङ्ग्रेजी भाषाका भए साहित्यको नोभेल पुरस्कारका निम्ति उपयुक्त व्यक्ति हुन् इन्द्रबहादुर राई। त्यति महान् व्यक्ति हुन्। नेपालीहरूको दार्शनिक स्तरमा चिन्तन गर्न सक्ने व्यक्ति भने इन्द्रबहादुर राई मात्रै हो। अर्को कोही खोज भन्यो भने हाम्रो जत्तिनै सलिड देखिने मान्छेहरू पनि सानो यथार्थको धरातालमा झार्‍यो भने ऐनाजस्तै झाराप-झुरुप फुट्नेछन्। पुरस्कारले सम्मानित हुने होइन तर पुरस्कारहरू सम्मानित भयो डा. इन्द्रबहादुर राईको हातमा परेर। अब उनका कृतीहरू पडौँ अनि उनले देखाएको बाटोमा हिँड्न सक्यौँ भने त्यो नै उनलाई साँचो श्रद्धाञ्जली हुनेछ।’
उमेश उपमा (प्रकाशक)
‘हामीले उहाँको सम्भवत: अन्तिम कृती ‘सम्पूरक’ प्रकाशित गर्ने अवसर पायौँ। त्यसबेला उहाँले अर्को कृती पनि दिनेछु भनेका थिए। आज उहाँ वितेर गएको खबरले मन खिन्न बनिरहेको छ। नेपाली साहित्यको निम्ति यो अत्यन्तै दुखद खबर हो। त्यसबेला उहाँले मान्छेको जीवन साह्रै कम्ति भयो भनेका थिए। कम उमेरमा धेरै काम गर्नुपर्छ भन्दै अझै गर्न बाँकी रहेका कार्यहरूबारे सोंचीरहेका थिए। आज धेरैवटा कामहरू उनले अपुरौ छोडेर गएका छन्। यतिबेला श्रद्धाञ्जली अर्पण गर्न बाहेक कुनै शब्दनै बाँकी छैन।’

0 Response to "डा. इन्द्रबहादुर राईको निधनमा नेपाली साहित्य जगत स्तब्ध"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.