-->
सर्वोच्च न्यायलयको फैसला पछि कहाँ छन् बिमल गुरुङ?

सर्वोच्च न्यायलयको फैसला पछि कहाँ छन् बिमल गुरुङ?

बिमल गुरुङले आश्रय लिएका  एउटा् होटल
सिलगडी, 18 मार्च 2018। गोर्खा जनमुक्ति मोर्चा प्रमुख अहिले नेपालमा छन्।सर्वोच्च न्यायलयमा याचिकाहरु रद्ध भए पछी अनि तिनलाई पक्राउ गर्नमा लगाइएको स्थगितादेश हटाइए पछि पक्राउबाट जोगिन बिमल गुरुङले नेपालमा आश्रय लिएका छन्।बिमल गुरुङले नेपालको झापा जिल्ला अन्तर्गत बिर्तामोड,भद्रपुर अनि दमक क्षेत्रका तिनवटा होटलमा पालैपालो रात बिताइरहेका छन्। तिनलाई नेपालको सशस्त्र पुलिसले सुरक्षा प्रदान गरिरहेको छ। सिक्किम अब तिनको निम्ति सुरक्षित नरहेको बुझेपछि नै प्रायः दस दिन अघि बिमल गुरुङ दिल्लीबाट फर्किएर नेपाल पसेका हुन्। सिलगढीबाट प्रकाशित एउटा् बंगला दैनिकले यस्तै दाबी गरेको छ। पश्चिम् बंगाल पुलिस प्रशासनले बिमल गुरुङ विरुद्धमा देशद्रोह,हत्या,आगलागी,हिंसाको आरोपमा आईपीसीको विभिन्न धाराहरु अन्तर्गत कम्तीमा ५५ वटा मामिलाहरु लगाएको छ।
पोहोर जुन महिनामा दार्जिलिङ पहाडका स्कुलहरुमा बंगला भाषा कतिथ रुपमा थोप्ने राज्य सरकारको निर्णयको बिरोधमा शुरु भएको आन्दोलन पछी राज्य गठनको मागको आन्दोलनमा परिणत भएको थियो।पहाडमा हिंसा र हत्याको केही घटनाहरुमा बिमल गुरुङ संलग्न रहेको आरोप लगाउदै पुलिस प्रशासनले तिनी विरुद्ध युपिए लगायत आईपीसीको विभिन्न धाराहरुमा मामिला दर्ता गरेर लुक आउट नोटिस जारी गरेपछि नै मोर्चा प्रमुख भुमिगत छन्।
आन्दोलनको प्रारम्भतिर बिमल गुरुङले दार्जिलिङ-सिक्किम सिमानामा अनि पछि सिक्किमको जोरथाङमा आश्रय लिएको पुलिसको दावी थियो।तर पश्चिम् बंगाल पुलिसले बारम्बार प्रयास गरेपनि मोर्चा प्रमुखलाई पक्राउ गर्न सकेन।
बितेको जनवरी महिनाको प्रारम्भतिर बिमल गुरुङलाई एकाधिपल्ट दिल्लीमा देखिएको मिडियाको दावी छ। तिनी दिल्लीमा दार्जिलिङका लोकसभा सांसद तथा केन्द्रिय मन्त्री सुरिन्दर सिंह अहलुवालियाको आश्रय र सुरक्षामा रहेको पनि मिडियाको दावी थियो। अहलुवालिया स्वयंमले सिलगढीमा बिमल गुरुङलाई मर्न दिँदिन भनेको मनतब्यबाट पनि मोर्चा प्रमुखलाई तिनले आश्रय दिएको पुष्टि भएको मिडियाको दावी थियो। सुत्रहरुलाई उद्धृत गर्दै दैनिकले दावी गरेअनुसार बिमल गुरुङ बितेको ९ मार्च दिल्लीबाट बिमानमा नेपालको चन्द्रगढी विमानस्थल पुगे अनि त्यहाबाट केही टाडा भद्रपुरको एउटा् होटलमा पाँच छ दिन बसे।त्यहा बिमल गुरुङलाई आफ्ना सहयोगीहरुसंग घुम्दै गरेको अनि नेपाल पुलिसका सशस्त्र जवानहरुले तिनलाई सुरक्षा प्रदान गरेको देखिएको स्थानीय सुत्रहरुलाई उद्धृत गर्दै दैनिकको दावी छ।
भद्रपुरबाट बिमल गुरुङ दमक गएको अनि बितेको बिहीवार त्यहाँबाट फेरि बिर्तामोड फर्किएको दैनिकको दावी छ।बिर्तामोडको जुन होटेलमा बिमल गुरुङ बसिरहेका छन् त्यहाँ सिक्किम नम्बरका धेरै वाहनहरुसंगै एउटा् बदामी रंगको जिप्सी पनि रहेको अनि त्यही जिप्सीमा मोर्चा प्रमुख एक ठाउँबाट अर्को ठाउँ जाने गरेको दैनिकको दावी छ।सर्वोच्च न्यायलयले तिनको पक्षमा फैसला सुनाए पशुपति अथवा पानीट्याङ्की हुँदै दार्जिलिङ फर्किने योजना बिमल गुरुङले बनाएका थिए।तर यदि न्यायलयको फैसला तिनको विरुद्ध गए चन्द्रगढीबाट विमानमा अन्यत्र जान सजिलो हुने कुरालाई ध्यानमा राख्दै बिहीवारनै बिमल गुरुङ बिर्तामोडमा आएर बसेको दैनिकको दावी छ।पश्चिम् बंगाल पुलिसको निम्ति बिमल गुरुङलाई छिमेकी राष्ट्र नेपालमा गएर पक्राउ गर्न सजिलो छैन किनभने त्यहाँ दुवै देशको सम्बन्धको कुरा आउँछ। बिमल गुरुङ दिल्लीबाट नेपाल पसेको कुरा राज्यका पुलिस प्रशासनलाई पनि थाह रहेको दैनिकको दावी छ।

0 Response to "सर्वोच्च न्यायलयको फैसला पछि कहाँ छन् बिमल गुरुङ?"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.