अमेरिकी आविष्कारलाई चुनौती दिने गरिव देशका यी नेपाली डाक्टर
सुनौलो नेपाल: डाक्टरले काम गरिरहेको वेला हेरिरहंदा चमत्कार भए जस्तै लाग्छ, यो वाक्य पुलित्जर पुरष्कार विजेता न्यूयोर्क टाइम्सका चर्चित पत्रकार निकोलेस क्रिस्तोफले नेपालका प्रसिद्ध आंखा डाक्टर सन्दुक रुइतका वारेमा लेखेका हुन् । गत आइतवारको द न्यूओर्क टाइम्सम सन्डे रिभ्युमा निकोलसले पशुपति मन्दिर नजिक बाग्मती किनारमै रहेको तिलगंगा आंखा अस्पतालका निर्देशक डा सन्दुकलाई मत्वपुर्ण स्थान दिई उनको काम विश्वमै दुलर्भ भएको उल्लेख गरेका छन् । सन् २००६ मा फिलिपिन्सले दिने प्रसिद्ध पुरष्कार रमन म्याग्सेसे पुरष्कार विजेता डा
उनले १ लाख भन्दा वढीलाई आंखाको ज्योती फिर्ता गरी देख्न सक्ने वनाएका छन्, यस्तो इतिहास संभवत कुनैपनि डाक्टरको छैन होला र अझै उनकहां विरामी आईरहेका छन् निकोलस लेख्छन् अझ पनि गाउं गाउं लामो गोरेटो भई आफ्नो आफन्तलाई फेरी देख्न पाउने आशामा कयौं दृष्टिगुमाएका आउने गर्छन । आंखाको अपरेसन गरेको भोलिपल्ट जव उनले (डा सन्दुक) ब्यान्डेज खोलिदिन्छन् चमत्कार हुन्छ, स्पष्ट देख्न थाल्छन् यस्ता विरामी विस्तारै विस्तारै स्पष्ट देख्न थालेपछि आशिष दिई केही घण्टामा आफैं हिडेर घर तिर लाग्छन् । निकोलसले डा सन्दुकलाई विश्वकै मोतियाविन्दुवाट हुने अन्धोपन हटाउन उत्कृष्ट सकृय डाक्टरका रुपमा चित्रण गरेका छन् । संसारमा झण्डै ३ करोड ९० लाख मानिस अन्घोपनका शिकार छन् । जस मध्ये आधा मोतिविन्दूको उपचार नपाएर हो ।
यदी तपाई विकासशील देशमा वस्ने अन्घोपनले शिकार व्यक्ति हुनुहुन्छ भने पराम्परागत मान्यता अनुसार कुनै आश नगरे हुन्छ । तर, डा रुइतले विकास गरेको झण्डै २५ अमेरिकी डलर खर्च लाग्ने मोतिविन्दुको सर्जरीका लागि अगुवा हुन् उनले गरेको सर्जरी लगभग शतप्रतिशत सफल छ नोकोलस लेख्छन् नेपालको यो तरिका अहिले अमेरिकाको मेडिकल स्कुलमा पढाई हुन्छ ।
निकोलेस लेख्छन् स्टार्डफोर्ड युनिभरसिटीका विद्यार्थी अस्टिन मेयर र म मेरो बार्षिक वीन द ट्रिप जर्नी कार्यक्रम अन्तर्गत नेपालको दक्षिण क्षेत्र हटौडा जहां डा रुइतले १०२ महिला र पुरुषका लागि चमत्कार गर्दै थिए हामी त्यहां पुगेका थियौं । त्यहां आएकी एउटी विरामी ५० बर्षिय ठुली मायाले एक बर्ष अघि देखि आंखा नदेख्दा आफ्नो परिवार देखभार गर्न नसक्दा भोकमरीमा परेको वताईन । म पानी र दाउरा ल्याउन सक्दिन ठुली माया भन्छिन् भात पकाउन समेत सकेकी छैन धेरै ठाउंमा लडेकी छु र आगोले समेत पोलेको छ । यी कारण ठुली माया डा रुइतले खोलेको क्लिनिक आएकी हुन् उनी केही आत्तिएकी देखिन्छिन् तर, उनी भन्छिन् फेरी आफ्ना सन्तान र पतिलाई देख्न पाइन्छ भन्ने छ ।
