पहाड़ हाँस्यो भने समतल पनि हाँस्नेछ- ममता ब्यानर्जी
राजेश शर्मा, कालिमन्युज, जयगाँउ 9 जनवरी । "बंगालमा
अहिले सर्वांगिन बिकास भइरहेको छ जसको प्रमाण जनता समक्ष छ। पहाड़मा पनि विकासको
आवस्यकता छ अनि अहिले पहाड़मा पर्यटकहरुको आगमन बडीरहेको छ । आज पहाड़ शान्तिको
मार्गतिर हिडीरहेको छ । अब यँहा आउने दिनमा सर्वांगिन विकाश हुनेछ । पहाड़ हाँस्यो
भने समतल हास्छँ|
आज समुकतला अन्तर्गत रहेको उत्तर पारोकाटा
अवस्थित सिस्टर निवेदिता बिएड् कलेज मैदानमा आयोजित एक सभालाई सम्बोधन गर्दै पश्चिम बंगालका मुख्य मंत्री ममता ब्यानर्जीले उक्त कुरो बताइन ।
असम राज्यमाथि
निसाना बनाउदै तिनले भनिन "अहिले असम राज्यमा बिकासको नाममा त्यहाँ रहेका
बंग्ला भाषीहरुलाई भगाउने कुटनिति चलिरहेको छ त्यसको म घोर बिरोध गर्द्छु"
मुख्य मंत्री ब्यानर्जीले भनिन। तिनले भनिन बंगाल यस्तो राज्य हो जसबाट भएर् धेरै राज्य
प्रवेश गर्ने मार्ग रहेको छ। बंगाल राज्यको उत्तर बंगाल क्षेत्रमा राष्ट्रिय राजमार्ग
बनिदैछ । तिनले भनिन बंगालमा शान्ति रह्यो भने छेँउछाँउका राज्यहरुमा पनि शांति
रहनेछ। राष्ट्रिय राजमार्ग भएर भोटाङ, नेपाल,.म्यान्मार अनि
बंगला देश राष्ट्र प्रवेश गर्न सकिंछ। बंगालसंग अहिले घरि भोटाङ, नेपाल अनि बंगला देशको राम्रो सम्बन्ध भएको छ । यसकारण आज बंगालप्रति
केन्द्रले ईर्ष्यागर्दै राम्रो सोचेको छैन मुख्य मंत्री ममता ब्यानर्जीले भनिन।
अहिले घरि दक्षिण बंगालमा आरएसएसले हजरत महमदको विषयमा कुटनितिज्ञ शब्दहरु लेखेर
बिध्यार्थीहरुलाई बाटिरहेको आरोप लगाउदै तिनले भनिन आज यस्तो गलत नितिहरु बंगालमा
आरएसएसद्वारा भैरहेको छ यसको कारण बंगाल सरकारले उक्त कार्य विरुद्ध एफआईआर गरिसकेको
जनसभामा जनाइन ।
तिनले अझै भनिन, बंगालमा अहिले 141 वटा आइसिडिएस सेन्टर छ
जसको निम्ति केन्द्र सरकारले 15 लाख 86 हजारको कार्य गरिरहेको छ। अलिपुरद्वारको
नेसनल हाइवे रोड़को निम्ति बंगाल सरकारले अलिपुरद्वार 2 मा 9 लाख 93 हजार,
अलिपुरद्वार 1 को निम्ति 7 लाख 66 हजार, कुमारग्राम को निम्ति 5 लाख
76 हजार, कालचिनीको निम्ति 3 लाख 24 हजार बाकचुकुमारी ग्राप अलिपुरद्वार 1 मा 2 लाख
96 हजार लगायत अलिपुरद्वारको एडिएम बंगलोको निम्ति 2 लाख 81 हजार अनुमोदन भै सकेको
छ भन्दै तिनले जयगाँउ ग्राप 2 को एमजि रोड़को मरम्मतिको निम्ति 55 लाखको कार्य गरि
सकेको बताइन। 2018 को चुनाउमा जनताले भाजपालाई अवस्यनै भोट दिदैन भन्दै तिनले भनिन
अहिले घरि बंगालमा भाजपा सरकारले एक आपस्तमा लड़ाउने कार्य मात्र गरिरहेको छ । भाजपाले
बंगालमा हिन्दु मुसलमान माझ लड़ाउने
प्रयास मात्र गरिरहेको छ यसबारे जनताले पहिलेबाटै बुझिसकेकोछ। बंगालमा आँउदो
दिनहरुमा तृणमूल पार्टीको सरकारनै हुने दावि गर्दै तिनले भनिन भाजपाले जत्तिनै
नराम्रो सोँच राखे पनि उनीहरु सफल हुनेछैनन।
घर निर्माणको निम्ति 50 लाखको योजनाको
घोषना गर्दै तिनले कृषकहरुलाई ट्र्याक्टर, अनि रुखको बिरुवा
अदि आफ्नै हातबाट वितरण गरिन । यस जनसभामा जयगाँउ, कालचिनि,
सतालि, मदारिहाट, समुकतला,
कुमारग्राम, अलिपुरद्वार, वीरपाड़ा, सिसुबारि आदि क्षेत्रदेखी लाखै जनता उपस्थित थिए । जनसभामा
अलिपुरद्वार जिल्ला परिषद अध्यक्ष मोहन शर्मा , सासद दसरथ
तिर्की , फलकट्टा विधायक केशल बर्मन, कालचिनि
विधायक विलसन चम्प्रारारी, अलिपुरद्वार विधायक सौरभ
चक्रबत्ती आदि पार्टी समर्थकहरुको उपस्थिति थियो ।
0 Response to "पहाड़ हाँस्यो भने समतल पनि हाँस्नेछ- ममता ब्यानर्जी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.