
जन आन्दोलन पार्टीले सर्वदलिय वैठकमा भाग नलिने वैठकको कुनै औचित्यनै छैन – डा. हर्कबहादुर छेत्री
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 15 अक्टोबर। जन आन्दोलन पार्टीले भोलि नवन्नामा सम्पन्न हुने तेस्रो सर्वदलिय वैठकमा भाग नलिने निर्णय गरेको छ।
राज्य सरकारले पहिलो अनि दोस्रो सर्वदलिय वैठकमा जीटीए वोर्ड अफ् एडमिस्ट्रेसन गठन गर्ने कुनै चर्चा नगरी नै एउटा खण्डित दलको अंशसँग बसेर बोओए गठन गरेपछि भोलि हुने तेस्रो सर्वदलिय वैठक औचित्य हिन रहेको जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले बताएका छन्।
उनले उक्त वैठकमा भाग लिने नलिने सन्दर्भमा जापको एउटा वैठक बसेर निर्णय लिएको बताउँदै कोलकोताको नवन्नामा हुने तेस्रो वैठक औचित्यहिन रहेको डा. छेत्रीले दाबी गरेका छन्।
‘हामीले पहिलो अनि दोस्रो वैठकमा छुट्टै राज्य गोर्खाल्याण्ड माग्ने सम्पूर्ण दलहरूलाई लिएर केन्द्र अनि राज्य सरकारले त्रिपक्षीय वार्ताको बाटो खोल्नुपर्ने पहिलो माग गरेका थियौँ। दोस्रो माग हामीले छुट्टै राज्यको निम्ति दागोपाप अनि जीटीए बाधा भएको कारण उक्त दुवै व्यवस्थालाई कानुनी प्रक्रिया अनुसार खारेज गर्नुपर्ने माग राखेको थियौँ। उक्त सुझावहरू माथि राज्य सरकारले कुनै पहल गरेन। यसको साटो उल्टै एउटा दलको खण्डित अंशलाई लिएर निर्णयहरू लिने काम भयो, जुन निर्णय सर्वदलिय सभामा चर्चा भएको थिएन। यसका साथै तेस्रो सर्वदलिय वैठक हुन तीन दिन अघि राज्य सरकारले त्यहीँ एउटा दलको खण्डित नेताहरूसँग वैठक गर्यो। यसको अर्थ भोलि सम्पन्न हुने तेस्रो सर्वदलिय वैठकमा सबै दलहरूलाई 13 अक्टोबरको दिन सम्पन्न वैठकको निर्णय मानिलिनुपर्छ भन्नलाई मात्र गरेको हो। यसकारण उक्त वैठकको कुनै औचित्य नभएको कारण जन आन्दोलन पार्टीले उक्त वैठकमा भाग नलिने निर्णय लिएको हो’ जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भने।
उनले जीटीए बोर्ड अफ् एडमिस्ट्रेसन गठन गर्ने सरकारको निर्णयको दुर्गामी प्रभाव नकारात्मक पर्ने पनि दाबी गरेका छन्। ‘सरकारले दुईवटै सर्वदलिय सभामा जीटीए बोर्ड अफ् एडमिस्ट्रेसन गठन गर्ने निर्णय लिएको होइन। यो निर्णय सर्वदलिय वैठकदेखि बाहिर गरेको हो। यसकारण भोलि हुने वार्ताको कुनै औचित्य नै छैन’ डा. छेत्रीले अझ भने।
उनले उक्त वार्तापछि यदि त्रिपक्षिय वार्ता नै भयो भने पनि उक्त त्रिपक्षीय वार्ता गोर्खाल्याण्ड गठनको निम्ति नभएर जीटीएकै त्रिपक्षीय वार्ता गराउन राज्य सरकार तत्पर रहेको पनि आरोप लगाएका छन्। उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अहिलेघरी पुलिसले गरिरहेको छापामारी अभियान र सोधपुछको कार्यहरूले निर्दोष मानिसहरू समस्यामा परिरहेको बताएका छन्। ‘पुलिस प्रशासनले अनावश्यक छापामारी र सोधपुछ गर्दैछन्। यसले साधरण मानिसहरू मुछिएका छन् भने उक्त कार्यले जनताको मानव अधिकार र गणतान्त्रिक अधिकारको हनन् भएको छ। यस्तो कार्यले अझ परिस्थिति जटिल बनाउँछ’ डा. छेत्रीले भने।
उनले बिनय तामङले कालेबुङ भ्रमणमा पहिलो अनि दोस्रो सर्वदलिय वैठकमा जापले गोर्खाल्याण्डको मुद्दा उठान गरेर भनि लगाएको आरोपको खण्ड गर्दै पहिलो अनि दोस्रो सर्वदलिय वैठकमा लेखिएको खेस्रा सरकारले सबै दलहरूलाई सार्वजनिक गर्नुपर्ने माग गरेको छ।
‘गोजमुमो पार्टीको बिनय पन्थीहरूले जीटीए थापेर गोर्खाल्याण्ड माथि केहि कुरा गरेन। उनीहरूले अन्य कुराहरूनै धेर गरे। यता जापले गोर्खाल्याण्डको मुद्दा उठाएन भन्दै प्रचार गर्दैछ। यसकारण पहिलो अनि दोस्रो सर्वदलिय वैठकमा लेखिएको मिनट सरकारले सबै दलहरूलाई उपलब्ध गर्नुपर्छ। जसको कारण ढाँटेर राजनीति गर्नेहरूको पोल खोलिनेछ’ डा. छेत्रीले भने।
उनले कुनै पनि वैठकमा अघिल्लो वैठकको मिनटलाई वितरण गर्नुपर्ने भए पनि सरकारले त्यस्तो कार्य नगरेको पनि आरोप लगाएका छन्। यसक्रममा उनले दुईपक्षिय वार्तालाई राज्य सरकार आफैले गम्भिर नलिएको पनि आरोप लगाएका छन्।
उनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा दार्जीलिङमा आज राती भएको आगजनीको घट्नाको भर्त्सना जनाएको छ। उक्त आगजनीको घट्ना पुलिसले गरेको भनि जनसाधरण भनिरहेको ऐ यता पुलिसले भने दुष्कर्मीहरूले गरेको भन्ने बयान दिएको बताउँदै यस्ता घट्नाको जाँच पश्चिम बङ्गाल सरकारको जाँच एजेन्सिले नगरेर स्वतन्त्र जाँच एजेन्सि एनआइएद्वारा गर्नुपर्ने पनि माग गरेका छन्।
सोहिक्रममा दार्जीलिङमा भएको गोलिबारीको घट्नामा अहिलेघरी 20-25 मृतदेह पुलिसले लुकाएर राखेको हल्ला फैलिरहेको अवस्थामा यसबारे पुलिसले आफ्नो स्पष्टिकरण दिनुपर्ने माग गरेका छन्। उनले यदि पुलिसले साँच्चै मृतदेह लुकाएर राख्ने कार्य गरेको छ भने जन आन्दोलन पार्टीले केन्द्रिय गृहमन्त्रालय अनि मानव अधिकार आयोगमा उजुरी गरेर कार्वाहीको माग गर्ने पनि स्पष्ट पारेका छन्।
0 Response to "जन आन्दोलन पार्टीले सर्वदलिय वैठकमा भाग नलिने वैठकको कुनै औचित्यनै छैन – डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.