-->
अनिसा तामाङले ‘मिस कालेबुङ 2017’-को खिताब जितिन्

अनिसा तामाङले ‘मिस कालेबुङ 2017’-को खिताब जितिन्

अनिसा तामाङ ‘मिस कालेबुङ 2017’
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 20 दिसम्बर। अनिसा तामाङले ‘मिस कालेबुङ 2017’-को खिताब जितेकी छन्। 14 जना सुन्दरीहरूलाई पछि पार्दै उनले ‘मिस कालेबुङ 2017’को खिताब जितेकी हुन्। स्पट द ट्रेन्डको आयोजना अनि मणि ट्र्स्टको प्रायोजनामा सम्पन्न भएको मिस कालेबुङ 2017को फाइनल आज सम्पन्न भएको थियो। कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालयको शतवार्षिकी भवनमा सम्पन्न भएको उक्त प्रतियोगिताको फाइनलमा 15 जना सुन्दरीहरू पुगेका थिए। पहिलो चरणमा 5 प्रतियोगिहरू प्रतियोगिताबाट बाहिरिएपछि 10 जना प्रतियोगिहरूमाझ कडा प्रतिस्पर्धा भएको थियो। जसबाट 5 जना प्रतियोगीहरू चुनिएका थिए। आखिरमा चुनिएका 5 जना प्रतियोगीहरूलाई पछि पारेर अनिसा तामाङले "मिस कालेबुङ 2017" को खिताब जितेकी हुन्। उनीपछि अभिष्णा राज प्रधान पहिलो उपविजेता भइन् भने प्रियङ्का प्रधान दोस्रो उपविजेता भएकी छन्।

‘मिस कालेबुङ 2017को खिताब जितेपछि असाध्यै खुशी लागिरहेको छ। मेरो खुशीलाई यतिखेर शब्दमा व्याख्या गर्नै सक्तिन’ अनिसा तामाङले विशेष कुराकानीमा भनिन्। उनले आफ्नो जितको श्रेय आफ्ना आमा-आपा, परिवारका सदस्यवर्ग अनि आयोजक पक्षलाई दिँदै अन्य प्रतियोगीहरूलाई पछि पारेर खिताब जित्नुको बेग्लै आनन्द महशुस गरेको बताएकी छन्। आफ्नो परिवारको पूर्ण सहयोग भएकै कारण आफुले यो महत्वपूर्ण उपाधि जित्न सकेको पनि उनले बताएकी छन्। ‘मैले यस खिताब जित्छु भन्ने सोचेको थिइन। तर प्रतिस्पर्धामा मैले आफ्नो सर्वोत्कृष्ट प्रस्तुती दिएँ। धेरै लगनशिल बनेर प्ररिश्रम गर्दै प्रतियोगितामा आफ्नो अत्कृष्ट प्रदर्शनकै कारण यस खिताब जितेकी हुँ’ अनिसा तामङले अझ भनिन्।

यता आफ्ना छोरीले मिस कालेबुङ 2017को खिताब जितेपछी उनकी आमा पासाङ तामाङले पनि अत्यन्तै खुशी रहेको बताउँदै छोरीलाई बधाई दिएकी छन्। यस भन्दा अघि छोरीले सिलगडीमा आयोजित पी सी चन्द्र ज्वेलर्सद्वारा आयोजित प्रतियोगितामा पहिलो उपविजेता भएको बताउँदै उनले मोडलिङलाई मन पराउने गरेको अनि आफुहरूले पूर्ण सहयोग गरेको बताएकी छन्।

प्रतियोगिताको पहिलो उपविजेता अभिष्णा राज प्रधानले पनि अत्यन्तै खुशी लागेको बताउँदै आफ्नो खुशीलाई शब्दमा व्याख्या गर्न नसक्ने बताइन्। ‘पहिलो उपविजेता बन्न पाउँदा पनि असाध्यै खुशी लागेको छ। मेरो यस खुशीलाई व्याख्या गर्नै सक्तिन’ अभिष्णा राज प्रधानले भनिन्। यता प्रतियोगिताको दोस्रो उपविजेता प्रियङ्का प्रधानले पनि खुशी व्यक्त गर्दै शब्दमा आफ्नो आनन्द व्याख्या गर्न नसक्ने बताएकी छन्।

‘मिस कालेबुङका प्रतियोगिहरू धेरै प्रतिभाशाली थिए। उनीहरूको प्रतिभा देखेर खुशी लागेको छ। उनीहरूले भविष्यमा ठूलो प्रतियोगितामा भाग लिए निश्चय नै सफलता पाउनेछन्’ मिस इन्टरनेशनल 2016 की विजेता रेवती छेत्रीले भनिन्। उनी कार्यक्रममा एक निर्णायकको रूपमा उपस्थित रहेकी थिइन्। ‘मिस कालेबुङ प्रतियोगिता युवाहरूको प्रतिभालाई बाहिर निकाल्ने एउटा महत्वपूर्ण ठाउँ हो। यसले आजका युवाहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिएको छ। भविष्यमा यहीँबाट जन्मेका प्रतिभाहरूले ठूलो उपाधी जित्नेछन्’ रेवती छेत्रीले अझ भनिन्। उनले मिस कालेबुङ प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरेर प्रतिभाहरूलाई ठूलो ठाउँमा पुर्या उने कार्य गर्नुपर्ने बताउँदै मिस कालेबुङका सम्पूर्ण प्रतियोगिहरूलाई शुभकामना व्यक्त गरेकी छन्। यसक्रममा उनले आफुलाई मिस कालेबुङ प्रतियोगितामा निम्ताएर ठूलो सम्मान दिएको बताउँदै आयोजक पक्षप्रति पनि आभार प्रकट गरेकी छन्।

यता मिस कालेबुङ 2017को आयोजन गर्ने स्पट द ट्रेन्डका ग्यालछेन ला-ले कालेबुङमा रहेका प्रतिभाहरूलाई बाहिर निकाल्न मिस कालेबुङको आयोजना गरेको बताउँदै बिजयी प्रतियोगिहरूलाई मिस नर्थ इष्टको अडिसनमा पठाउने बताएकी छन्। ‘हामी बिजेताहरूलाई मिस नर्थ इष्टको अडिसनमा पठाउनेछौँ। यदि उनीहरूले त्यहाँ जिते अझ ठूलो प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन सक्नेछन्’ ग्यालछेन ला-ले भने। मिस कालेबुङ प्रतियोगितामा ‘ब्युटी पेजेन्ट’ प्रतियोगिताहरूमा हुने सम्पूर्ण मापदण्डहरू पुरा गरेको बताउँदै वास्तवमा "मिस कालेबुङ 2017" पहिलो आधिकारिक प्रतियोगिता रहेको बताएका छन्। उनले बिजयी प्रतियोगि कालेबुङको ब्राण्ड एम्बासेडर रहेको बताउँदै मुख्य गरेर मणि ट्र्स्टको ब्राण्ड एम्बासेडर बनिएको पनि बताएका छन्। 

Related Posts

0 Response to "अनिसा तामाङले ‘मिस कालेबुङ 2017’-को खिताब जितिन्"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.