-->
जीटीएद्वारा विकासमूलक कार्यहरूको एकसाथ शिल्यान्यास........ भावी पिँडीको भविष्य निर्माण गर्नुपर्छ – विनय तामाङ

जीटीएद्वारा विकासमूलक कार्यहरूको एकसाथ शिल्यान्यास........ भावी पिँडीको भविष्य निर्माण गर्नुपर्छ – विनय तामाङ

बिनय तामाङ
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 2 मार्च। ‘कसैको घर भत्काएर, कसैलाई कुटपिट गरेर राजनीति गर्नुहुँदैन। हिजका दिनमा जे जस्तो भयो ठिक भएन। ती सबै कार्यहरूले हाम्रै हानी मात्र भयो। त्यसबाट हामीले उपलब्धि भने केही पाएनौँ’ उक्त कुरा जीटीए वोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष बिनय तामाङले भनेका हुन्। 
उनी आज रेली-पालामा विविध बिकासमूलक कार्यहरूको शिल्यान्यास गर्न आइपुगेका थिए। सोहीक्रममा उनले जनतालाई सम्बोधन गर्दै ‘म जिरो इनेमीको सिद्धान्त लिएर अघि बड्न चाहन्छु, मलाई गाली गर्नेहरूलाई मेरो भन्नु केही छैन’ समेत भने। ‘हामीले भावी पिँडीको भविष्य निर्माण गर्नुपर्छ। यसकारण एकार्का लडेर होइन मिलेर भविष्य निर्माणको कार्य गर्नुपर्छ’ तामाङले थप भने।

उनले एकाधिक विकासमूलक कार्यहरूको शिल्यान्यास गरेपछि सम्पूर्ण विकास कार्यहरू गुणात्मक हुनपर्ने पनि बताए। ‘हामी प्रत्येक जनताको कार्यहरू गुणात्मक भएको हेर्न चाहन्छौँ। यसका साथै प्रत्येक कार्य पारदर्शी रूपले गरेर देखाउनेछौँ। जनताको निम्ति हुने कार्यमा प्रतिशतखोरहरू प्रथालाई पनि हामी बन्द गर्नेछौँ’ बिनय तामाङले अझ भने। उनले जनतालाई भावानात्मक नहुने आह्वान गर्दै यथार्थमा बाँचेर कार्य गर्नुपर्ने पनि बताएका थिए। ‘भावानात्मक रूपले गोर्खाल्याण्ड पाएका छौँ। तर, यथार्थ गोर्खाल्याण्ड धेरै टाडो छ। यसकारण हामीले लजिकल बनेर काम गर्नुपर्नेछ’ बिनय तामाङले भने। उनले विगतको 105 दिने लाम्बो बन्दलाई समाप्त गर्ने पहल नगरेको भए अझै स्थिति जटिल बन्नेथियो भन्दै बन्द समाप्त गरेर अहिलेघरी जनताको यथार्थलाई बुझेर आफुले धेरै कार्यहरू गरिरहेको पनि उनले दाबी गरेका छन्।  

