-->
पूर्व जीटीए अध्यक्ष लोबसाङ लामा पक्राउ  ......न्यायालयले पठायो चार दिनको पुलिस रिमाण्डमा

पूर्व जीटीए अध्यक्ष लोबसाङ लामा पक्राउ ......न्यायालयले पठायो चार दिनको पुलिस रिमाण्डमा

लोब्साङ योल्मो लामा
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 18 जनवरी। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका पूर्व अध्यक्ष लोब्साङ योल्मो लामालाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेका लामालाई न्यायालयले 4 दिनको पुलिस रिमाण्डमा पठाएको छ। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा 17 जुन 2017 का दिन जलढका थानामा आक्रमण अनि दुईवटा पुलिस वाहन जलाएको आरोपमा लामालाई पुलिसले पक्राउ गरेको हो। दिल्लीबाट फर्कने क्रममा पुलिसले बङ्गाल-बिहार सिमा क्षेत्र खोरीबारीबाट पक्राउ गरेको लोबसाङ लामाले बताएका छन्।

‘मेरो त खासै मुद्दा पनि थिएन। तर पनि मलाई पक्राउ गर्‍यो। म ड्युटीमा गइरहेको थिएँ। सिलगडीमा एउटा स्कूलको इन्सपेक्सनमा गइरहेको थिएँ। हिजोमात्र म दिल्लीबाट फर्किएर आउँदै थिए त्यहीँबेला मलाई पक्राउ गरेर यहाँ ल्याएको हो। मलाई किन पक्राउ गरियो भन्ने केही जानकारी छैन’ लोबसाङ लामाले पत्रकारहरूसँग बोल्दै भने।

छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा लगाइएका विभिन्न मुद्दाहरूको आरोपमा पक्रा परेका लामालाई पुलिसले कालेबुङ जिल्लाको एसीजेएम कोर्टमा पेश गरेको थियो। पुलिसले लामलाई न्यायालयमा पेश गरेपछि 7 दिनको पुलिस रिमाण्डमा मागेको थियो भने न्यायालयले केवल 4 दिनको पुलिस रिमाण्ड दिएको छ। पक्रा परेका लामा विरुद्ध भारतीय दण्ड संहिताको धारा 188, 147, 148, 149, 153, 506, 435, 307, 120(बी) अनि आरडब्ल्यु सेक्सन 3 अन्तर्गत सरकारी सम्पत्ति नष्ट गरेको मुद्दा दर्ता गरेको छ।

पक्रा परेका लोब्साङ लामा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा बिमल गुरुङहरूसँगै भुमिगत भएका थिए। विमल गुरुङहरूसँगै प्राय: जनता सामु देखा नपरेका लोबसाङ योल्मो लामा आन्दोलनको क्रममा दिल्ली अनि देहरादुनको कार्यक्रममा भने सहभागी बनेका थिए। त्यसपछि कहीँ कतै देखा नपरेका लामालाई आखिरमा पुलिसले पक्राउ गरेको छ। 

गोजमुमो कालेबुङ जिल्ला समितिका अध्यक्ष डा. आर.बी भुजेल, कल्याण देवान लगायत अन्य शिर्षस्थ नेताहरूले केहि महिना अघि पार्टीबाट राजीनामा दिए पनि लामा भने राजीनामा समेत नदिइ बसेका थिए भने आजसम्म पनि उनले गोजमुमो बिनय तामाङ समुहलाई समर्थन जनाएका थिएनन्। बिमल गुरुङ पक्षधरका नै मानिएको लोबसाङ लामालाई न्यायालयले 4 दिनको पुलिस रिमाण्डमा पठाएपछि अब पुलिसले लामा मार्फत् बिमल गुरुङसम्म पुग्ने प्रयास गर्ने सम्भावना रहेको छ। 

Related Posts

0 Response to "पूर्व जीटीए अध्यक्ष लोबसाङ लामा पक्राउ ......न्यायालयले पठायो चार दिनको पुलिस रिमाण्डमा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.