
के यो साँच्चै माया पाउने चमत्कार हो? : कथा
मानिसहरु चमत्कारले प्रभावित हुन्छन अनि यस्ता चमत्कार हेर्न रुचाँउछन पनि। जस्तोसुकै प्रकारको चमत्कार किन नहोस तर चमत्कारको पछि नलाग्ने व्यक्तिहरु थोरै मात्रै पाइएला।
जादु नामको यस्तै चमत्कारले त मानिस झन बडी प्रभावित हुन्छ। यस्तै एउटा जादुलाई ब्ल्याक म्याजिक भनिन्छ। आज पनि मानिसहरु ब्ल्याक म्याजिक गर्छ्न भन्ने कुरामा थोरैले मात्रै विश्वास गर्छन।
म यस वैज्ञानिक र इलेक्ट्रोनिक युगमै जन्म लिएको एक युवक भएको कारण अन्धविश्वास र ब्ल्याक म्याजिकमा ठ्याम्मै विश्वास नगर्ने व्यक्ति हुँ। तर एउटा घटनाले मेरो विचारनै बदली गरिदियो | म ब्ल्याक म्याजिकमा विश्वास नगर्ने व्यक्तिलाई मेरै आँखाको अघि भएको एक सत्य घटनाको कारण यसमा विश्वास गर्नै वाध्यता ममा आइपर्योत। यसको अर्थ म यसद्वारा प्रभावित भएर यसको भक्त भएकोछु भन्ने चाँहि कदाचित होइन। तर यसले मानिसलाई कसरी प्रभावित पार्दो रहेछ त्यो जानेर म आफै चकित भएको छु।
लौ सुन्नुहोस त्यो घटना। कुरा केही वर्ष अघिको हो तर त्यति पुरानो पनि होइन भर्खर भर्खरकै कुरा म गरिरहेछु।
हिमा हाम्रो पुरूष प्रधान गाँउमा हुर्केकी बडेकी चेली अनि विवाहित नारी। घरमा पूरुषको अकर्मण्यता अल्छेपना र पुरूष हैकमवादको शिकार भएकी एक छोरीकी आमा। लोग्ने त केवल संतान जन्माइदिएर आफ्नो पौरूषत्वमा घमण्ड गर्ने तर स्त्रीलाई मनोरंजन मात्र ठान्ने। मेरो दृष्टिकोणमा आफ्नो कर्तव्यवोधहिनताको कमीले आफै आफैलाई धरतीको बोझ बनाइराख्ने उ केवल एउटा जीउँदो लाश सिवाय केही होइन। आफ्नो नभएपनि आफ्नो कोखको संतानलाई सुख दिने, भविष्य उज्जवलमय बनाउने सपना सजाएर मात्रै के गर्नु यो त धेरैको निम्ति केवल कोरा सपना मात्रै हो । हाम्रो आफ्नै गाँउ बजारबाट कति कति पडे लेखेका भाई बहिनीहरु रोजगारको कम अवसरको कारणले नेताहरुको पछि झिंगा धपाँउदै जहिले तहिले झण्डा मात्रै समातेर हिड्नु र उनीहरुको कठपुतलि बन्नु पर्ने वाध्यतादेखि वाक्कै भएर विदेशिएको देख्दा मनै खिन्न भएर आँउछ।
हो हिमालाई पनि अरु जस्तै कम पडेकाहरु अनि कतैबाट पैसा जोहो गरेर नठगिइकन राम्रो काम गरेर घरबार बनाइ आफ्नो अनि परिवारको आर्थिकसंगै अन्य उन्नति गर्ने जोश नआएको होइन तर आर्थिक विपन्नताले आँटै गर्न नसक्ने विकट अवस्थामा थिइन तिनी। जस्तो कि निको नहुने रोग लागे पनि धन हुनेहरुको निम्ति उपचार सम्भव छ अझ केहि दिन भएपनि आयु लम्बाउन सम्भव छ तर धन नहुनेहरुको निम्ति मृत्यु कुरेर बस्नु बाहेक अरु कुनै उपाय नै छैन।
शिक्षा कम भएकोले बल्ल बल्ल खोज खाज भन भान गरेर हिमा एक दुई परिवारको घरमा सानो तिनो काम सघाउने व्यवसाय गरेर जीवन धान्दै थिइन। यसैबीच हिमा एक राम्रो घरमा काम गर्न पुगिन । तिनको शिल स्वभाव इमान्दारीपनाले तिनले त्यो घरको छोरीकै व्यवहार पाउन थालिन। प्राय दुइ वर्ष त्यँहा काम गरेपछि तिनले एक दिन मुखै फोरेर ऋण पाए बाहिर बिदेशमा केही वर्ष काम गरेर आउने इच्छा भएको कुरो त्यस परिवारसंग जनाइन। परिवारले यस कुरोमा ऋण मात्रै दिने होइन तर छोरी चेलीले यसरी नै उन्नति गर्नु पर्ने कुरोमा जोड दिदै हिमाको छोरीलाई उनीहरुकै घरमा राखेर पडाइदिने पनि थप जनाँउदा हिमाको हर्षको सिमानै रहेन। हिमाले अर्की एकलाई त्यस घरमा काम सघाउन आफ्नो जिम्मा लगाइदिइन।
