-->
बाबुको हत्याको आरोपमा तीनजना छोराहरू पक्राउ  ..... दफन गरेको शवलाई पुलिसले निकाल्यो खनेर

बाबुको हत्याको आरोपमा तीनजना छोराहरू पक्राउ ..... दफन गरेको शवलाई पुलिसले निकाल्यो खनेर

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ,  12 फरवरी। कालेबुङ पुलिसले 25 दिनपछि दफन गरेको शवलाई खनेर जाँच कार्यको निम्ति पोष्टमार्टम गर्न पठाएको छ। घट्ना कालेबुङ जिल्ला अधिनस्थ लोले ग्राम पञ्चायत अधिनस्थ लोवर दुनको हो। 
प्राप्त जानकारी अनुसार गत 19 जनवरीका दिन कुबेर राईको मृत्यु भएको थियो। मृत्युपछि उनको सामाजिक संस्कार अनुसार अन्त्येष्टि कार्य समेत समाप्त भएको थियो। आखिरमा गाउँलेहरूलाई उक्त मृत्युलाई लिएर शङ्का उत्पन्न भएपछि पुलिसलाई सूचित गर्दा आखिरमा पुलिसले दफन गरेको शवलाई खनेर निकालेर पोष्टमार्टमको निम्ति पठाएको छ।
गत 19 जनवरीका दिन मृत्यु भएका स्व. कुबेर राईको मृत्युलाई लिएर शंका उत्पन्न भएपछि गाउँले युडेन लेप्चाले कालेबुङ थानामा सूचित गरेरपछि पुलिसले जाँच कार्य आरम्भ गरेको थियो। प्रारम्भिक जाँचमा कुबेर राईको हत्या उनकै छोराहरूले गरेको थाह लागेपछि कालेबुङ पुलिसले स्व. कुबेर राईका छोराहरू क्रमैले मणिकुमार राई (38), सुनिल राई (36) अनि पुरण राई (26) लाई पक्राउ गरेको छ। 
पक्राउ पछि आरोपित छोराहरूलाई कालेबुङ न्यायलयमा पेश गरेर 3 दिनको पुलिस हिरासतमा लिएको छ। जाँच कार्यलाई अघि बडाउँदै कालेबुङ पुलिसले आज स्व. कुबेर राईको शवलाई दफन गरिएको स्थानबाट उद्धार गरेको छ। कालेबुङ जिल्लाको लोले ग्राम पञ्चायत अन्तर्गत दुन निवासी कुबेर राईको मृत्युपछि गाउँलेहरूलाई शङ्का जागेको थियो। 
गत 19 जनवरीका दिन मृत्यु भएका कुबेर राईको सामाजिक संस्कार अनुसार अन्त्येष्टि कार्य समेत सम्पन्न भएको थियो। गाउँलेहरूले स्वस्थ्य देख्ने गरेका कुबेर राईको अचानक मृत्यु भएपछि गाउँलेहरूमा शङ्का जागेको थियो। यद्यपी उक्त घट्ना सम्बन्धि पुलिसलाई भने कसैले सूचित गरेको थिएन। अचानक मृत्यु भएका स्व. कुबेर राईको मृत्युलाई लिएर शंका भएपछि युडेन लेप्चाले कालेबुङ पुलिसलाई सूचित गरेपछि पुलिसले जाँच कार्य आरम्भ गरेको हो। 
सोहीक्रममा पुलिसले प्रारम्भिक जाँच गर्दै स्व. कुबेर राईकै छोराहरू मणिकुमार राई, सुनिल राई अनि पुरण राईलाई सोधपुछ गरेको थियो। सोधपुछको क्रममा उनीहरूले आफ्नै पिताको हत्या गरेको स्वीकार गरेपछि आज कालेबुङ जिल्लाका डिपुटी म्याजिस्ट्रेट एवम् डिपुटी कलेक्टर स्वप्नजित शाहको उपस्थितिमा कालेबुङ पुलिसको टोलिले स्व. कुबेर राईको शवलाई दफन गरेको स्थानबाट खनेर निकालेको छ। शवलाई दफन गरेर निकालेपछि पुलिसले पोष्टमार्टमको निम्ति कालेबुङ महकुमा अस्पतालमा पठाएको छ। 
‘कुबेर राईको मृत्युलाई लिएर गाउँलेहरूमा शङ्का भएपछि गाउँकै युडेन लेप्चाले पुलिसलाई सूचित गरेको थियो। त्यसपछि पुलिसले जाँच गर्दै प्रारम्भमा उनकै छोराहरूलाए सोधपुछ गर्दा हत्याको स्वीकार गरेपछि जाँच गर्नलाई आज शवलाई दफन गरेको स्थानबाट उद्धार गरेर पोष्टमार्टमको निम्ति पठाइएको छ’ पुलिसका उच्च अधिकारीले भने। उक्त घट्नाको मूल कारण भने स्व. कुबेर राई दैनिक मदपान गरेर घरमा झगडा गर्ने गरेको कारण आखिरमा छोराहरूले उनको हत्या गरेको प्रारम्भिक जाँचमा थाह लागेको पनि पुलिस सुत्रले जानकारी दिएको छ। 
जाँचको क्रममा आज पुलिसले शवलाई दफन गरेको स्थानबाट उद्धार गर्दा मृतकको टाउकोमा चोटको निशानी देखिएको पनि पुलिस सुत्रले जानकारी दिएका छन्। पक्रा परेका तीनैजना छोराहरू मणिकुमार राई, सुनिल राई, अनि पुरण राई  विरुद्ध कालेबुङ पुलिसले भारतीय दण्ड संहिताको धारा 302, 201 अनि 34 अन्तर्गत मुद्दा दर्ता गरेको छ भने तीनदिनको पुलिस हिरासत पछि भोलि पुन: उनीहरूलाई न्यायालयमा पेश गरिने भएको छ।

Related Posts

0 Response to "बाबुको हत्याको आरोपमा तीनजना छोराहरू पक्राउ ..... दफन गरेको शवलाई पुलिसले निकाल्यो खनेर"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.