-->
सिक्किम दार्जीलिङ एकीकरणको मुद्दालाई जनताले साथ दिनुपर्ने गोरांकको अपिल

सिक्किम दार्जीलिङ एकीकरणको मुद्दालाई जनताले साथ दिनुपर्ने गोरांकको अपिल

डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 नोभेम्बर। सिक्किम दार्जीलिङ एकीकरणको मुद्दा बोकेर अघि बडीरहेको गोर्खा राष्ट्रिय कङ्ग्रेसले बङ्गालबाट छुट्टिनका निम्ति राष्ट्रिय स्तरका नेताहरूसँग भेटघाट गरेर कुराकानी गरिरहेको दाबी गरेको छ। 
गोर्खा राष्ट्रिय कङ्ग्रेसले आज एउटा पत्रकार सम्मेलन आयोजना गरेर गोर्खाल्याण्ड मागेर नहुने बताउँदै यसलाई बनाउनुपर्ने आवश्यक्ता रहेको दाबी गरेका छन्। गोरांक महासचिव अमर लक्समले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विगतदेखी वर्तमानसम्म केन्द्रीय मन्त्रीहरूले गोर्खाल्याण्ड सम्भव नरहेको बताउँदै सिक्किम दार्जीलिङ एकीकरणको मुद्दा भने सरल र सहज रहेको कारण यस मुद्दाको निम्ति जनताको सहभागीता आवश्यक हुने बताएका छन्। 
‘केन्द्रीय नेताहरूले गोर्खाल्याण्ड हुँदैन अथवा हुन गाह्रो छ भन्दै आइरहेका छन्। यसकारण उनीहरूले सिक्किम दार्जीलिङ एकिकरण नै सहज हुने भएको कारण जनताको समर्थन जुटाउनु भनेका छन्। सोहीकारण अब बङ्गालबाट सहज तरिकाले छुट्टिनुमा जनताले सिक्किम दार्जीलिङ एकीकरणलाई साथ दिनुपर्छ’ अमर लक्समले भने। 
अर्कोतर्फ गोरांक अध्यक्ष अशोक लेप्चाले 105 दिनको लामो पहाड बन्द पछि आफुहरू दिल्ली गएर केन्द्रीय मन्त्रीहरूलाई भेटगरेर सिक्किम दार्जीलिङ एकीकरण मुद्दाबारे ज्ञापन पत्र चडाएर सरकारको समर्थन बटुल्ने कार्य गरेको जानकारी दिएका छन्। 
‘हामीले बन्दपछि केन्द्रमा सत्तापक्ष अनि विपक्षका केन्द्रिय नेतृत्ववर्गसँग भेटघाट गरेका थियौँ। यसक्रममा केन्द्रिय गृहमन्त्रीसँग पनि भेट गरेर सिक्किम दार्जीलिङ एकीकरणको मुद्दामा अवगत गराएका छौँ’ लेप्चाले भने।

Related Posts

0 Response to "सिक्किम दार्जीलिङ एकीकरणको मुद्दालाई जनताले साथ दिनुपर्ने गोरांकको अपिल"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.