-->
मुख्यमन्त्री चामलिङ अनि विनय तामाङमाझ वैठक हुने  .....वैठकले दार्जीलिङ सिक्किमको सम्बन्ध अझ प्रगाड हुनेछ – विनय तामाङ

मुख्यमन्त्री चामलिङ अनि विनय तामाङमाझ वैठक हुने .....वैठकले दार्जीलिङ सिक्किमको सम्बन्ध अझ प्रगाड हुनेछ – विनय तामाङ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 24 मार्च।  सिक्किमका मुख्यमन्त्री पवन चामलिङ अनि जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष विनय तामाङ माझ आगामी 27 मार्चका दिन वैठक हुने भएको छ। गत 17 मार्चका दिन बङ्गाल अनि सिक्किम राज्यका दुई मुख्यमन्त्रीहरू माझ सिलगडीको उत्तरकन्यामा भएको वैठकको ठिक 10 दिन पछी जीटीए उक्त वैठक हुने भएको हो। यसबारे जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष विनय तामाङले एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्। 
यहाँको डेलो टुरिष्ट लजमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किमका मुख्यमन्त्रीसँग हुने वैठकले दार्जीलिङ अनि सिक्किमको सम्बन्ध अझ प्रगाड हुने तामाङले बताएका छन्। ‘विशेष गरेर गतवर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा चलेको भूल बुझाबुझलाई लिएर सिक्किम अनि बङ्गालकी मुख्यमन्त्रीले उत्तर कन्यामा वैठक गरेर सम्बन्धलाई बलियो बनाउने कार्य गरेका छन्। त्यहीँ वैठकको प्रतिफलस्वरू सिक्किम अनि दार्जीलिङको सम्बन्धलाई अझ प्रगाड बनाउँनका निम्ति आगामी 27 मार्चका दिन गान्तोकमा मुख्यमन्त्री डा. पावन चामलिङसँग मेरो वैठक हुनेछ’ विनय तामाङले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने। 
‘मुख्यमन्त्रीसँग हुने वैठकले सिक्किम अनि दार्जीलिङ पहाडको सम्बन्धमा सुधार आउनेछ। हामीमाझ जे जस्ता खोटहरू छन् ती सबै खोटहरू मेटाएर आउनेछौँ’ विनय तामङले अझ भने। उनले उक्त वैठकले सिक्किम अनि दार्जीलिङको नङ-मासुको सम्बन्धलाई अझ बलियो बनाउँने पनि दाबी गरेका छन्। ‘हामी सिक्किम राज्य पनि सुख शान्ति र सम्वृद्धि भएको चाहन्छौँ  अनि दार्जीलिङ पहाडमा पनि सिक्किमबाट हुने सहयोग चाहन्छौँ’ जीटीए अध्यक्ष तामाङले भने। उनले उक्त वैठले सिक्किम अनि दार्जीलिङको वर्तमान सम्बन्धमा सुधार आउने बताएका छन्।

विशेष गरेर छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा सिक्किम सरकारले विमल गुरुङलाई शरण दिएको भन्दै विनय तामाङले सिक्किम सरकारप्रति कटाक्ष गरेपछि दार्जीलिङ अनि सिक्किमको राजनैतिक सम्बन्ध बिग्रेर गएको थियो। पछिबाट बङ्गाल अनि सिक्किमका मुख्यमन्त्रीहरूमाझ गत 17 मार्चदिन वैठक भएपछि एकार्कको सम्बन्धहरूमा सुधार ल्याउने दुवैले वाचा गरेका थिए। फलस्वरूप जीटीए अध्यक्ष विनय तामाङसँग मुख्यमन्त्री चामलिङको उक्त वैठक हुने भएको हो। गोर्खाल्याण्ड आन्दोलनपछि जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष बनिएपछि तामाङको मुख्यमन्त्रीसँग पहिलो आधिकारिक भेटघाट पनि सोही दिन हुने भएको छ।  उक्त वैठकमा अहिलेघरी सिक्किम राज्य भित्रिने रेल मार्ग निर्माणको निम्ति जीटीए द्वारा रेल्वेलाई अनापत्ति पत्र नदिएको सन्दर्भमा पनि चर्चा हुनसक्ने तामाङले बताएका छन्। 
‘दार्जीलिङ पहाडमा राजनैतिक वातावरण बिग्रन्दा सिक्किम राज्यले धेरै समस्या भोग्न परेको यथार्थ छ। अब हामी उनीहरूलाई त्यस्तो समस्या भोग्न नपरोस् भन्ने चाहन्छौँ’ विनय तामङले भने। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सिक्किम गामी रेलमार्ग निर्माणको निम्ति जीटीएले रेल्वे विभागलाई केही सर्तहरू राखेको कारण अनापत्ति पत्र नदिएको भन्दै अहिले भने रेल्वे विभागले सम्पूर्ण सर्तहरूलाई मान्ने भएको पनि तामाङले दाबी गरेका छन्।

‘रेल्वे विभागका उच्च अधिकारीवर्गसँग आगमी 4 अप्रेलका दिन महत्वपूर्ण वैठक हुनेछ। हामीले उनीहरूलाई राखेका सर्तहरू सबै मानिलिएका छन्। कालिझोडा, रम्बी, टिस्टा अनि मल्लीमा रेल्वे स्टेशनको निर्माण गर्ने भएका छन्। यसका साथै अन्य सर्तहरू पनि रेल्वेले मानिलिएको छ। त्यहीँ कारण आगमी 4 अप्रेलका दिन रेल्वेसँग जीटीएको महत्वपूर्ण वैठक हुने तय भएको हो’ विनय तामाङले भने। उनले वैठकमा जीटीएले राखेका सम्पूर्ण सर्तहरू रेल्वेले स्वीकार गरे सप्ताह दिनभित्रमा आफुहरूले अनापत्ति पत्र दिने पनि घोषणा गरेका छन्।

अर्कोतर्फ यता विनय तामाङले तृणमूल कङ्ग्रेसका शिर्षस्थ नेतालाई पत्रचार गरेर गम्भीर मुद्दाहरू लागेका मानिसहरूलाई राजनैतिक शरण नदिने अपिल गरेको बताएका छन्। ‘राजनीति गर्नेहरू स्वच्छ हुनपर्छ। आज कतिपय मानिसहरू जसको एकाधिक कानुनी मुद्दाहरू छन् उनीहरू राजनैतिक शरण लिने प्रयास गर्दैछन्। यसकारण हिल तृणमूल कङ्ग्रेसले यस्ता अपराधिक मामिलाहरूमा संलग्न रहेका मानिसहरूलाई राजनैतिक शरण दिनुहुँदैन’ विनय तामाङले भने।

Related Posts

0 Response to "मुख्यमन्त्री चामलिङ अनि विनय तामाङमाझ वैठक हुने .....वैठकले दार्जीलिङ सिक्किमको सम्बन्ध अझ प्रगाड हुनेछ – विनय तामाङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.