
पार्किङ समस्यालाई समाधान गर्न विभाग तत्पर .....मनपरी पार्किङ गर्न दिनेछैनौँ – परिवहन अधिकारी
![]() |
Proposed Map for Parking at Kalimpong |
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 16 जनवरी। कालेबुङ जिल्ला मोटर वेइकल विभागले कालेबुङ शहरमा ट्राफिकको समस्या समाधान गर्नका निम्ति चरणबद्ध रूपमा शहरका वाहनहरूलाई हटाउने कार्य आरम्भ गरेको छ।
पहिलो चरणमा कालेबुङ ट्राफिक पुलिसको सहयोगमा मोटर वेइकल बिभागले यहाँको नोभेल्टि परिसर अनि मोटर स्ट्याण्डमा राख्ने बाहनहरूलाई हटाउने कार्य सुरु गरेको क्षेत्रिय परिवहन उप अधिकारी विश्वजीत दासले बताएका छन्। शहरमा बड्दो वाहनहरूको भीडको कारण दिन दिनै शहरमा हिँड्ने मानिसहरूले समस्या भोग्न परिरहेको छ। यसका साथै दिन दिनै ट्राफिक जामको समस्याले पनि मानिसहरू पिडीत बन्न परिरहेको छ। यस्तो अवस्थामा क्षेत्रिय परिवहन कार्यालय मार्फत् अधिकारीवर्गले शहरमा वाहनहरूको पार्किङ व्यवस्थित पार्नका निम्ति वाहनहरूलाई मनपरी पार्किङ गर्न नदिने पहल सुरु गरेको छ।
‘कालेबुङ शहरमा वाहनहरूको पार्किङ समस्या समाधान गर्न अनि ट्राफिक जामको समस्यालाई समाधान गर्न विभागले पहल सुरु गरेको छ। हामीले यसलाई चरणबद्ध रूपमा काम गर्दैछौँ। यात्रीहरू बोकेर आएका वाहनहरूले यात्री उतारेपछि दिनभरी सडक किनारामा पार्किङ गरेर बस्ने गर्छन्। त्यस्ता वाहनहरूलाई यात्रीहरू उतारेपछि अन्यत्र स्थानमा पार्किङ गर्ने व्यवस्था विभागले गरिरहेको छ’ क्षेत्रिय परिवहन उप अधिकारी विश्वजित दासले भने।
चरणबद्ध रूपले सुरु गरिएको उक्त कार्यको पहिलो चरणमा नोभेल्टि परिसरमा दैनिक पार्किङ गरेर राखिने वाहनहरूलाई यात्रीहरू लिएर आएपछि उक्त स्थानमा ओह्रालेर सोझै अल्कानन्द गेस्ट हाउस परिसरमा पार्किङ गरेर राख्ने निर्देश दिएको छ। यात्रीहरू झारेपछि दिनभरी सडक किनारामा चालकहरूले वाहन पार्किङ गरेर राख्दा ट्राफिक समस्याले मानिसहरू ग्रस्त हुनपरेको भन्दै आम जनतालाई सुविधा प्रदान गर्नकै निम्ति विभागले उक्त पहल सुरु गरेको क्षेत्रिय परिवहन उप अधिकारी विश्वजित दासले बताएका छन्। यसक्रममा उनके कालेबुङ मोटर स्ट्याण्डमा एनबीएसटीसी अनि अन्य बसहरूलाई एकसाथमा केवल दुई-दुईवटा स्ट्याण्डमा राख्न दिइने अनि पेदोङ अलगडा क्षेत्रका बाहनहरूको सङ्ख्या पनि घटाएको बताएका छन्। सोही क्रममा मोटर स्ट्याण्डमा अहिलेसम्म पार्किङ गर्दै आइरहेका हिल्स मोटर ड्राइभर वर्कस युनियनका वाहनहरूलाई पनि मोटर स्ट्याण्डमा पार्किङ गर्ने वाहनहरूको सङ्ख्या घटाउने निर्देश