गोजमुमो कालेबुङले जनायो बिनय तामङ समुहलाई समर्थन ...... बोर्ड अफ् एडमिस्ट्रेसन सञ्चालन गर्ने साथीहरूलाई समर्थन गर्दछौँ – सामुएल गुरुङ
सामुएल गुरुङ |
गुरुङले आफुलाई पार्टीको महासचिव घोषणा गर्दै उनले अब उसो सरकारद्वारा गठन गरिएको बोर्ड अफ् एड्मिस्ट्रेसन सञ्चालन गर्ने बिनय तामङ अनि अनित थापाको समुहलाई समर्थन गर्ने घोषणा पनि गरेका छन्।
‘गोर्खा जनमुक्ति मोर्चाको नवनियुक्त महासचिव आज प्रेसको अघि यो घोषणा गर्दछु कि – आजसम्म हामीले गोर्खाल्याण्डको मुद्दालाई लिएर जनताको साथमा जुन प्रकारको आन्दोलनहरू अघि बडाउँदै लग्यौँ त्यसमा हामीले जुनप्रकारको नेतृत्वको कुरा लिएर गोर्खाल्याण्डको मुद्दामा जुन आशा लिएर अघि बडीरहेका थियौँ त्यो आशाको फल एकदमै झिनो देखिन थाल्यो। नेतृत्वको कमजोरी, एकतर्फी निर्णय, पार्टीभित्रको अगणतान्त्रिक निर्णयहरूले यो आन्दोलन लथालिङ्गको परिस्थितिमा पुगेको अनुभव गर्यौँ।
यसभन्दा अघि जीटीएमा जुन बोर्ड अफ् एडमिस्ट्रेसन नियुक्त गर्यो त्यो भन्दा जीटीएमा पूर्ण क्षमतावान बोर्ड थियो। त्यसमा एउटा यस्तो हतियार थियो जुन हतियारले गोर्खाल्याण्डको मूल मुद्दाको नजिक पुग्न सक्ने क्षमता थियो तर त्यस हतियारलाई प्रयोग गर्न सकेनौँ। यस्तो अवस्थामा जनता अन्योलतामा पर्न अघि आन्दोलन कता जाँदैछ, आन्दोलनको निष्कर्ष के हुन्छ भनेर छानबिन गर्दै अब जीटीएको बोर्ड अफ् एडमिस्ट्रेसनलाई हतियारको रूपमा प्रयोग गर्न सकिन्छ भन्दै बोर्ड अफ् एडमिस्ट्रेसन सञ्चालन गर्ने साथीहरूलाई समर्थन गर्दछु’ सामुएल गुरुङले भने।
उनले आफुलाई पार्टीको महासचिवको पदमा कालेबुङ जिल्ला समितिले नियुक्त गरेर पठाएको पनि उनले दाबी गरेका छन्। यसक्रममा एक प्रश्नको उत्तर दिने क्रममा गोजमुमो पार्टी (बिमल गुरुङ समुह) को केन्द्रिय समितिले कालेबुङ जिल्ला समितिलाई महासचिवको नाम मागेको अनि जिल्ला समितिले आफ्नो नाम बिमल गुरुङ समुहको केन्द्रिय समितिमा पठाएर नियुक्त गरेको दाबी समेत गरेका छन्।
उनले आफैलाई बिमल गुरुङ समुहको महासचिव बताए पनि आफ्नो समर्थन भने बिनय तामङ समुहलाई रहेको स्पष्ट पारेका छन्। ‘बिनय तामङ अनि अनित थापा पनि आजसम्म गोजमुमो पार्टीभित्रै छन्। म गोजमुमो पार्टीको महासचिव नियुक्त भएको हुँ’ सामुएल गुरुङले अझ भने। उनले पार्टीभित्र एकाधिक अगणतान्त्रिक क्रियाकलाप भएको आरोप लगाउँदै ‘बन्द गर्ने र खोल्ने निर्णय समेत एकल र अगणतान्त्रिक निर्णय हो। बन्द खोल्नका निम्ति कुनै सामुहिक निर्णय गरेन। जनतालाई केवल थकाउने कार्य मात्रै भयो। मूल मुद्दालाई ठिक ठाउँमा पुर्याउनका साठो जनता थकाउने मात्र कार्य गर्यो’ सामुएल गुरुङले गोजमुमो अध्यक्ष बिमल गुरुङको नाउँ नलिइ साङ्केतिक भाषामा काटाक्ष गर्दै भने।
उनले आफुलाई बिमल गुरुङ समुहको महासचिव दाबी गरेर बिनय समुहलाई समर्थनको घोषणा गरेपछि भविष्यमा पार्टीले कुनै कार्वाही गरे के हुनेछ भनि प्रश्न गर्दा उनले आफ्नो स्पष्टिकरण दिएका छन्।