डा रुइतले अपरेसनका लागि ठुली मायालाई वोलाए एउटा आंखाका लागि पांच मिनेट समय लाग्यो भोलिल्ट ठुलो माया स्पष्ट देख्न सक्ने भएर घर फर्किन् , नोकोलस लेख्छन् अमेरिकामा यस्तो सर्जरी निकै जटिल मेसिनमार्फत हुन्छ तर, यो गरिबदेशका लागि संभव छैन त्यसैले डा रुइतले विकास गरेको सरल र सस्तो विधि निकै उपयोगरी छ । पहिले डा रुइतको विधिका वारेमा आशंका थियो तर, अमेरिकाको आंखा उपचार सम्वन्धि जर्नलले उनको विधि अमेरिकामा हुने जस्तै र ६ महिनाको अवधिको अध्ययन गर्दा ९८ प्रतिशत सफल सरल र सस्तो रहेको उल्लेख गरेको पत्रिकामा उल्लेख छ ।
डा रुइतको रिजल्ट निकै उत्सावद्र्धक छ अमेरिकी आंखा विज्ञ जियोफ्ररी थाविनलाई उदृत गर्दै नोकोलस लेख्छन् यही उपचारका लागि अमेरिकाका विमारीले निकै महंगो तिर्छन । न्यूओर्क टाइम्सका अनुसार डा रुइतले अहिलेसम्म १ लाख २० हजार जति सर्जरी गरिसकेका छन् । उनले स्थापना गरेको तिलगंगा आंखा अस्पतालले बार्षिक ३० हजार जनाको सर्जरी गर्छ जस्स मध्ये आधाले निशुल्क सेवा पाउंछन् ।
तिलगंगाले बार्षिक ४ लाख ५० हजार सुक्ष्म लेन्सपनि उत्पादन गर्छ । यसको उत्पादन लागत प्रति गोटा जम्मा ३ डलर छ जवकी यही लेन्सवनाउन पश्चिमी देशले २०० डलर खर्च गर्छन । नेपालमा ३ डलरमा तयार हुने लेन्सको गुणस्तरपनि निकै उच्च छ र यो युरोप सहित विश्वका ५० भन्दा वढी देशमा निकासी हुन्छ । डा रुइतको विधिले विश्वभरका विशेषज्ञलाई प्रभावित पारेको छ अमेरिकी सोसाइटी अफ कन्ट्रयाक्ट एण्ड रिफरएक्टिभ सर्जरीका पुर्व अध्यक्ष डा डेविड एफ चागं भन्छन् डा रुइत विश्वकै सवै भन्दा महत्वपुर्ण आंखाविज्ञ हुन् । ६१ बर्षिय डा रुइत नेपालको दगर्भ क्षेत्र ताप्लेजुंगमा जन्मिएका हुन् उनले भारतमा डाक्टर पढेका हुन् । हाल अनि आफ्ुले विकास गरेको प्रविधिका कारण गरिब देशका लागि रोलमोडल वनेको नोकोलसले उल्लेख गरेका छन् ।
सर्जरीको भोलिपल्ट ठुली माया लगायत १ सय १ विरामी आंखामा लगाएको पट्टी निकाल्न आएका थिए । डा रुइतले विस्तारै ठुली मायाको पट्टिी आंखावाट हटाए उनले केही पटक आंखाका परेल तलमाथि गरिन र एक वर्ष पछि फेरी पहिलो पटक आफ्नो वरिपरि हेरिन् । उनको आंखाको दष्टिक्षमता जांच गर्दा २० मा २० रिजल्ट आयो । एउटा आंखाको उपचारमा २५ डलर दुवैमा ५० तर, यति थोरै पैसाको निकै ठुलो असर । डा रुइत आफ्नो काममै छन् तर, ठुली माया भने रमाउंदै नाचिन ।
(Source & Courtesy: http://sunaulonepal.news/2017/11/18/7442/)
0 Response to "अमेरिकी आविष्कारलाई चुनौती दिने गरिव देशका यी नेपाली डाक्टर"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.