
न्यायको माग गर्दै सहिद बरुण भुजेलका परिवार निस्के सडकमा .....उचित जाँच भएर छोराले न्याय पाउनुपर्छ – कुमारी भुजेल
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 13 जनवरी।सहिद बरुण भुजेलका परिवार पक्षले न्यायको माग गर्दै डम्बर चौकमा मौन प्रदर्शन गरेका छन्। 25 अक्टोबरका दिन न्यायिक हिरासरतमा मृत्यु भएका बरुण भुजेलका आमा कुमारी भुजेल, पत्नि सबिता भुजेल अनि उनका स-साना नानीहरूसँगै अन्य परिवारका सदस्यवर्गले न्यायको माग गर्दै डम्बर चौकमा प्रदर्शन गरेका हुन्।
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा पक्रा परेर बरुण भुजेल न्यायिक हिरासतमा हुँदा नै बिरामी भएका थिए। बिरामी बनेका भुजेललाई न्यायिक हिरासतबाटै उपचार्थ कोलकोता पुर्याएपछि गत 25 अक्टोबरका दिन मृत्यु भएपछि परिवार पक्षले न्यायको माग गर्दै आइरहेका छन्। सोही क्रममा आज बरुण भुजेलकी आमा कुमारी भुजेल, पत्नि सबिता भुजेल लगायत आफन्तजनहरूले बरुण भुजेलको फोटो अङ्कित प्ला कार्डहरू बोकेर न्यायको माग गर्दै डम्बर चौकमा मौन प्रदर्शन गरेका थिए।
यसक्रममा सहिद भुजेलकी आमा अनि पत्निले बरुण भुजेललाई पुलिसले पक्राउ गरेर अन्याय गरेको भन्दै आफुहरूलाई न्याय दिनुपर्ने माग गरेका छन्। यसक्रममा सहिद भुजेलकी दुईजना स-साना छोरीहरू पनि आफ्ना स्व. पिता फोटो अङ्कित प्ला कार्ड बोकेर न्यायको माग गर्दै डम्बर चौकमा उभीकी थिइन्।
‘मेरा छोरा स्वस्थ्य थिए। उनी पक्रा परेर बिरामी भएपछी हामीले उपचार गर्न पाएनौँ। पक्रा परेर उनको जसरी मृत्यु भयो त्यो अप्राकृतिक मृत्यु हो। यसकारण उक्त मृत्युबारे सहीँ जाँच भएर न्याय पाउनुपर्छ भन्ने हाम्रो माग हो’-सहिद बरुण भुजेलकी आमा कुमारी भुजेलले भनिन्। आफ्ना छोराको मृत्युपछि कालेबुङको डम्बर चौकमा न्यायको माग गर्दै मौन प्रदर्शन गरिरहेका आमा कुमारी भुजेलले पत्रकारहरूसँग बोल्दा गहभरी आँसु पारेका थिइन्।
‘मेरा छोराको मृत्यु पछि आजसम्म न्यायका निम्ति कसैले केही पाइला चालेका छैनन्। उनकै नजिकका साथीहरू समेत आज चुपचाप बसेका छन्। हामीलाई न्याय चाहिन्छ अनि न्यायको निम्ति लडीरहनेछौँ’ कुमारी भुजेलले भावुक हुँदै भनिन्।
उनले आफ्ना छोरा कालेबुङ नगरपालिकाको निर्वाचित नगरपार्षद हुँदा धेरै कार्य गरेको दाबी गर्दै आज उनको मृत्यु पछि भने कसैले नबोलेकोमा दु:ख प्रकट गरिन्। ‘बाबुको मृत्युपछि दुईजना स-साना नानीहरूले पनि न्याय पाएका छैनन्। यी दुई नानीहरूले पनि न्याय पाउनुपर्छ’ आमा कुमारी भुजेलले अझ भनिन्।
यता पत्रकारहरूसँग कुराकानी गर्नैक्रममा बरुण भुजेलकी पत्नि सबिता भुजेलले पनि आफ्ना पतिको मृत्युलाई लिएर न्याय पाउनुपर्ने माग गरेकी छन्। ‘मेरो पतिको मृत्यु सामान्य हुँदै होइन। यो एउटा राजनैतिक षडयन्त्रको शिकार भएर मृत्यु भएको हो। यसकारण उनको न्यायको निम्ति हामी परिवार लडीरहनेछौँ’ स्व. बरुण भुजेलकी पत्नि सबिता भुजेलले भनिन्।
उनले आफ्ना पतिको मृत्यु हुनमा सहि उपचारको अभाव राखेको समेत आरोप लगाइन्। ‘एकजना कैदीलाई उपचारको निम्ति जे-जस्तो व्यवस्था गर्नुपर्थ्यो त्यो व्यवस्था गर्ने कार्य भएन। एकजना स्वस्थ्य मान्छेको जसरी मृत्यु भयो त्यो सरासर षडयन्त्र नै हो’ सबिता भुजेलले अझ भनिन्। आफ्ना पतिको मृत्युपछि आजसम्म न्याय नपाएपछि आफुहरू सडकमा निस्केर न्यायको माग गर्न परेको पनि उनले बताएकी छन्।
0 Response to "न्यायको माग गर्दै सहिद बरुण भुजेलका परिवार निस्के सडकमा .....उचित जाँच भएर छोराले न्याय पाउनुपर्छ – कुमारी भुजेल"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.