-->
पहाड्मा अर्को पार्टी गोर्खा युनाइटेड लिबरेसन फ्रंट (गल्फ) को स्थापना भएको घोषणा

पहाड्मा अर्को पार्टी गोर्खा युनाइटेड लिबरेसन फ्रंट (गल्फ) को स्थापना भएको घोषणा


कालिमन्युज, कालेबुङ, 27 सेप्टेम्बर 2017: अलग राज्य गठन गर्न दार्जीलिङ पहाड्मा पुन अर्को राजनैतिक पार्टीको जन्म भएकोछ। यसको निम्ति बौद्धिक आन्दोलन गर्ने लक्ष्य राखेर गोर्खा युनाइटेड लिबरेसन फ्रंट (गल्फ) पार्टीको स्थापना भएको घोषणा हिजो कालेबुङमा गर्यो।
गोर्खाखण्ड नामक छुट्टै राज्य गठन गर्ने उद्देश्य लिएर् दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा गोर्खा एकता मोर्चा नामक दलको जन्म 11 जून 2017 मा भएको 3 महिना पछिनै अर्को दलको जन्म् भएकोछ।
यस अघि गोर्खाप्रदेश नामक राज्य निर्माण् गर्न गोर्खा जनकल्याण मन्च 5 अक्टोबर 2016 मा गठन भएको थियो तर दुवै पार्टी शुप्त अवस्थामा छन।
कमल भट्टराई सभापति चुनिएको यस पार्टीको कार्यकारि समितिमा प्रदिप योन्जन, प्रभात बम्जन, सुनिल गोले, कमल राई अनि सरोज तामङ सदस्य रहेका छन। यसको राज्य स्तरिय कमिटि र थप सदस्य समयमा थपिने पार्टीले बताएकोछ।
14 माइल कालेबुङमा अवस्थित् एक निजि घरमानै उक्त स्थापना घोषणा कार्यक्रमको आयोजना गरिएको थियो। यस पार्टीको नाम र झण्डा जीएनएलएफ पार्टीसंग मिल्दो जुल्दो रहेकोछ। पार्टी गठनबारे बोल्दै सभापति कमल भट्टराईले बताए कि पहाडमा गोर्खाहरुलाई अझ तल देखाउन गुण्डागिरीको आन्दोलन गरिदैछ यसको साटो सम्वैधानिक ढंगमा आन्दोलन गरिनु पर्ने आवश्यक्ता रहेकोछ। अब सडक आन्दोलनको जरुरत छैन जनतालाई दुख दिने अब काम छैन । बन्द, भोक हडताल र राज्य सरकारसंग जुझाइको साटो केन्द्र सरकार समक्षनै आफ्नो आवाज पुर्याउने निति र आन्दोलन गर्नु जरुरीछ, तिनले भने।
हरियो झण्डामा सातवटा तारा र एउटा खुकुरी अनि तिनवटा तेर्सो धर्का भएको यस दलमा सबै विषयका विद्वानहरुको आवश्यक्ता भएको र यसमा आउने आवहान रहेको तिनले बताए।
सबैसंग मिलेरनै आफ्नो चिन्हारी पाउन सक्नेछौ अनि कुनै जातीलाई गालि नगरि हामी लक्ष्यमा पुग्न सक्नेछौ तिनले अझै भने। हामीले सही ढंगमा माग राख्न नसकेको कारण अनि उल्टो नोक्सान हुने काम आफैले गरेको कारण आन्दोलनमा यस्तो दुख पाइरहेको तिनले बताए। अब आफ्नो कागजपत्र नँया ढंगले तैयार गरेर केन्द्र सरकारको प्रधान मंत्री समक्षनै आफ्नो माग पुर्याउन सक्ने नँया कार्यविधि खोज्नु अनि अप्नाउनु पर्ने भएकोले जीयुएल्एफ गठन भएको भट्टराईले बताए।
राज्यको विरोधमा कुनै कार्यक्रम गर्ने औचीत्य नभएको र यसो गर्नाले उल्टो आफैलाई नोक्सान भएको तिनले थप बताए। राज्य सरकारले गर्नु सक्दिन भनेपछि सडक आन्दोलन गर्न् नेताले जनतालाई दिगभ्रमित गर्दै दुख दिइरहेको, जनतालाई जंगल पस्न वाध्य गराएको भट्टराईले बताए।

Related Posts

0 Response to "पहाड्मा अर्को पार्टी गोर्खा युनाइटेड लिबरेसन फ्रंट (गल्फ) को स्थापना भएको घोषणा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.