जीटीए वोर्ड अफ् एडमिनिस्ट्रेसनद्वारा कालेबुङ जिल्लाको गितडाब्लिङ निम्बोङ समष्टि अनि रेली-पाला सुरुक समथार समष्टि क्षेत्रमा विविध बिकासमूलक कार्यहरूको शिल्यान्यास गरिएको छ। रेली पाला हाटघर परिसरमा आयोजित एक कार्यक्रमबिच मोठ 21 करोड 16 लाख रूपियाँको लागतमा निर्माण हुने विविध कार्यहरूको शिल्यान्यास गरिएको हो। जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष बिनय तामाङले उक्त विकासमूलक कार्यहरूको शिल्यान्यास गरेका हुन्। दुईवटा समष्टि क्षेत्रहरूका निम्ति जीटीए अध्यक्ष बिनय तामाङले एकैसाथ एउटै मञ्चबाट 11 वटा विकास कार्यहरूको शिल्यान्यास गरेका हुन् जसको मोठ लागत खर्च 21 करोड 16 लाख रूपियाँ रहेको छ। आज शिल्यान्यास गरेको कार्यहरूमा क्रमैले पाला पुलदेखि सिञ्जी सम्म पुग्ने 14 किलोमिटर सडकको जिर्णोद्धारका निम्ति 6 करोड 20 लाख, मन्दिर खोलादेखि वरगाछ समथार सम्म पुग्ने 6 किलोमिटर सडक अपग्रेडेसन कार्यको निम्ति 5 करोड 4 लाख अनि माकुम अप्पर प्राथमिक पाठशाला, लोवर दोङ अप्पर प्राथमिक पाठशाला, स्योकबीर खानी अप्पर प्राथमिक पाठशाला, कान्जेर गुम्बा अप्पर प्राथमिक पाठशाला, नोकडाँडा अप्पर प्राथमिक पाठशाला निर्माणको निम्ति प्रत्येकलाई 58 लाख गरेर धनराशी अनुमोदन गरिएको बिनय तामाङले घोषणा गरेका छन्। यसका साथै चुइँखिम बजारदेखि अप्पर सेरवानी पुग्ने 5 किलोमिटर सडक निर्माणका निम्ति 6 करोड 18 लाख, पेमलिङमा पिउँने पानीको निम्ति 35 लाख, बुधबारे बजारमा सुरक्षा देवलको निम्ति 1 करोड 48 लाख अनि गीत खोलामा सुरक्षा देवल निर्माणको निम्ति 29 लाख रूपियाँको कार्य हुने बिनय तामाङले घोषणा गरेका थिए। ‘आज शिल्यान्यास गरिएका कार्यहरू पहिलेका जस्तो शिल्यान्यास गरेर वर्षदिनसम्म पनि नबनिने होइन। हामीले शिल्यान्यास गरेका कार्यहरू एकसप्ताहभित्रमा सुरु हुनेछ। हामी नरिवल फुटाएर आश्वासन दिँदै बस्नेहरू होइनौँ’ बिनय तामाङले बिमल गुरुङको नाउँ नलिइ टिप्पणी गरे।

जनतालाई सम्बोधन गर्नेक्रममा तामाङले कालेबुङ जिल्ला गठनपछि आफुहरूले कालेबुङलाई पूर्ण जिल्लाको रूपमा बिकास गर्नलाई प्रयास गरिरहेको भन्दै कालेबुङ जिल्लाभित्र तीनवटा महकुमा निर्माणको निम्ति राज्य सरकारसँग आधिकारिक कुराकानी गरेको पनि बताएका छन्। जसको निम्ति राज्य सरकारले पनि पहल गरेको उनले दाबी गरेका छन्। एकघण्टा लामो सम्बोधनको क्रममा बिनय तामाङले बिमल गुरुङको नाउँ नलिए पनि उनीमाथि व्यङ्ग्यात्मक प्रहार भने गर्न पछि परेनन्। यसक्रममा उनले जनताली नेतृत्व दिने नेता शिक्षित हुन आवश्यक रहेको बताउँदै बिमल गुरुङप्रति व्यङ्ग्य कसेका थिए। सोहीक्रममा उनले कालेबुङकी बिधायक श्रीमती सरिता राईप्रति पनि कटाक्ष गर्न पछि परेनन्। जनताले चुनेर पठाएका कालेबुङका बिधायकले बिधायक कोषबाट कुनैपनि बिकासका कार्यहरू नगरेको आरोप लगाउँदै बिधानसभामा आफ्नो उपस्थिति मात्र दर्शाउनका निम्ति बिधायक जान उचित नरहेको टिप्पण्णी बिनय तामाङले गरेका थिए।

दुईवटा समष्टिका जनताहरूलाई लिएर आयोजना गरिएको शिल्यान्यास कार्यक्रममा जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका उपाध्यक्ष अनित थापा, सदस्य सञ्चबीर सुब्बा आदिको पनि विशेष उपस्थिति रहेको थियो। यसक्रममा बिनय तामाङले जनताका निम्ति आफुहरूले धेरै कार्य गरिरहेको बताएका छन्।  

0 Response to "जीटीएद्वारा विकासमूलक कार्यहरूको एकसाथ शिल्यान्यास........ भावी पिँडीको भविष्य निर्माण गर्नुपर्छ – विनय तामाङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.