औद्योगिक भेला अघि उद्योगपतिहरू समस्यामा..... निवेश पुञ्जीको सुरक्षा नभए निवेशकहरू आउँदैनन् – माबो चेम्जोङ
1 Mar 2018
Comment
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 28 फरवरी। बाहिरका उद्योगपतिहरूलाई पहाडमा निवेश गर्नका निम्ति जीटीएले औद्योगिक भेला गरेर सहमतिमा ल्याउने प्रयास गरिरहेको बेला यता अघिबाटै निवेश गर्नेहरूको सुरक्षा विषयलाई लिएर भने प्रश्न चिन्ह खडा भएको छ।
उक्त प्रश्न कालेबुङमा निर्मित आधुनिक सुविधा युक्त सिनेमा घर ‘ड्रिम थिएटर’ तोडफोड भएको घट्नाले खडा गरेको हो। कालेबुङको 9 माइलमा माबो चेम्जोङ अनि सुषमा चेम्जोङले निवेश गरेर आधुनिक सुविधासम्पन्न सिनेमा घर ‘ड्रिम थिएटर’ निर्माण गरेका छन्। कालेबुङका मानिसहरूलाई ठूलो पर्दामा चलचित्र हेर्नका निम्ति सम्पूर्ण सुविधा युक्त रहेको ‘ड्रिम थिएटर’ मा केही उपद्रवीहरूले गत राती ‘प्रोजेक्सन रूम’ भित्र पसेर तक्निकी सामाग्रीहरू नष्ट गरेका छन्।
अज्ञात उपद्रवीहरूले रातीको समयमा ड्रिम थिएटरको प्रोजेक्सन रूमको पछिल्लो दैलोबाट पसेर भित्र रहेका तक्निकी सामाग्रीहरू नष्ट गरेको कारण अब उसो लगभग एक सप्ताह सम्मका निम्ति कालेबुङका मानिसहरूले ड्रिम थिएटरमा कुनै पनि चलचित्र ठूलो पर्दामा हेर्न सक्ने सुविधा नपाउने भएका छन्।
यता लाखौँ खर्च गरेर सिनेका उद्योगका निम्ति निवेश गर्ने माबो चेम्जोङ अनि सुषमा चेम्जोङलाई पहाडमा नै निवेश गरेर व्यापार गर्न एकपल्ट सोंच्नपर्ने अवस्थामा पुर्याएको छ। आफ्नै ठाउँमा निवेश गरेर व्यापार गरे आफ्नै ठाउँको विकास सँगै यहाँकै मानिसहरूले रोजगारको सुविधा पाउने सोंच राखेर निवेश गर्ने चेम्जोङ परिवारलाई अहिलेघरी ‘ड्रिम थिएटर’ को प्रोजेक्सन रूमभित्र पसेर उपद्रवीहरूले तक्निकी सामाग्रीहरू नष्टगरेपछि आफ्नै निवेश पुञ्जी जोगाउन गाह्रो परिरहेको छ।
आफ्नै निवेश पुञ्जिको सुरक्षा गर्न गाह्रो पर्न थालेको स्थितिमा चेम्जोङ परिवार परिरहेको अवस्थामा उता ठिक दुई सप्ताहपछि जीटीएले ‘औद्योगिक भेला’ आयोजना गरिरहेको छ। उक्त भेला उद्योगपतिहरूको निवेशलाई सुरक्षा प्रदान गर्न जीटीए तत्पर रहेको देखाउँन मुख्यमन्त्री ममता ब्यानर्जी समेत उपस्थित बन्ने भएकी छन्। तर दुर्भाग्यवस यता अघिबाटै निवेश गरेर व्यवसाय गर्नेहरूको सुरक्षालाई लिएर भने चिन्ता बडीरहेको छ।
‘गोर्खाहरू विश्वमानै बीर सँगै इमान्दार हुन्छन् भनेर परिचित छन्। आज इमान्दार गोर्खाहरूकै ठाउँमा भने सम्पत्तिहरू उपद्रवीहरूले नष्ट गर्दा निवेशकहरू आउँन मान्दैनन्। यदि निवेशकहरू आएनन् भने क्षेत्रको विकास समेत हुँदैन’ माबो चेम्जोङले भने। उनले आफ्नो ठाउँमा निर्मित कुनैपनि औद्योगिक सामाग्रीहरू आफुहरूले सुरक्षा गर्नुपर्ने भन्दै त्यसले निवेशकहरूलाई सुरक्षा मिल्ने अनि अझ निवेश बडाउँनमा जोड दिने पनि बताएका छन्।
‘यदि यसरीनै उपद्रवीहरूले निवेश गरेको सामग्रीहरू नष्ट गरे भविष्यमा हामी निवेश गर्न सक्दैनौँ। यसले हामी निवेशकलाई त हानी छ नै तर यहाँको जनतालाई समेत हानी हुन्छ। यसकारण यस्तो सबैलाई हानी हुने कार्य गर्नु हुँदैन’ माबो चेम्जोङले भने।
यस्तो अवस्थामा ड्रिम थिएटर आधुनिक सुविधासम्पन्न कालेबुङका जनताको सम्पति रहेको कारण यस्ता सम्पत्ति जनताले सुरक्षा गर्नुपर्ने कुरामा माबो चेम्जोङले जोड दिएका छन्। सोही क्रममा सुषमा चेम्जोङले पनि कालेबुङका जनताप्रति खेद प्रकट गर्दै उपद्रवीहरूले सिनेमाघरको प्रोजेक्सन रूमभित्रका तक्निकी सामग्रीहरू नष्टगरेको कारण केही समयसम्म सिनेमा देखाउन नसक्ने सन्देश दिँदै आफ्नो सम्पत्ति आफैले सुरक्षा गर्नुपर्ने बताएकी छन्।
‘हामीले हाम्रा मानिसहरूलाई आफ्नै ठाउँमा राम्रो सुविधा दिने प्रयास गरेका हौँ। यतिका सुविधा दिँदा पनि सम्पत्तिको सुरक्षा हुँदैन भने त्यो सम्पूर्ण कालेबुङवासीका निम्ति दुर्भाग्यपूर्ण हो। यसकारण आफ्नो सम्पत्तिको आफै सुरक्षा गर्नुहोस्’ सुषमा चेम्जोङले भावुक हुँदै भनिन्।
0 Response to "औद्योगिक भेला अघि उद्योगपतिहरू समस्यामा..... निवेश पुञ्जीको सुरक्षा नभए निवेशकहरू आउँदैनन् – माबो चेम्जोङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.