साँच्चै एउटा भरपर्दो म्यान पावर एजेंसीसंगको कुराकानी मिलेपछि अनि पासपोर्ट भिसा समयभित्र नै तैयारी भएपछि हिमा हाउस किपिङको निम्ति विदेश आउने पक्का भयो। नानी पनि त्यस परिवारसंग झ्याम्मीएकोले त्यस परिवारसंग छोडेर आउनु उसलाई असजिलो भएन। अनि हिमा यसरी विदेश भासिइन। हिमा यता विदेशिएको पनि एक वर्ष बितेछ । एक्दिन मसंग अचानक तिनको भेट एउटा शपिङ मलमा अप्रत्याशित ढंगमा भएको थियो । म पनि पैसानै कमाउन बिदेशिएको एक वर्ष नै भयो कहिले काँहि आफ्नै दाज्यु भाईलाई विदेशमा देख्दा र भेट्दा खुशि लाग्थ्यो अनि बोँलु बोँलु लाग्थ्यो, कोही बोली हाल्थे, कोही केवल मुस्कुराँउथे, कोही हत्तारले हो या केले मुस्कुराहटको उत्तर पनि दिदैँनथे। अनि मेरो पनि थरिथरिको प्रतिक्रिया हुन्थ्यो।
तिन आइतवार भयो त्यँही मलमा मैले तिनलाई निस्कँदै गर्दा भेटेको। दुवै केवल मुस्कुरायौँ मात्र अरुहरुलाई देखेझैँ। आज चौथो आइतवार तर उसलाई भेटिएन।
कतै आउँछे कि भन्ने ठान्दै अझै केही पर्खेर बसे तर उ आइन। अझै एक घण्टा कुरेँ तर अत्तो पत्तो छैन।
उ मेरो को हो र? किन म कुर्दै छु? केले मलाई तान्दैछ? मलाई थाहा छैन। तर कता कता मुटुमा घोँचे जस्तो लाग्यो मन दुखे जस्तो लाग्यो। के के नमिलेको जस्तो लाग्यो, के के नपाएको जस्तो फिका फिका, केही हराए जस्तो। तर किन मलाई त्यस्तो भान भयो म आफैले पनि बुझ्न सकिन।
खिन्न मन लिएर घर आँए, रातभरि मनमा कुरा खेलिरहयो आफैलाई सांतवना दिए केही कारण पर्यो होला, बिमार पर्यो होला, खेल खतम त भै हालेको छैन नि त्यस्ता आइतवार अझै कति छन कति मनलाई बुझाँउन लागेँ।
थाहै नपाइ म उ सित त्यसै त्यसै आकर्षित भैसकेको कुरो मलाई आज पो स्पष्ट हुँदैछ, भनौ मनमन मे प्यार पो भएछ जस्तो लाग्यो। आफैलाई सम्झाएँ- चिन्नु न जान्नु घचेटी मांग्नु। को हो, के हो, केही थाहा छैन फेरि किन म आकर्षित हुनु ? मनलाई सम्झाएर अरुनै कुरामा ध्यान लगाउने कोशिष गरेँ। क्यै लागेन मन काबुमा आएन। अलिकति मन भुलाउने चापेर सुतेँ ।
फेरि अर्को हप्ताको आइतवार आँउदैछ । यसपालि त भेट्नेनै हो यही सोँच्दै अर्को पालिको निम्ति शपिङ मलमा किन्नु पर्ने कुराको लिस्ट बनाए यस्तो लिस्ट बनाए कि मलको सबै भागमा पुग्नु परोस ताकि उसलाई मैले जहीँ आए पनि भेट्न सँकू। म एक घण्टा अघिनै पुग्नेछु यस्तै योजना बनाए।
बल्ल आइपुग्यो त्यो प्रतिक्षाको आइतवार। सँधैभन्दा आज एक घण्टा अघिनै मल आइपुगेँ अनि शपिङ गर्न लागे शपिङ भन्दा ज्यादा मेरो ध्यान म जस्तै ग्राहकहरुमाथि थियो। उ त्यो त होइन? उ परबाट आउने पो होला- होइन होइन, उ त्यो पो जस्तो छ यस्तै गेस वर्कको क्रम जारी थियो। कत्ति चोटि झुक्किएँ पनि। तर कुनै हालतमा आज चाँही मिस नगर्न आँखै पोल्ने गरि म उसलाई कुर्न लाग़ेँ।