‘यदि मलाई पार्टीले कार्वाही गर्दै निष्कासित गर्छ भने पार्टीको आचार संहिता भित्र रहेर कार्वाही गर्नुपर्नेछ। पार्टीको संविधानभित्र रहेक कार्वाही गर्नुपर्छ। सबैभन्दा पहिला मलाई कारण बताउ नोटिस जारी गर्नुपर्छ। पार्टीको संवैधानिक प्रक्रिया बिना कसैले पार्टीबाट निकाल्न सक्दैन’ गुरुङले अझ भने।
उनले आफुहरू पहिला जीटीएमा हुँदा त्यसलाई गोर्खाल्याण्ड प्राप्तिको बाटोमा अग्रसर बन्न सकिने एउटा हतियारको रूपमा प्रयोग गर्न सकिने कुरा बताए पनि त्यस कुरालाई कसैले मान्य नगरेको आरोप समेत लगाएका छन्। ‘बिशेष गरेर कतिपय एकल निर्णयहरूले जीटीएलाई हतियारको रूपम प्रयोग गर्न सकेनौँ। यसबारे बुझाउँदा पनि बुझेनन्। त्यसपछि पार्टीको केन्द्रिय समितिमा समेत प्रस्ताव राखेको हुँ तर त्यस प्रस्तावलाई पनि मान्य गरेन’ सामुएल गुरुङले भने।
हालमा गोर्खा जनमुक्ति मोर्चाभित्र चलिरहेको दुई गुटबन्दी (बिमल बनाम बिनय) ले पहाडमा एकाधिक अडकलबाजी चलिरहेको छ। यस्तो अवस्थामा पार्टीका अध्यक्ष विमल गुरुङले कुनै घोषणा नगरी सामुएल गुरुङ आफैले आफुलाई महासचिव घोषणा गरेपछि के बिनय तामङ समुहले अध्यक्ष पदबाट बिमल गुरुङ अनि महासचिव पदबाट रोशन गिरीलाई हटाएर पार्टीले नयाँ अध्यक्ष अनि महासचिव छान्ने प्रक्रिया आरम्भ गरिसकेको छ? भनि प्रश्न गर्दा उनले भने - ‘गोजमुमो पार्टीको संविधान छ, आचार संहिता छ। यदि यस्तो हुनेछ भने त्यो पार्टीको आचार संहिता र संविधान अन्तर्गत नै हुनेछ। पार्टीको आचार संहिता र संविधानले यदि यस्तो गर्ने अनुमति दिनेछ भने त्यो सम्भव हुनेछ।’
यद्यपी उनले कुनै व्यक्तिको एकल निर्णयले भने कसैको पद परिवर्तन नहुने स्पष्ट पारेका छन्।
अर्कोतर्फ गोजमुमो अध्यक्ष बिमल गुरुङले भाजपा राज्य अध्यक्ष दिलिप घोषलाई स्वागत गर्ने घोषणा पछि सामुएल गुरुङले सोसियल मिडिया फेसबुकमा ‘दिलिप घोष गो ब्याक’ लेखेर विरोध गरेको सन्दर्भमा प्रश्न गर्दा उनले ‘भाजपालाई गोर्खाल्याण्डको नाउँमा दुईचोटि भोट जितेर गएको हो। उनीहरूले पहाडमा अनेकौँ घट्ना घट्दा समेत मौन बस्नु ठिक होइन। उनीहरू जवाबदेही छन्। यसकारण विरोध गरिएको हो’ भने।
‘दिलीप घोष यहाँको सर्वे गर्न आएको रिपोर्ट थियो। यहाँबाट भाजपाको भोट जितेर गएका प्रतिनिधी छन्। उनको जिम्मेवारी हुनुपर्ने हो। दिलिप घोष आउने आवश्यक्ता छैन यहाँ। यहाँको परिस्थिति बुझेर केन्द्रलाई रिपोर्ट दिने जिम्मेवार जन प्रतिनिधीको हो। यस्तो अवस्थामा उनीहरूलाई जनताले विरोध गर्नु सम्भव नै हो’ सामुएल गुरुङले अझ भने।
0 Response to "गोजमुमो कालेबुङले जनायो बिनय तामङ समुहलाई समर्थन ...... बोर्ड अफ् एडमिस्ट्रेसन सञ्चालन गर्ने साथीहरूलाई समर्थन गर्दछौँ – सामुएल गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.