पत्रकार गौरी लंकेशको हत्याको जन आन्दोलन पार्टीद्वारा प्रतिवाद
डी के वाइबा, कालिमन्युज, कालेबुङ 8 सितम्बर। पत्रकार गौरी लंकेशको हत्यालाई जन आन्दोलन पार्टीले घोर प्रतिवाद जनाएको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले पत्रकारको हत्याले प्रजातन्त्रको हत्या हुने दाबी गरेका छन्।
‘पत्रकार जहाँ सुरक्षित हुँदैनन् त्यहाँ प्रजातन्त्र सुरक्षित हुँदैन। यसकारण प्रजातन्त्रको सुरक्षार्थ पत्रकारहरूको सुरक्षा अनिवार्य छ’ डा. छेत्रीले भने। ‘एकातिर गोरु लाँदा धार्मिक असहिष्णुता फैलाउनेहरूले कुटपिट गर्छ भने अर्कोतर्फ स्वतन्त्र बिचारधारा भएका पत्रकारको हत्या गरिन्छ। यस्तो कट्टरपन्थीको कारण आज देशका नागरिक असुरक्षित बनिरहेका छन्’ छेत्रीले थपे।
देशभरी पत्रकार हत्याको विरोध चलिरहेको अवस्थामा जापले आफ्नो राजनैतिक दायित्ववोधको कारण यसरी विरोधमा सडकमा निस्केको समेत बताएका छन्।
एकातिर पत्रकार हत्याको विरोध गर्ने डा. छेत्रीले अर्कोतिर राजनैतिक टिप्पणी गर्न पछि समेत परेनन्।
उनले गोजमुमोद्वारा केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई भेट गर्न जीएमसीसी टोलि दिल्ली प्रस्थान गरेको सन्दर्भमा टिप्पणी गरेका छन्।
‘जीएमसीसीमा कतिवटा राजनैतिक दलहरू छन्? यसको स्पष्ट पार्नुपर्ने आवश्यक्ता आएको छ। धेरै राजनैतिक दलहरूको भएको जीएमसीसीबाट किन गोजमुमो र गोरानिमो पार्टीका प्रतिनिधी मात्र दिल्ली प्रस्थान गरे?’ डा. छेत्रीले प्रश्न गरे। उनले दिल्ली प्रस्थान गरेका टोलि गृहमन्त्रीको निमन्त्रणमा नगएको दाबी गर्दै गृहमन्त्रीसँग भेटघाटको समय मिलाउने गएको दाबी पनि गरेका छन्।
‘गोजमुमोलाई जीएमसीसी बलियो बनाएर आन्दोलनलाई अघि बडाउँन सक्दैन यसकारण एक्लै आन्दोलन अघि बडाउँनेछौँ भन्ने लाग्छ भने पनि ठिकै छ। उनीहरूले एक्लै आन्दोलन अघि लैजान सक्छन्। यदि जीएमसीसीद्वारा सामुहिक रूपले आन्दोलन अघि बडाउँनुपर्छ भन्ने लाग्छ भने जीएमसीसीलाई दह्रिलो बनाउनुपर्छ’ डा. छेत्रीले स्पष्ट भने।
0 Response to "पत्रकार गौरी लंकेशको हत्याको जन आन्दोलन पार्टीद्वारा प्रतिवाद"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.