भन्दा नभन्दै कोही एक जना स्त्रीसंग उ मल भित्र पस्दै गरेको देखेपछि मेरो खुशिको ठेगानै रहेन। आँखा धपक्क बल्यो। ये...स... भनेर मन मनै चिच्याँए तर त्यो अर्को स्त्री साथी देख्दा यो कोफ्तामे काँडालाई सम्झेर रिस पनि उठ्यो तर भित्र पस्दा पस्दै त्यो अर्को स्त्री छुट्टिएर अर्कोतिर पस्दा ढुक्कै, सुपर ढुक्कै भएँ।
मलाई देखेर पहिलेबाटै परिचित जस्तो उ पनि मज्जाले मुस्कुराइन अनि मलाई बोल्ने मौका नै नदिइकन प्वाक्कै बोलिन, "तपाई कसैलाई पर्खिरहनु भएको जस्तो लाग्यो, हो?" म पो नर्वस भएँ, अत्तालिएर "हो हो, ए होइन होइन" भन्दै गर्दा म त रा....तो भएछु ,, उ खितितिति हाँसि अनि भनिन "मलाई थाहा छ।"
मत झन अवाक भएँ कसरी उसलाई मेरो मनको कुरो कसरी थाहा छ, भयो? होइन म सोध्छु नै। त्यसपछि मैले आँटै गरेर भने "वास्तवमा म शपिङ गर्न आएको हुँ गाँउ ठाँउको मांछे देख्दा कस्तो खुशी लाग्दो रहेछ नि यो विदेशमा। तर तपाई आफै, मलाई देखेर, भेटेर अनि बोलेको कारण मेरो खुशीको सिमा नै रहेन नि। जे होस हाम्रो बोलचाल शुरु भैहाल्यो चिनाजाना नभैकन नै। अब म तपाईसंग बातचित गर्न चाहन्छु भन्ने आँट गर्दैछु, अफ्ठ्यारो मान्नु हुन्न भने उ परको केफेमा जाउँन यदि तपाईको समय छ भने, तर म जबर्जस्ती गर्दिन।
उसले लामो जिब्रो निकाल्दै भनिन "ला!! मैले के गरेँ नि यस्तो, म अलिक बाट्ठी भए क्या हो? तर क्यै बात छैन, ठिकै छ, जाँउ न, वास्तवमा आज सबैको जस्तो मेरो पनि आउटिङ हो र यो मलमा केहि किन्न आएकी हुँ।"
उसले अजै भनि, "तर म नेपाली हो भनेर तपाईले कसरी चिन्नु भयो र बोल्ने आँट गर्नु भयो? अनि अस्तिदेखि म याद गर्दैछु तपाई मसंग गाँउमै भेटे जस्तो मुस्कुराइ रहनु भएकोछ। अनि मैले पनि तपाईलाई उतै कतै देखिरहेको जस्तो लाग्दैछ।" उसले भटाभट प्रश्नको वर्षा बर्साइ तर मेरो उत्तरको चासो पनि साह्रै राखिन।
परिचय साटासाट नगरिकनै उसले यती लामो बोलीरहि। हाम्रो बातको क्रम यसरी अघि बड्यो। केफे पुग्न अघि मैले मेरो परिचय दिए : "नाम मेरो प्रविण .. " प्रविण के नी?" उसले सोधी.. मैले उत्तर दिए "दाहाल" "तिमी त टिचर हौ क्या हो? ।" एक्कासी मुखबाट यस्तै शब्द फुत्कियो। तपाईदेखि यति छिट्टो तिमीमा झरेर बोल्दा मलाई अप्ठ्यारो लागेर भनेँ "सरी सरी, तपाई टिचर गर्नु हुन्थ्यो क्या?" उनले भनिन, "होइन त्यस्तो भाग्य कहाँ हुन्थ्यो र, तिमी भनेर बोल्नुमा नै मलाई मज्जा लाग्छ, नगिच पनि लाग्छ तिमी नै चलाउनुहोस"। मैले उत्तर दिएँ "जैसी आपकी मर्जी"। त्यसपछि मैले मेरो घर ठेगाना यँहा के गर्दैछु परिवारमा को को छ कामको हाल आदिबारे बताए। उत्तरमा उनले भनिन " ए! ..... मेरो बारेमा त सोध्नु पनि भएन, कि केही पनि नभन्दा हुन्छ ? कि सत्य नभन्दा पनि हुन्छ कि?"
