-->
ब्रिटिसकालिन सिन्कोना बङ्गलो जलेर खरानी

ब्रिटिसकालिन सिन्कोना बङ्गलो जलेर खरानी

आगलागी भएको बङ्गलो
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 14 जनवरी | मङ्पूमा अवस्थित ब्रिटिसकालिन सिन्कोना बङ्गलो जलेर खरानी भएको छ। मङ्पू सिन्कोना निर्देशालय अधिनस्थ रहेको पुरानो जेनेरल म्यानेजर बङ्गलो जलेर खरानी भएको हो। 
मङ्पू बस स्ट्याण्डकोमाथि अवस्थित उक्त पुरानो जेनेरल म्यानेजर बङ्गलोमा अचानक आगलागी भएको स्थानीय मानिसहरूले देखेपछि चारैतिर हल्ला मच्चिएको थियो। बिहान लगभग 11 बजे अचानक आगलागीको घट्ना भएपछि स्थानीय मानिसहरूले आगो निभाउने प्रयास गरेका थिए। आगलागीको कारण उक्त पुरानो जेनेरल म्यानेजर बङ्गलो जलेर पूर्णरूपले खरानी भएको छ। सिन्कोना निर्देशालयमा कार्यरत अधिकारीवर्ग बस्ने उक्त बङ्गलोमा अहिलेघरी कुनै अधिकारीवर्ग भने बसेका थिएनन्। जसको कारण केवल रित्तो बङ्गलोमात्र जलेर खरानी भएको छ। 
अचानक लागेको आगो एकाएक भयावह बनेपछि सम्पूर्ण बङ्गलोलाई चपेटमा पारेको थियो। जसको कारण एनएचपीसी अनि दार्जीलिङबाट अग्निसमन विभागको दमकल आइपुग्दा बङ्गलो जलेर पूर्णरूपले नष्ट भएको थियो। सिन्कोना निर्देशालय अधिनस्थ रहेको उक्त बङ्गलोमा एकाएक आगलागी भएपछि घट्नास्थलको जानकारी लिन सिन्कोना निर्देशक डा. शामुएल राई, व्यवस्थापक मदन मुखिया, सह-व्यवस्थापक जे.सादा आदि आइपुगेका थिए। त्यतिञ्जेलसम्म आगोले बङ्गलोलाई चपेटमा लिएर पूर्णरूपले नष्ट गरिसकेको थियो। 
पछिबाट घट्नास्थलको निरिक्षण गर्न मङ्पू पुलिस आउटपोस्टका पुलिस अधिकारीसँगै रङ्ली-रङ्लीयट थानाका पुलिस अधिकारीले पनि घट्नास्थलको भ्रमण गरेर जानकारी लिएका छन्। मध्य दिनमा एका-एक लागेको भयावह आगोले बङ्गोलाई पूर्णरूपले नष्ट गरेपनि आगो लाग्नुको मूल कारणभने पत्तो नलागेको सिन्कोना निर्देशक शामुएल राईले बताएका छन्। 
‘आज अचानक पुरानो सिन्कोना निर्देशालय अधिनस्थ रहेको सरकारी बङ्गलोमा आगलागी भएको खबर प्राप्त भएपछि घट्नास्थलको जानकारी लियौँ। आगलागीको कारण उक्त बङ्गलो जलेर पूर्णरूपले नष्ट भएको छ। आगो कसरी लाग्यो भन्ने कुराको भने कुनै जानकारी प्राप्त हुन सकेन’ सिन्कोना निर्देशक डा. शामुएल राईले भने। उक्त उक्त घट्नाबारे उच्च विभागीय अधिकारीवर्गसँगै पुलिस थानामा समेत रिपोर्ट दर्ता गरेको जानकारी दिएको बताएका छन्। 
‘बङ्गलो पुरानो थियो अनि हाल त्यहाँ कुनै अधिकारीवर्ग बस्ने गरेका थिएनन्। बङ्गलोभित्र कुनै सरकारी कागतपत्र थिएनन्। त्यहाँ केवल पुराना केही लुगाफाटा अनि भाँडा वर्तन थियो, ती सबै जलेर नष्ट भएको छ’ निर्देशक राईले अझ भने। उक्त बङ्गलो देखरेख गर्नका निम्ति विभागले चौकिदार खटाए पनि बिहानको समयमा भने नजिकै रहेको अर्को बङ्गलोका चौकिदारले नै दुईवटा बङ्गलो देखरेख गर्ने गरेको जानकारी दिएका छन्। 
‘आगलागी घटना हुँदा त्यहाँ चौकिदार थिएनन्। त्यसकारण आगो कसरी लाग्यो भन्न सकिन्दैन’ डा. शामुएल राईले अझ भने। 
यता उक्त आगलागीको घट्नाले मङ्पूमा पुन: अग्निसमन विभागको निर्माण गर्नुपर्ने आवश्यक्तालाई दोहोर्‍याएको छ। मङ्पूमा यस्ता कुनै पनि आगलागीको घट्नाहरू भए दार्जीलिङमा रहेको अग्निसमन विभागसँग आश्रित बन्न परिरहेको छ। जसको कारण दार्जीलिङबाट अग्निसमन विभागको दमकल मङ्पू आइपुग्दा आगोले सम्पूर्ण नष्ट गरिसकेको हुने गर्दछ। आजपनि आगलागीपछि दार्जीलिङबाट एउटा दमकल आइपुग्दा सम्पूर्ण बङ्गलो जलेर सकेको थियो। सोहिकारण मङ्पूवासीले मङ्पूमा अग्निसमन विभागको निर्माण गर्नुपर्ने माग दोहोर्‍याएका छन्।
विभिन्न स्रोतहरु अनुसार आगो स्वत: लाग्ने त्यस्तो कुनै स्रोत या सम्भाव्य कारण नदेखिएता पनि दिउँसै कुनै उपद्रवीले आगो लगाएको प्रत्यक्ष या अप्रत्यक्ष प्रमाण या साक्षी नभएकोले आगो लाग्नुको कारण रहस्यमय नै बनेकोछ जसरी आन्दोलनकालिन समयमा अन्य सरकारी सम्पत्तिहरुलाई आगो लगाएका थिए।

Related Posts

0 Response to "ब्रिटिसकालिन सिन्कोना बङ्गलो जलेर खरानी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.