-->
लेप्चा राजा गेबु आच्योकको 286औँ जन्म दिवस पालन

लेप्चा राजा गेबु आच्योकको 286औँ जन्म दिवस पालन

राजा गेबु आच्योकको 286औँ जन्म जयन्ति पालन
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 20 दिसम्बर। 105 दिनको लामो बन्दपछि कालेबुङ शहरमा आज पहिलोचोटी जुलुस सम्पन्न भएको छ। उक्त जुलुस कुनै राजनैतिक पार्टीको नभएर लेप्चा जातिको अन्तिम राजा गेबु आच्योकको 286औँ जन्म जयन्तिको अवसरमा निकालिएको थियो।
विभिन्न राजनैतिक दलहरूको राजनैतिक स्वार्थको कारण चेपारोमा पर्ने लेप्चा जातिको उक्त जुलुस राजनैतिक दलहरूलाई चुनौति दिने लायककै रहेको थियो। दार्जीलिङ, कालेबुङ, खर्साङ, मिरिक आदि स्थानहरूबाट आएका लेप्चा समुदायका मानिसहरूले यहाँको 10 माइल फाटकबाट लेप्चा राजा गेबु आच्योकको 286 औँ जन्म जयन्तिमा निकालेको र्याटलीले केही क्षणको निम्ति कालेबुङ शहर अचल समेत बनेको थियो। 
लेप्चा भाषामा लेप्चा राजा गेबु अच्योकको जय-जयकार गर्दै शहरमा र्यााली निस्केपछि सम्पूर्ण ट्राफिक व्यवस्थानै ठप्प रहेको थियो। जुन ट्राफिक व्यवस्था सुचारू हुनलाई धेरै कठिन परेको थियो। उक्त जुलुस कालेबुङको डम्बर चौक, मेन रोड, थाना डाँडा हुँदै मेला ग्राउण्डमा पुगेपछि मात्र शहरमा वाहनहरूको चलाचल सुचारू बन्न सकेको थियो। 
इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएसनको आयोजनामा पालन गरिएको दुई दिवसीय अन्तिम लेप्चा राजा गेबु आच्योकको 286 औँ जन्मजयन्तीको पहिलो दिन विभिन्न लेप्चा सास्कृतिक कार्यक्रमहरू पालन गरिको थियो। यस अवसरमा मुख्य अतिथिका रूपमा पश्चिम बङ्गाल विकाश् बोर्डका विभागीय सचिव गिदोन लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा विकास बोर्डका अध्यक्ष एल.एस तामसाङ उपस्थित रहेका थिए। 
लेप्चा जातिको पारम्पारिक गुरु बुम्थिङद्वारा पूजा गरेर सुरु भएको कार्यक्रममा एकहजार लेप्चा युवा-युवतीहरूले सामुहिक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा लेप्चा जाति माथि विशेष कार्य गर्दै आइरहेका कालेबुङ महाविद्यालयका प्राध्यापक डी.सी रोयलाई के.पी तामङसाङ शैक्षिक पुरस्कार 2017ले सम्मानित गरिएको थियो। यसका साथै कार्यक्रममा जोखिम लेप्चा, सारमित लेप्चा, फादर सामुएल लेप्चा, फादर पिटर लेप्चा आदिलाई पनि सम्मान जनाइएको थियो। 
यस अवसरमा बिभिन्न लेप्चा पत्र पत्रिका, पुस्तक अनि लेप्चा गीति क्यासेटको पनि विमोचन गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएसनका अध्यक्ष दोर्जी टी. लेप्चाले गेबु आच्योक केवल लेप्चा जातिको मात्र राजा नभएको भन्दै सम्पूर्ण कालेबुङवासीको राजा रहेको बताए। लेप्चा राजा गेबु आच्योकले केवल लेप्चा जातिको मात्र कार्य नगरेर सम्पूर्ण कालेबुङकै सुरक्षाको निम्ति महत्वपूर्ण कार्यहरू गरेको भन्दै उनी कालेबुङवासीकै राजा रहेको दाबी गरे।

Related Posts

0 Response to "लेप्चा राजा गेबु आच्योकको 286औँ जन्म दिवस पालन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.