मैले उत्तर दिँए," हैन मैले जसरी आफ्नो बारेमा बताएँ, नढाँटी नलुकाइ तिम्रो बारेमा पनि बताउन"। उसले उत्तर दिइ "मेरोमा जे उत्तर छ सत्यनै होला, यदी तपाँईको पनि सत्य हो भने।" लु सुन्नु होस, नाँउ मेरो हिमा खड्का...यसरी आफ्नो परिचय दिइ तर गम्भिर हुँदै बोलेकी थिइ," मेरो परिचय केही अमिल्दो छ तर सत्य सत्य नै हो छोरी चार वर्ष पुगेकीले यही वर्षदेखि नर्सरी जान लागेकी छे साह्रो त्यसकै याद आउँछ, बाँचेकी छु, काम गर्दैछु त्यसकै लागि" ।
मैले उसलाई छोरीको फोटो देखाइ मांगे उसले भिडियो नै आफ्नो मोबाइलमा देखाइ। मैले भने "ओ...स्विट" । हिमाले मलाई अचम्भ मान्दै हेरेर सोधिन "तपाईलाई छोरा र छोरीमा को मन पर्छ?"
मैले उत्तर दिएँ "छोरी"। उनले थप सोधिन" किन?"। मेरो उत्तर यस्तो थियो "छोरी भनेको घरको इज्जत, गहना, एस्सेट हो आमा बाबुको प्यारो र सधैँ आमा बाबुलाई माया गर्ने, दुख नदिने आँखाको नानी हो"। हिमाले उत्तरमा भनिन "तपाई राम्रो बाबु हुनुहुनेरहेछ, मलाई साह्रो मन पर्यो, यो मेरो भविष्यवाणी,"।
मैले दिल्लगी गर्दै भने "जिब्रो कालो छ क्या हो? मैले बिहा नै गरेको छैन"
"खोइ कालो छ कि गोरो छ तपाईलेनै हेर्दिनोसन" भनेर उसले आफ्नो जिब्रो लिब्रिक लिब्रिक पारेर बाहिर निकालिन अनि भनिन "एकदिन त बिहा गर्नुहुन्छ नि त्यसको लागि मेरो भविष्यवाणी।"
मलाई के आँट आयो कुन्नि उसको जिब्रो समात्नु औँला अघि बडाएर झन्नै छुइ पठाँए। उसले अत्तालिन्दै "अप्पुइ" भन्दै हाँस्दै जिब्रो भित्र हालिन। अनि भनिन "तपाई त निक्कैको हुनुहुँदो रैछ" मान्छेहरुले हामी इत्रेको हेर्दैछ है! लु के मगाउने यहाँ त आफै पो मागेर किनेर ल्याउनु पर्छ" भनिन। म पनि साम्य बन्दै लु लु भन्दै खाने मेनु हेरेर सल्लाह गरि किन्न गएँ। उसले म जान लाग्दा भनिन "म तपाईको मोबाइल चलाउन सक्छु" ।
"अरे किन सक्दैनौ, मेरोमा त्यस्तो सिक्रेट क्यै छैन" भन्दै अनलक प्याटर्न देखाइ दिए। उनले भनिन "कुन्नि कुन्नि केटाहरुको त भरोसा हुँदैन"। मैले "के अरे?" भन्दा "क्यै होइन, जानोस गएर छिटो ल्याउनोस समय बित्दैछ," भनेर मलाई खेदिन।
