
जिल्ला गठनपछि पहिलोचोटि कालेबुङका वाहन मालिकवर्गले पाए रोड परमिट
![]() |
जिल्लापाल डा. विश्वनाथद्वारा कालेबुङका वाहन मालिकवर्गलाई रोड परमिट वितरण |
डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 नोभेम्बर। कालेबुङ मोटर भेहिकल डिपार्टमेन्टको आयोजनामा आज ‘सुरक्षित यात्रा गरौँ सुरक्षित जीवन बाँचौँ’ कार्यक्रम अन्तर्गत ट्राफिक सुरक्षाबारे जनसाधारणलाई जागरुक गराउन बाइक र्याली निकालिएको थियो। कालेबुङ जिल्लापाल कार्यालयबाट सुरु भएको उक्त बाइक र्यालीले शहर परिक्रमा गरेको थियो।
सुरक्षित यात्रा गरौँ सुरक्षित जीवन बाँचौँ’ को सन्देश बाँड्दै हिँडेका बाइक र्यालीलाई जिल्लापाल डा. विश्वनाथ अनि जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले झण्डा देखाएर सुरुआत गरेका थिए। ट्राफिक नियमबारे जनसाधरणलाई जागरुक गराउँदै बाइक र्यालीले शहर परिक्रममा गरेपछि टाउनहलमा आयोजित गतिधारा मेलामा सहभागी बनेका थिए।
मोटर भेहिकल विभागद्वारा आयोजित उक्त कार्यक्रममा कालेबुङ जिल्ला गठन पछि पहिलोचोटी केही वाहनका मालिकवर्गलाई जिल्लापाल डा. विश्वनाथद्वारा रोड परमिट वितरण गरिएको थियो।
कालेबुङ जिल्ला गठनपछि पहिलोचोटि वितरण गरिएको उक्त रोड परमिट 15 जना वाहनका मालिकवर्गलाई वितरण गरिएको थियो भने मोठ 386 जना मालिकवर्गलाई वितरण गरिने निश्चित भएको एआरटीओ विश्वजीत घोषले बताएका छन्।
सोही कार्यक्रममा गतिधारा योजना मार्फत बेरोजगार युवा वर्गलाई रोजगारको माध्यम बनाउन सरकारद्वारा वाहन किन्नका निम्ति ऋण दिँदै आइरहेको सन्दर्भमा अवगत गराइएको थियो भने उक्त योजना मार्फत् बेरोजगार युवाहरूले वाहन चलाएर रोजगारको बाटो अप्नाउन सक्ने जानकारी गराइयो।
0 Response to "जिल्ला गठनपछि पहिलोचोटि कालेबुङका वाहन मालिकवर्गले पाए रोड परमिट"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.