दिएको छ। पहिलो चरणको कार्यक्रम पछि अन्य स्थानहरूमा पार्किङ गर्ने वाहनहरूलाई चरणबद्ध रूपमा बाटोबाट हटाउने विभागले पहल गर्ने भएको छ। यसक्रममा मेनरोडबाट पनि बाहनहरूलाई हटाएर अन्यन्त्र सार्ने योजना बनाइरहेको छ भने मेन रोड पूर्णरूपले खाली गर्न विभागले योजना तयार पारिरहेको छ। हालमा क्षेत्रिय परिवहन विभागले ट्राफिक पुलिसको सहयोगमा वाहनहरूलाई पार्किङ सुविधाको कार्य गरिरहेको सन्दर्भमा क्षेत्रिय परिवहन उप अधिकारी विश्वजित दासले बताएका छन्। यसक्रममा उनले कालेबुङ शहरमा विभन्न स्थानबाट आउने वाहनहरूलाई यात्री लिएर जाने समय नभएसम्म स्ट्याण्डमा प्रवेश गर्न नदिने स्पष्ट पारेका छन्। ‘यात्री लिएर जाने समय भएपछि वाहनहरू स्ट्याण्डमा आउनुपर्नेछ। अगावै स्टायाण्डमा आएर ट्राफिक जामको समस्या बनाउन हामी दिनेछैनौँ’ उनले अझ भने।
अर्कोतर्फ हालमा कालेबुङ शहरमा नीजि वाहनहरूले यात्रीहरू बोक्ने कार्य गर्दै आइरहे पनि अब उसो नीजि नम्बर भएका वाहनहरूलाई क्षेत्रिय परिवहन कार्यालयले यात्रीहरू बोक्न नदिने निर्देश जारी गरेको छ। आगमी 31 मार्च भित्रमा यात्रीहरू बोक्दै आएका सम्पूर्ण नीजि नम्बर भएका वाहनहरूले ट्याक्सी नम्बर लगाउने पर्ने क्षेत्रिय परिवहन अधिकारी विश्वजीत दासले बताएका छन्। यदि 31 मार्चभित्रमा नीजि नम्बर भएका वाहनहरूले ट्याक्सी नम्बर नलगाएर यात्री बोकेको खण्डमा उनीहरू माथी विभागले कानुनी कार्वाही गर्ने पनि उनले स्पष्ट पारेका छन्। ‘हामीले यात्रीहरू बोक्दै आएका नीजि नम्बरधारी वाहनहरूलाई ट्याक्सि नम्बर लगाउने पर्याप्त समय दिएका छौँ। अब उनीहरूले आगमी 31 मार्चभित्रमा ट्याक्सी नम्बर नलगाएर यात्रीहरू बोके कानुनी कार्वाही गर्नेछौँ’ विश्वजित दासले स्पष्ट भने।
यता क्षेत्रिय परिवहन विभागले एकाएक मोटर स्ट्याण्डमा पार्किङ गर्दै आइरहेका हिल्स मोटर ड्राइभर वर्कस युनियनले विभागले वैकल्पिक पार्किङको व्यवस्था नगरी वाहनहरू हटाउने निर्देश दिएको सभापति सन्तोष शर्माले आरोप लगाएका छन्। यस सन्दर्भमा आफुहरूले जिल्लापाललाई भेट गरेर ज्ञापन समेत बुझाएको बताउँदै क्षेत्रिय स्तरमा यात्रीहरू बोकेर जीविका उपार्जन गर्ने चालकहरूलाई एक-एक स्ट्याण्डबाट हटाए समस्या उत्पन्न हुने उनले बताएका छन्। यस उक्त सम्बन्धमा विभागले सकारात्मक पहल नगरे सडकमा ओर्लिन बाध्य हुने बताएका छन्।
0 Response to "पार्किङ समस्यालाई समाधान गर्न विभाग तत्पर .....मनपरी पार्किङ गर्न दिनेछैनौँ – परिवहन अधिकारी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.