-->
बिनय तामङले गरे टिस्टा बहुतल्ले भवनको उद्घाटन

बिनय तामङले गरे टिस्टा बहुतल्ले भवनको उद्घाटन

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 15 जनवरी।  टिस्टामा निर्मित बहुतल्ले हाटघर, सामुदायिक भवन अनि पार्किङ स्थलल उद्घाटन गरिएको छ। जीटीए बोर्ड अफ एडमिनिष्ट्रेसनका अध्यक्ष विनय तामाङले नवनिर्मित उक्त बहुतले भवनमा अवस्थित पार्किङ स्थल, हाटघर अनि सामुदायिक भवनको उद्घाटन गरेका हुन्। जीटीएद्वारा मोठ 2 करोड 95 लाख 64 हजार 6 सय 53 रुपियाँ लागतमा उक्त बहुतल्ले भवन निर्माण भएको हो। भवनको सबैभन्दा मुनिल्लो तल्लामा पार्किङ स्थल रहेको छ भने पहिलो तल्लामा हाटघर अनि माथिल्लो तल्लामा सामुदायिक भवन रहेको छ। जसको कारण एउटैबहुतल्ले भवनले एकाधिक लाभ पुग्ने भएको छ।

आज आयोजित एक कार्यक्रमबाट जीटीए अध्यक्ष बिनय तामङलो बहुतल्ले भवनको उद्घाटन गरेका हुन्। यस अवसरमा जीटीए सचिव सी. मुर्घन, जीटीए सदस्य सञ्चबीर सुब्बा, सोनाम याक्खा आदिको पनि विशेष उपस्थिति रहेको थियो। भवन उद्घाटन गरेपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए बोर्ड अफ एडमिनिष्ट्रेसनका अध्यक्ष विनय तामाङले उक्त भवन 86 को आन्दोलनमा शहिद बनेका पुरण बम्जनको नाममा समर्पित रहेको घोषणा गरे। भवन निर्माण भएको स्थलमा नै विगतमा पुरण बम्जनको सालिग रहेकाले अन्य स्थानमा सालिग निर्माण आफ्नो पक्षबाट पहल गर्ने प्रतिश्रुति पनि विनय तामाङले दिएका छन्। भवन निर्माणको सम्पूर्ण खर्चबारे जानकारी गराउँदै उनले निर्माणमा लागेको खर्चबारे सार्वजनिक जानकारी गराउन एउटा सूचनापट्टि लेखेर लगाउने निर्देश पनि दिएका छन्।

‘कुनै पनि कार्यबारे पारदर्शिता हुनुपर्छ। जनतालाई पनि कार्यबारे जानकारी गराउनुपर्छ। काम गर्नेले पार्दर्शितासितै काम पनि गुणस्तरीय गरेको हुनुपर्छ’ कार्यक्रमलाई सम्बोधन गर्दै बिनय तामाङले भने। यसक्रममा उनले राष्ट्रीय राजमार्गमा एउटा अग्निसमन केन्द्र निर्माण गर्ने अनि त्रिवेणीलाई पर्यटकीय स्थलको रूपमा पुनर्स्थापित गर्न कदम चाल्ने साथै त्रिवेणीको टुरिष्ट लजलाई जीर्णोद्वार गर्ने पहल जीटीएबाट शुरू गरिने बताएका छन्। 
‘त्रिवेणीलाई पर्यटकीय स्थलको रूपमा अघि बडाएर लानेछौं। त्यहाँको गेष्ट हाउसलाई रिनोभेसन गर्दैछौं। पर्यटन व्यवसायलाई फस्टाउन त्यहाँ पाइने गोल्डन माहासेर माछालाई लिएर ‘प्ले विथ महासेर गोल्डन फिस’ भनेर स्पट बनाइदिनेछौं’ तामाङले अझ भने। 
यसक्रममा उनले टिस्टाको अस्पताल, टिस्टा ब्रीज उच्चत्तर माध्यमिक विद्यालय भवन निर्माण गरिदिने प्रतिश्रुति पनि दिएका छन्। आफ्नो सम्बोधन अवधि उनले रम्फुदेखि सेभोकसम्म रहेको 63 किलोमिटर सडकक्षेत्रभित्र कुनै अग्निसमन केन्द्र नरहेकोले सो निर्माण गरिने बताए। उक्त केन्द्र टिस्टा अथवा रम्बीमा निर्माण गरिने भएको अनि जसको निम्ति पश्चिम बङ्गाल सरकारले सहमति जनाइसकेको तामाङले दाबी गरेका छन्। 
आफ्नो सम्बोधनको क्रममा तामाङले आफू मङ्गलबार कोलकातामा आयोजना भइरहेको ग्लोबल बिजिनेस मिटमा अंशग्रहण गर्न गइरहेको जानकारी पनि दिए। उनले उक्त कार्यक्रममा आफूलाई तीन मिनटको समय बोल्नको लागि दिइएको अनि उक्त समयमा दार्जीलिङ पहाडलाई टुरिज्म अनि एडुकेसन हब बाहेक इण्डस्ट्रीयल बनाउन सम्बोधन राख्नेपनि बताएका छन्। 

Related Posts

0 Response to "बिनय तामङले गरे टिस्टा बहुतल्ले भवनको उद्घाटन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.