त्यसपछि हामीले संगै पहिलो चोटि खायौँ, मोबाइल नम्बर, वाट्सयाप, फेसबुक आइडी, साटासाट गर्यौँ। छोरीको भिडियो मैले सेयर गरि मांगे, केही आफ्ना फोटो, केही जोक्स भिडियो साटा साट गर्यौ। अनि फेरि अर्को हप्ता भेट्ने, नेट कल गर्ने वाचासंगै मन भारी लिएर केही शपिंग नगरी छुट्यौ । यो थियो हाम्रो पहिलो डेटिंग ।
हामी दुईनै दुई प्रांतमा बस्ने हुनाले अनि हप्ताह भरिको कामको चापले गर्दा राती थाकेर अलि अलि च्याटिंग गर्ने बाहेक साह्रै कुरा साटा साट गर्ने मौका नै पाएनौ। तर मन भित्र एकअर्काप्रतिको आशक्ति दुवैले महशुश गरिरहेका थियौ।
फेरि अर्को आइतवार आयो हाम्रो मिलनको अर्को मौका। त्योदिन हामी आउटिंग गयौँ, आउटिङ फेरि अर्को डेटिंग बन्यो अनि माया साट्यौ, प्रेमी प्रेमीका बन्यौ त्यही दिनदेखि। हामीले एकार्कालाई आफ्नै अवस्थामा नै स्वीकार्ने प्रमिश गर्यौँ। कहिले नछुट्ने वाचा गर्यौ।
त्यसपछि हाम्रो सम्बन्ध प्रगाड बन्दै गयो, अझ नगिच नगिच हुदै गयौँ। मलाई उनको सबै कुरो रसिलो मन पर्दो लाग्दै गयो, उनलाई म सुशिल नारी ठान्न लागेँ। दुख सुखका कुरा गर्न हामी दुवैलाई मज्जा आँउथ्यो। कहिले काँही राजनिति, धर्मका कुरामा हामी बहस गर्थ्यौ तर कुनै कुरोमा हामीमाझ विचारमा पार्थक्य थिएन हाम्रो सबै कुरो मेल खान्थ्यो अनि एकै दिन पनि हामीमाझ् कुनै कुरो लिएर बहस, ठोलाबाजी भएन। हामी एकाअर्कालाई हरतरहले सपोर्ट गर्थ्यौ। आफ्नो आफ्नो समस्या सेयर गर्थ्यौ अनि सुल्झाउन सहायता गरागर गर्ने गर्थ्यौँ।यसरी हामीले तिन वर्ष एकै क्षण पनि नबाझी, मन दुखाइ नगरि नङ मासु जस्तै मिलेर बितायौँ।
तर सँधै आफुले चिताए जस्तो र सम्झे जस्तो नहुँदो रहेछ। हामी बिचमा पनि यस्तै घटना घटयो। उ दिसम्बर महिनामा ठण्डा महिनाको छेक पारेर नानीसंग समय बिताउने भनेर घर गइ अनि 2 महिनापछि फर्कि। तर घरबाट फर्किन्दा उ बेग्लै भएकी मैले महशुस गरे। मसंग केही तर्केको जस्तो, बोल्दा बोल्दै अड्केको जस्तो, झर्केको जस्तो मलाई लाग्यो। मलाई उ अरु कसैसंग लहसिएको जस्तो भान हुन लाग्यो। अरु कसैसंग उ म भन्दा आकर्षित भएर उसैलाई नै प्राथमिकता दिएको मात्रै होइन तर म भन्दा बेसी उसैलाई माया गर्न लागेको अनि मलाई भने ढाँटेर हुन्न, होइन भन्न नसकेर करैले मात्र समय दिएको जस्तो लाग्यो। अनि यो मेरो मनमा लागेको शंका एकदिन मेरै आँखा अघि प्रमाणीत भयो ।
