
मङ्पूको सिम्बिडियम अर्किड पार्क आकर्षणको केन्द्रबिन्दु
![]() |
अर्किड पार्कको सिम्बिडियम |
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 21 मार्च 2018। प्राकृतिक सुन्दरताहरूसँग रमाउन चाहनेहरूका निम्ति मङ्पूको सिम्बिडियम अर्किड पार्क आकर्षणको केन्द्रबिन्दु बनिरहेको छ। विशेष गरेर प्रकृतिको सुन्दर रचना मानिने सुनाखरी अर्थात् अर्किड प्रेमीहरूका निम्ति झनै मङ्पूको सिम्बिडियम अर्किड पार्क अत्यन्तै सुन्दर पर्यटन स्थलका रूपमा विकसित बनिरहेको छ।
दार्जीलिङ जिल्लाको मङ्पू सिन्कोना बगानमा अर्किडको खेती अहिलेघरी जीटीए अधिनस्थ सिन्कोना निर्देशालयको देखरेखमा खुबै फस्टाइरहेको छ जहाँ देश विदेशका पर्यटकहरू समेत अर्किडका सुन्दर फुलहरू हेर्नका निम्ति आउने गरेका छन्। ‘यसवर्ष वितेको वर्षहरूको तुलनामा पर्यटकहरूको कमी भयो यद्यपी पर्यटकहरू आउँदैछन्’ सिम्बिडियम अर्किड पार्कका प्रभारी सतीश राईले भने। ‘पर्यटकहरू बाहिरबाट आएर यहीँ बस्न रुचाउँछन् तर, यहाँ होम स्टेहरूको भने अभाव छ’ उनले थप भने। यस सम्बन्धमा सरकारले अझ सिम्बिडियम पार्क नजिकमा यस्ता होम-स्टेहरू निर्माण गरिदिए रामो हुने आशा व्यक्त गरे।
विश्वकवि रवीन्द्र नाथको ऐतिहासिक सङ्ग्राहलय पछि ब्रिटिसकालिन सिन्कोना कारखाना घुम्न आउने पर्यटकहरूमा निम्ति मङ्पूमा अहिलेघरी सिम्बिडियम अर्किड पार्क अर्को आकर्षक पर्यटनस्थल बनेको हो। जहाँ हालमा 150 भन्दा अधिक अर्किडका प्रजातिहरूको मनमोहक दृष्यहरूले प्रकृतिको सुन्दर रचनासँग उन्मुक्त वातावरणमा झुम्ने सौभाग्य प्रदान गर्दछ। ‘यहाँ अहिलेघरी 150 भन्दा धेर प्रजातिका अर्किडहरू छन्। बाहिरबाट घुम्न आएका पर्यटकहरू एकचोटी यहाँ आएपछि छाडेर जानै रूचाउँदैनन्’ सतीश राईले अझ भने।
सन् 2012 मा स्थापित मङ्पू सिम्बिडियम पार्क समुन्द्र तटदेखी औसत 3 हजार 7 सय फिट उँचाईमा अवस्थित रहेको छ जहाँ अक्टोबर महिनादेखि विभिन्न प्रजातिका अर्किडहरूले मनमोहक फुल फुल्न सुरु गर्छन् भने यो फूल अप्रेल महिनाको अन्त्यसम्म हुने गरेको छ। 1 सय 50 भन्दा अधिक प्रजातिका अर्किडहरू मध्ये अहिलेघरी ग्रीन मेलिजा, क्रिसमस क्लारियोन, भ्याया अभन्ती ‘हारलेक्विन’, किवी मिडनाइट ‘गेजरल्याण्ड’, बुलाई, पिअरिटिई ‘मिल्क टी’, क्यान्डी वाइन, ब्ल्याक फेन, कोरल्टा पार्क, रेड भेम्पायर, गोल्डन गर्ल, रोमियो जुलियट, रिबुलेक्स आदि प्रजातिका रङ्गीन फुलहरूको मोहकताले जो कसैलाई लाललिय बनाउने गर्दछ।
पहाडी क्षेत्रको जलवायु सिम्बिडियम अर्किड खेतीको निम्ति अनुकुल भएको कारण बेरोजगार युवाहरूले अर्किड खेतीलाई नै व्यवसायिक तरिकाले उपार्जन गरेर जीविका चलाउने प्रशस्तै सम्भावनाहरू पनि मङ्पूको अर्किड खेतीले दिएको छ। विश्व बजारमा अनेकौँ माग रहेको अर्किड खेतीको निम्ति आजका उद्यमी युवाहरूले स्वरोजगारको निम्ति पहल गर्नुपर्ने आवश्यक्ता बनेको छ। ‘बजारमा अर्किडको माग बडीरहेको छ। हामीलाई बाहिरबाट धेरै अर्किडको माग आइरहेको छ। यदि यहाँका बेरोजगार युवाहरूलाई यसलाई व्यवसायिक तरिकाले खेती गर्न सके रोजगारको राम्रो माध्यम बनिनेछ’ सतीश राईले भने।
प्रकृतिको मनोरम दृष्यको मोहकताले लोभिने मानिसहरूलाई जबपनि मङ्पूको सिम्बिडियम पार्कमा पुगेर अर्किडका एकाधिक प्रजातिहरूको सुन्दरतामा रमाउने अवसर मिल्दछ तब उनीहरू बारम्बार फर्केर उक्त सिम्बिडियम पार्कमा पुग्नपर्ने तृषणा भने जागिरहने कालेबुङबाट घुम्नलाई पुगेका डी.के खालिङले बताए। ‘मङ्पूमा सरस्वती उच्चतर माध्यमिक विधालयमा काम गरेर मङ्पूवासीसँग जोडिने अवसर पाएँको थिएँ। आज यहाँ पुन: घुम्नलाई आउँदा फुलिरहेका रमाइला अर्किडका फुलहरूले मनलाई आनन्दित बनाएको छ’ डी.के खालिङले भने। उनले अर्किडका फुलहरू हेरेपछि पुन: उक्त अर्किड पार्कमा आउने बताउँदै प्रकृतिसँग रमाउन चाहनेहरू एकचोटी मङ्पूको अर्किड पार्कमा घुम्न जानुपर्ने अपिल नै गरे।
0 Response to "मङ्पूको सिम्बिडियम अर्किड पार्क आकर्षणको केन्द्रबिन्दु"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.