चालक महासंघले छोड्यो बिमल गुरुङको साथ .....चालकवर्गले गोर्खाल्याण्ड आन्दोलनलाई धेरै अघि बडाएका छन् – अनित थापा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 नोभेम्बर । गोर्खा जनमुक्ति चालक महासंघले बिमल गुरुङको साथ छोडेको छ। कालेबुङका मोठ ६२ वटा विभिन्न चालक सङ्गठनहरूको संयुक्त सङ्गठन ‘चालक महासंघले’ आजदेखि औपचारिक रूपले गोजमुमो अध्यक्ष बिमल गुरुङको साथ छोड्ने निर्णय लिएको हो। यसका साथै महासंघले गोजमुमो पार्टीका विवादित नेता बिनय तामङ एवम् अनित थापा समुहलाई साथ दिने निर्णय पनि लिएको छ।
कालेबुङमा बिमल गुरुङ पन्थी गोजमुमो पार्टीलाई धाराशयी बनाएर आफ्नो वर्चस्व स्थापित गर्न हालमा अनिता थापा केहि दिनदेखि कालेबुङमा डेरा जमाएर बसेका छन्। उनले पार्टीको साङ्गठनिक धरातल बलियो बनाउँन अहिलेघरी विभिन्न क्षेत्रका र वार्डका गोजमुमो कमिटिसंग मानिसहरूसँग दैनिक भेटघाट गर्ने बैठक बस्ने कार्य गरिरहेका छन्। यस्तो अवस्थामा अहिलेसम्म बिमल गुरुङकै समर्थनमा बसिरहेको गोर्खा जनमुक्ति चालक महासंघले बिमल गुरुङको साथ छोड्ने घोषणासँगै बिनय तामाङ अनि अनित थापालाई साथ दिने निर्णयले व्यापक रुपले राजनैतिक प्रभाव पर्ने सम्भावना देखा परेको छ।
चालक महासंघका अध्यक्ष महेन्द्र गुरुङले आज यहाँको मोटर स्ट्याण्ड स्थित सङ्गठनको कार्यालयमा अनित थापाको विशेष उपस्थितिमा आजदेखि चालक महासंघले बिनय तामङ अनि अनित थापालाई समर्थन गरेको घोषणा गरेका हुन्। उनले आफुहरूको समर्थन बिनय तामङ अनि अनित थापालाई रहेको लिखित प्रतिबद्धता समेत प्रदान गरेका छन्। जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका उपाध्यक्ष अनित थापालाई अध्यक्ष महेन्द्र गुरुङले आफुहरूको समर्थन रहेको प्रतिबद्धता पत्र सँगै 10 सुत्रीय दाबी समेत पेश गरेका छन्।
‘सङ्गठनका सम्पूर्ण प्रतिनिधीवर्गले सत्तासिन गोजमुमो पार्टीका मुख्य संयोजक एवम् जीटीए बोर्ड अफ् एएडमिनिस्ट्रेसनका अध्यक्ष बिनय तामङ अनि अनित थापालाई समर्थन गर्ने निर्णय लिएका छन्। चालक महासंघको सभापछि सदस्यवर्गको निर्णयलाई शिरोपर गरेर आजदेखि चालक महासंघले बिनय तामङ अनि अनित थापालाई समर्थन गर्ने घोषणा गर्दछ’ अध्यक्ष महेन्द्र गुरुङले घोषणा गरे। उनले आफुहरूको 10 बुँदे माग जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनलाई राखेको अनि उक्त माग पनि भविष्यमा पुरा हुने अपेक्षा साँचेको बताएका छन्।
यता चालक महासंघको समर्थन पाएपछि चालकवर्गलाई सम्बोधन गर्दै जीटीए वोर्ड अफ् एडमिनिस्ट्रेसनका उपाध्यक्ष अनित थापाले चालकवर्गको विचारलाई महत्व दिने प्रतिवद्धता जाहेर गर्दै छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई चालकवर्गले धेरै अघिबडाउने कार्य गरेको बताए।
‘चालकवर्गले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई सकेसम्म अघि बडाउने कार्य गरेका छन्। आफुहरूको रोजिरोटीको समस्यालाई समेत पर पन्साएर आन्दोलन अघि बडाउने कार्य गरे पनि आज चालकवर्गनै समस्यामा परेका छन्। धेरै चालकवर्ग कर भुक्तानको समस्यामा छन् भने कतिपय चालकवर्गको आफ्नो वाहन तानेर लगिएको छ। हामी उनीहरूको हितमा कार्य गर्नेछौँ’ अनित थापाले भने।
उनले अहिलेनै चालकवर्गलाई ठोस निर्णय नदिने बताउँदै उनीहरूको समस्यामाथि जीटीएले औपचारिक चर्चा परिचर्चा गरेर प्रक्रिया अनुसार निर्णय लिएर कार्य गर्ने पनि स्पष्ट पारेका छन्। ‘हामी जुनसुकै ठाउँमा जेसुकै निर्णय दिँदैनौँ। जथाभावी जेसुकै निर्णय लिँदा अघिका दिनहरूमा धेरै काम बिग्रेको छ। त्यस्तो बिग्रने काम हामी गर्दैनौँ। जीटीएको कार्यालय लालकोठिमा हामी निर्णय लिएर काम गर्नेछौँ’ थापाले बिमल गुरुङको नाउँ नलिइ कटाक्ष गर्दै भने।
उनले आफ्नो सम्बोधनको क्रममा आफुहरू खाँटी गोजमुमो पार्टीका रहेको समेत दाबी गर्न पछि परेनन्। ‘हेर्नुहोस्, हामी गोजमुमो पार्टीका हौँ। हिजका दिनमा हामीलाई पार्टीबाट निकालेको घोषणा गरियो। त्यसबेला पनि हामी गोजमुमो भित्रै बस्यौँ। यहाँको आन्दोलन सही भएन भनेर लागेपछि हामीले त्यसको विरोध गर्दै आन्दोलन गर्ने तरिकाको विरोध गरेका हौँ। हामी गोर्खाल्याण्डको विरोधी होइनौँ तर गोर्खाल्याण्ड माग्ने तरिका ठिक नभएको कार्यको विरोध गरेका हौँ। यो गोर्खाल्याण्ड माग्ने तरिकाले गोर्खा सन्तानलाई समस्यामा पार्न लागेपछि हामीले विरोध गरेका हौँ। यहीँ कुरा जनतालाई बुझाउँदा अहिले विस्तारै सबैले बुझ्दैछन् अनि चालक महासंघले पनि आफुहरूको विचार बुझेर समर्थन दिएकोमा आभार प्रकट गर्दछौँ’ अनित थापाले भने।
उनले चालकवर्गको समस्याप्रति चढाएको ज्ञापनबारे जीटीएले सकारात्मक निर्णय लिएर कार्य गर्ने प्रतिश्रुति पनि दिएका छन्।

0 Response to "चालक महासंघले छोड्यो बिमल गुरुङको साथ .....चालकवर्गले गोर्खाल्याण्ड आन्दोलनलाई धेरै अघि बडाएका छन् – अनित थापा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.