एकदिन त्यहीँ मलमा मैले उसलाई एक अर्को युवकसंग पुरा मस्किन्दै हात समाएर खुब नगिचमा बसेर बात मार्दै गरेको देख्दा म छाँगोबाट झरेँ जस्तै भएँ। मलाई उसले किन धोका दिइ त मैले के भूल गरेँ यो प्रश्नले मलाई खुब सताइरहयो। अर्कोतिर त्यो केटा को रहेछ, के गर्दो रहेछ भन्ने जिज्ञासा पनि मनमा उप्ज्यो। मैले सोध खोज गर्दै जाँदा के थाहा पाएँ भने त्यो केटा पनि उसकै गाँउकै रहेछ अनि अस्ती घर जाँदा सगै घर गएर सगै फर्केको रहेछ। सायद त्यही यात्राले उनीहरुलाई नगिच् बनायो कि बा त्यही यात्रा उनीहरु नगिच हुने बहाना थियो।
केही खोजी गर्दा थाहा लाग्यो केटा बिहारी पो रहेछ अनि केटाले उसमा आँखा गाडेको र घरी घरी सम्पर्कमा आउने प्रयास गरि रहँदा त्यो घनिष्टता बडेको रहेछ। तर गाँउको साथीकै रूपमा हिमाले त्यो केटासंग मित्रता गरे पनि केटाले अर्कै दृष्टिले हेरेको रहेछ।
अनि बिस्तारै उ मदेखि टाडा अनि त्यो केटासंग नगिच हुन पुगेकी मलाई भान भयो। तर मलाई के अचम्भ लाग्यो भने मसंग सम्बन्ध हुँदा हुँदै उसले मलाई किन कुरो लुकाइ? त्यो केटाको बारेमा किन एकै शब्द पनि भनिन? अनि त्यो केटालाई हाम्रो बारेमा किन बताइन? यो प्रश्नले मेरो मन पोल्न लाग्यो तर त्यो केटासंग देखेको दिनदेखि उसलाई यो सब बारे सोध्ने मन हुँदा हुँदै पनि ममा सोध्ने नत आँट आयो, न त भेट्ने, न त टेक्स्ट गरेर सोध्ने इच्छा जाग्यो। मनको कुरा अब भन्छु, प्रश्नहरु सोध्छु भनेर लेख्थेँ तर सेन्ड गर्नै सक्तिनथेँ । मलाई केले हो केले रोकिहाल्थ्यो, अनि यो भएको दुई महिना बितिसकेथ्यो।
जति समय बित्दै गयो, उनीहरु नगिच अनि हामी टाडा हुन थाल्यौँ। भनौ म नै उ देखि तर्किन थालेछु।
एकदिन अचानक ट्राममा उसलाई भेटेँ उ मेरै छेउँको सिटमा बसेकी रहिछ, दुवैका आँखा जुझे, उ मुसुक्क हाँसी, म पनि हाँसिदिँए। गाडिमा वरिपरि सबै अरु जातिका भएकाले मैले बोल्ने आँट गरेर सोधेँ। आज चाँहि मेरो बोली फुट्यो "तिमीलाई के भएको छ यतिका दिन सम्म पनि मसंग बोल्दैनौ, मलाई मिस गर्नु पर्ने तर केही सोध्दैनौ पनि, कि मलाई चिन्नै छोड्यौ? के मैले केही गलती पो गरिपठाएँ कि?"
