
कवि एवम् गीतकार उज्जवल बम्जनलाई सहयोगको अपिल
डी.के.वाइबा,
कालिमन्युज,
कालेबुङ, 17 जनवरी।‘सेन्तेरेम’ जस्ता चर्चित गीत लेख्ने गीतकार उज्जवल बम्जन किड्नी रोगले ग्रस्त बनेपछि उनको उपाचार्थ सहयोगीहरू अघि आएका छन्।
कवि, गीतकार सँगै एसयुएमआई विद्यालयका शिक्षक समेत रहेका उज्जवल बम्जनको दुईवटै किड्नीले काम गर्न छोडेपछि उनको किड्नी प्रत्यारोपण गर्न पर्ने भएको छ।
कवि, गीतकार सँगै एसयुएमआई विद्यालयका शिक्षक समेत रहेका उज्जवल बम्जनको दुईवटै किड्नीले काम गर्न छोडेपछि उनको किड्नी प्रत्यारोपण गर्न पर्ने भएको छ।
कृतिम प्रणालीद्वारा उपचार चलिरहेको कवि उज्जवल बम्जनको उचारको क्रममा एकाधिक खर्च भएपछि हालमा उनको किड्नी प्रत्यारोपण गर्न अधिक खर्च लाग्ने भएको कारण उनका सहयोगीहरूले सम्पूर्ण जनसाधारणलाई सहयोगको अपिल गरेका छन्।
कवि सुवास सोताङ, उमेश उपमा, सङ्गीतकार मधुसुधन लामा साथै उनका हितैषीहरूले आज एक पत्रकार सम्मेलन गरेर सहयोगको अपिल गरेका छन्।
‘कवि एवम् गीतकार उज्जवल बम्जन किड्नीको रोगले ग्रस्त बनेपछि उनको किड्नी प्रत्यारोपण मात्रै बिकल्प रहेको छ। यसकारण सम्पूर्ण जनसाधरण अनि सुभचिन्तकवर्गलाई हामी कवि, गीतकार सँगै एकजना राम्रा शिक्षक उज्जवल बम्जनलाई बचाउँनका निम्ति सहयोग गरिदिने अपिल गर्दछौँ’ सुवास सोताङले भने।
उनले उज्जवल बम्जन एकजना समाजका सम्पति समेत रहेको कारण यस्ता राम्रा सम्पतिहरूको जोगाड गर्न सबै मानिसहरू अघि आउनुपर्ने पनि अपिल गरेका छन्। हालमा उज्जवल बम्जनको सहयोग राशी गोरुबथान, रोङ्गो-गैरीवास अदि स्थानहरूमा सङ्कलन भइरहेको बताउँदै सहयोग गर्न चाहनेहरूले सोझै उनको श्रीमती अनि अन्य सहयोगीहरूको बैंक खातामा जम्मा गर्न सक्ने पनि बताएका छन्।
यता उमेश उपमाले पनि उज्जवल बम्जनलाई बचाउँन सबैले सहयोग गर्नुपर्ने अपिल गरेका छन्। ‘सेन्तेरेम जस्ता चर्चित गीत लेख्ने गीतकार उज्जवल बम्जनलाई अहिले सहयोगको आवश्यक्ता रहेको छ। आउनुहोस सबै मिलेर कवि एवम् गीतकार बम्जनलाई बचाउँन सहयोग गरौँ’ उमेश उपमाले भने।
उनले सहयोग गर्न चाहनेहरूका निम्ति उज्जवल उपचार्थ समितिद्वारा खोलिएको बैंक एकाउन्ट पनि सार्बजनिक गरेका छन्। उनलाई सहयोग गर्न चाहनेहरूले निम्न बैंक खाताहरूमा सोझै आर्थिक सहयोग प्रदान गर्न समेत सक्नेछन्।
सहयोग गर्न चाहनेहरूमा निम्ति निम्न बैंक खाताहरू रहेको छ - १. रबीन गुरुङ/ रंजित गुरुङ (उज्ज्वल उपचार सहयोग कमिटिको पक्षमा), A/c no. 37523317513, स्टेट बैंक, गोरुबथान ब्राञ्च, IFS -SBIN0018781 अनि २) श्रीमती सुष्मा मेरी सादा (उज्जवल बम्जनकी श्रीमती), A/c. No. 55910100003003, बैंक अफ् बरोडा, कालेबुङ ब्राञ्च।
0 Response to "कवि एवम् गीतकार उज्जवल बम्जनलाई सहयोगको अपिल"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.