उसले उल्टै मलाई जवाब दिइ "सरी है, त्यस्तो केही होइन म कामको चापले निकै बिजी छु, छुट्टीमा जाँदा निकै काम थपिएको रहेछ, समय निकाल्नु गार्हो परिरहेकोछ। "फुर्सद भएपछि भेटौँला नि हुन्न? तर तपाईलाई पनि म यही प्रश्न गरेँ भने के उत्तर दिनु हुन्छ?" उसले उल्टै उत्तर दिइ।
म अत्तालिएर भनिपठाए "मेरो उत्तर भन्दा पहिला चाँहि यो भन कि तिमीसंग हिँडी बस्ने अनि आज मात्रै नदेखिएको त्यो काले भाई चाहीँ को हो?" उसले सजिलोसंग उत्तर दिइ "गाउँको साथी हो, ए त्यो संग पो तपाईलाई शँका लागेको हो?" भनेर हाँसी।
मैले रिसाएर भने "कुरा सिरियस छ है, हाँस्ने कुरा होइन "। उनले कुल हुँदै भनिन, "तपाई पो सिरियस नहुनुहोस, जस्ट साथी मात्रै हो, आफ्नै गाँउको भएकोले पहिलेदेखि नै हामी नगिच छौँ, तर साथीदेखि माथि केही छैन भनेर विश्वास गर्नुहोस यदि ममा भरोसा गर्नुहुनछ भने।" यति भनेपछि म निरुत्तर भएँ। यही बिच् एउटा स्टेशन आइपुग्यो अनि उसले अत्तालिएर भनि " ला म यहीँ उत्रिनु पर्छ कुरा गर्दै जाँउ न ल?" मैले केही भन्नै नपाइ उ हतार हतार उत्रेर भिड्मा हराइ ।
घर आएपछि मैले आज कति महिना पछि फोन गरेँ तर उसले उठाइन। भरै भरै, "बिजी छु" भन्ने टेक्स्ट म्यासेज आयो। अनि यसरीनै मलाई अभोयड गर्ने क्रम चलीरह्यो। एकदिन मैले उसलाई फेरि त्यही केटासंग गाडीमा जाँदै गरेको देखेँ अनि देख्नसाथ फोन कल गरेँ। उसले फोन उठाइन, मैले टेक्स्ट पठाएँ "मैले तिमीलाई गाडीमा कसैसंग जाँदै गरेको देखेँ र कल गरेको हुँ" । उसले टेक्स्टको उत्तर दिइन " भरै बेलुकी म तपाईलाई कल गर्छु र सबै उत्तर दिन्छु, पर्खीनुस ल " । बेलुकी उसको कलको प्रतिक्षामा बसेँ। तर उसले कल गरिन। आज मलाई साच्चैँ रिस उठ्यो र रिसले मुर्मुरिन्दै कल गरेँ। उसले अहिले चाही नढाँटीकन कल रिसिभ गरिन। मैले सोधेँ "खोइ कल गर्छु भनेर कल गरेको?" उसले उल्टै भनिन, मैले कैले "त्यसो भनेर भनेँ नि" । मैले उत्तर दिएँ "मलाई सेंड गरेको टेक्स्ट हेरन"। एक क्षण पछि पो उसले लामो सास फेरेर भनिन "आज म तपाईलाई सबै कुरा भन्छु, कारण यो सब मैले भन्नै पर्छ।"
त्यसपछि तिनी भन्न लागिन "हुनत म आफै बुझ्न सकिरहेको छैन मलाई के हुदैँछ, म के गर्दैछु, मलाई के हुदैँछ भनेर" । " रमेश जो मेरो गाँउको पुरानो सानैदेखिको साथी हो उसलाई अस्ति घर फर्कदा अचानक एयरपोर्ट् भेटेँ र हामी संगै गाँउ पुग्यौँ अनि यता पनि संगै टिकट काटेर फर्क्यौँ त्यही समयदेखि मलाई सपना हो कि बिपना भैरहेकोछ। मैले यो के भएको छ बुझ्न सकेको छैन। हो मैले तपाईलाई धोका दिएको छैन। अनि रमेशसंग मेरो कुनै त्यस्तो सम्बन्ध छैन तर जब जब रमेशले मलाई कल गर्छ या बोलाँउछ या भेट्छ म उसले भनेको कुरोमा नाइँ भन्नै सक्तिन, म लुरुलुरु उसको पछि हिडँदै गरेको, बोल्दै गरेको, हास्दैँ गरेको हुन्छु। मलाई जहाँसम्म याद छ आजसम्म मबाट् उसले नाजायज फायदा लिएको छैन या मेरो शरीरलाई नोक्शान पुर्याउने काम भने गरेको छैन। "
"अनि म जब तपाईको बारेमा सोच्छुँ या तपाईसंग बात मार्ने या च्याटिंग गर्ने सोच्छुँ कुनै कुरो आउँछ त्यसले मलाई त्यो गर्नै दिदैँन। यो सब कुरा म आफैले बुझ्नै सकेको छुइन।"
" रमेशसंग तपाईले मलाई शँका गर्नु स्वभाविक हो, तर हाम्रो न त जात, न त धर्म, न त कुनै कुरो मिल्छ, यसकारणले उसंग विहा गर्ने त कुरै उठदैन, न त यो बारेमा उसले मलाई केही भनेको छ जो हुनै सक्तैन"।
"म रमेशसंग टाडो बस्नु पर्छ त्यो मलाई थाहा छ, यसैले म उसलाई कति नभेट्ने कोशिष गर्छु, तर मलाई केले हो केले त्यो गर्नै दिदैँन अनि उसले कल गर्दा कल उठाउनु करै लाग्छ, मेरो छेउँमा आउँदा म गलिहाल्छु, कमजोर् भैहाल्छु ।यी सब कुरो म कसैलाई भनेर सहायता माँग्न चाहन्छु तर म त्यो पनि गर्न सक्तिन"।
"म के गर्नु लु तपाई नै भन्नुहोस, मलाई छिट्टो यसबाट छुट्टाउनुहोसन"।
मैले उसको कुरा बुझेर पनि बुझिन, के हो के भैराखेको छ, अलि अलि बुझेँ जस्तो लाग्यो तर त्यसको समाधानको उत्तर ममा छैन नत क्षमता नै। मैले ह्त्तारसंग भने "हेर तिमीलाई त्यो केटाले केही जादु टुना मोहनी लगाए जस्तो छ, यसको उपाय खोज्ने म प्रयास गर्छु तर तिमी त्योदेखि टाडो बस, त्यसको नम्बर ब्लक गर, मगजबाट त्यसको सबकुरा हटाइदेउ, मलाई अलिक समय देउ, काममा बेसी मन र ध्यान लगाउ, मेरो माया तिमी प्रति पहिला जति थियो अहिले पनि उतिनै छ, मलाई चाँहि माया नमार है"।
त्यसपछि उसले रोएरै मलाई केही भन्नै दिइन, मैले जति केही भन्ने प्रयास गरेँ उसले त्यति त्यति रोएर मलाई केही भन्नै दिइन। अन्तमा त्यो लामो कल कुनै समाधान बिना, कुनै बाइ र फेरि भोलि बात गरौँको प्रमिश बिनानै अन्त गरि। अनि सायद यही उसको अन्तिम कल पनि थियो।
त्यसपछि न उसको कल आयो न उसलाई मैले कतै भेटेँ। उसले मलाई उल्टा फोन, एसएमएस, वाट्सएप्, फेसबुक सबमा ब्लक गरिदिएकोले म सम्पर्कविहीन भएँ।
उपाय केही नभएपनि मैले धेरैजनासंग सुझाउ मांगे अनि सोधपुछ गर्दा थाहा लाग्यो त्यो केटाले ब्ल्याक म्याजिक गर्दो रहेछ जसको ताकतले मेरो हिमालाई आफ्नो वशमा राखेको रहेछ। आजसम्म उसले कुनै शारीरिक अत्याचार, शोषण पनि त गरेको छैन केवल मानसिक कंट्रोल मात्रै गरेर राखेकोछ। आखिर उसलाई यसबाट के फायदा?
यही बुझ्न, मैले गोहार मांग्दै जाँदा तांत्रिकहरुबाट थाहा लागे अनुसार हिमा त्यो केटाले गरेको ब्ल्याक म्याजिक प्रभावमा परेको रहेछ अनि अहिले उसले पुरानो कुरा सबै बिर्सिएकोछ। उसलाई यो नयाँ स्थितिमा हुँदा केही असरनै परेको छैन मानो उसले रमेशमा नयाँ जीवन पाएको छ उ त्यसैमा रमाएको छ।
अब बिस्तारै रमेशले उसले थाहै नपाइ हिमाको मन जित्नेछ अनि त्यसपछि हिमा आफैले रमेशलाई समर्पण गर्नेछ। त्यसपछि रमेशले आफ्नो इच्छा पूरा गर्न कि उसको शरीरसंग खेलवाड गर्छ कि उसलाई विवाह नै गर्छ। म मात्रै जान्दछु कि यो सब हिमाको इच्छा विरुद्ध भैरहेको छ। तर कसैले हिमालाई सोधे उसले यो मेरो मनज्ञानले गरेको भन्नेछ त्यो पनि मलाई थाहा छ। यस्तो समय शोषण, जबर्जस्तिको आरोप लगाउने हामी पो अप्ठ्यारोमा पर्नेछौँ। यसै रनभुल्लमा परि आज म किँकर्तव्यविमूड भएर के गर्ने के गर्ने भएर बाँचीरहेकोछु, बाँच्दैछु तर कति बाँच्छु मलाई पनि थाहा छैन।
लेखक:प्रविण दाहाल
0 Response to "के यो साँच्चै माया पाउने चमत्कार हो? : कथा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.